नेपाली   |  English


अनलाइनखबरहब डेस्क द्वारा लिखित समाचार

कोरोना संक्रमण भए/नभएको कुकुरले सुँघेरै पत्ता लगाउँछ

एजेन्सी – फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन। तपाईंहरूलाई स्वाब नझिकी कसरी कोरोना परीक्षण गर्ने भन्ने लाग्दो हो! हेल्सिन्की एयरपोर्टले प्रशिक्षणप्राप्त कुकुर प्रयोग गरेर कोरोना परीक्षण सुरू गरेको हो। बुधबारदेखि एयरपोर्टमा दुईवटा कुकुर खटाइएका छन्।...

होटलमा मृत फेला परे सई रावल

काठमाडौं – दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) होटलमा मृत फेला परेका छन्। शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक...

अब एसिड आक्रमणकारीलाई २० वर्ष कैद,१० लाखसम्म जरिवाना हुने

काठमाडौं – सरकारले एसिड (तेजाब) आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ । एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हने कानून पारित गर्न लागेको हो । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए । नेपालको संविधानको...

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

स्याङ्जा – कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एकजना कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका ४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला बिहीबार राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ...

कोरियाले ईपीएस नियममा सुधार ल्याउँदै,सहज तरिकाले पुनः रोजगारी पाइने

सउल – दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा...

फेरि बढ्यो सुनको मूल्य,आज कतिमा कारोबार ?

काठमाडौं – लगातार ३ दिन घटेको सुनको मूल्य आज बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो । बिहीबार सुन १२ सयले...

दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, ७ घाइते

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो । लेदोसहित खसेको पहिरोले बस...

त्रिशुलीमा खसेर आगो लागेको पेट्रोल ट्यांकर दुर्घटना शंकास्पद

काठमाडौं – असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकामा प्रहरीलाई छानबिन...

एसी मिलानका खेलाडी जाल्टन इब्रामोभिचलाई कोरोना पुष्टि

काठमाडौं – इटालियन जाल्टन इब्रामोभिचलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । एसी मिलानका अनुभवी स्टाकर इब्रामोभिचलाई बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वीडिस खेलाडी इब्रामोभिच एसी मिलानमा कोरोना देखिएकामध्ये दोस्रो खेलाडी हुन् । गएको सोमबार मिलानले बोलोग्नाविरुद्ध २–०...

काठमाडौं उपत्यकामा कोरोनाले भयावह रुप लिन थालेको मेयर फोरमको निष्कर्ष

काठमाडौं – काठमाडौं उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ । बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ । फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले...

कर्मचारीलाई घुमाउन सातामा २ दिन बिदा !

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद लैजाने भएको छ। मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्च स्तरीय समूहको बैठकले सातामा दुई दिन बिदा दिनेसम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने...

गण्डक ब्यारेज फुट्ने खतरा,सतर्कता अपनाउन आग्रह

परासी – नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ । लगातारको वर्षाले पानीको सतह बढ्दा ब्यारेज नै फुट्ने खतरा बढेको छ। बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख नाघ्यो,मृतकको संख्या ९ लाख ८७ हजार १५६ पुग्यो

काठमाडौं– विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख १ हजार ६५६ पुगेको छ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ । शुक्रबार...

कोरोनाका कारण बाँके र पर्सामा दुई संक्रमितको मृत्यु

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बाँके र पर्सामा एक–एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान र पर्साको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचाररत ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार,आफन्तले दिए दागवत्ति

स्याङ्जा – पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर...

आज असोज ९ शुक्रबार,यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा...

विद्युत प्राधिकरणले भन्यो- 'मर्मत सम्भार गर्दा विद्युत आपूर्ति प्रभावित भएको हो'

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ । एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ । ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि...

नेपालमा एकै दिन झण्डै १५०० संक्रमित थपिए,१८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र ९८४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार...

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् । गत भदौ २३ गते...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः०५ बजे पहिरो पन्छाइएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका...


Latest News

Top