नेपाली   |  English


News under सूचना प्रविधि

ट्रम्पको समर्थनमा खोलिएको खाता ट्वीटरले गर्‍यो बन्द

न्यूयोर्क– माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको ट्वीटर खाता बन्द गरिदिएको छ । केही समयअघि फेसबूकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो । फेसबूकले उक्त विज्ञापन आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो । केही समयअघि ट्वीटरले पनि डोनाल्ड ट्रम्पको एक भिडियोलाई हटाइदिएको थियो । उक्त भिडियोमा...

अब मोबाइलमा एप डाउनलोड गर्न पनि सरकारको अनुमति चाहिने !

काठमाडौं– यो २१ औं शताब्दीलाई सूचना प्रविधिको युग भनिन्छ। संसार स्मार्ट भइसकेको छ। नेपालहरुको हात हातमा स्मार्ट एन्ड्रोयड मोबाइल छन्। अहिले धेरैजसो कामहरु मोबाइलबाटै हुन्छन्। विभिन्न कामका लागि विभिन्न मोबाइल एप्सहरुको प्रयोग हुन्छ। त्यसैले मोबाइल प्रयोग कर्ताहरुले आफूलाई आवश्यक पर्ने एप्सहरु डाउनलोड गर्दै आएका छन्। तर, अब त्यसरी सजिलै मोबाइलमा एप्स...

टिकटकमा बेली डान्स पोस्ट गरेको आरोपमा ३ बर्ष जेल र १४ लाख जरिवाना

इजिप्टको एक उच्च प्रोफाइल बेली डान्सर साम एल्मा–सेले सामाजिक मीडियामा अनैतिक र भड़काउने भिडियोहरू पोष्ट गर्दा यसले ठूलो महसुस गर्‍यो। काइरो अदालतले उनीहरुलाई दुर्व्यवहार र अनैतिक कामका लागि ३ वर्ष कैद र ३००,००० पाउण्ड (लगभग १.५ लाख रुपैयाँ) जरिवाना गरेको छ। अलमासी अप्रिलमा सोशल मीडियामा भिडियो र फोटोहरूको छानबिनको दौरान पक्राऊ...

भारतमा टिकटक,पब्जीसहितका ५९ चिनियाँ एप्समा प्रतिबन्ध

काठमाडौं – लद्दाख भिडन्तमा २० भारतीय सैनिक मारिएपछि चीनसँग रूष्ट बनेको भारतले टिकटक, पब्जीसहितका ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित एप्सहरूमा चिनियाँ सामाजिक सञ्जालसँग सम्बन्धित वी मिट, वेब च्याट लगायत पनि छन् । चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको...

टिकटकमा यस्तो भिडियो अपलोड गर्नाले यी युवतीलाई ३ वर्ष जेल र २२ लाख जरिवाना (भिडियो)

काठमाडौं– एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजालमा अनैतिक र उत्तेजक भिडियो पोस्ट गरेको अभियोगमा ३ वर्ष जेल र साढे २२ लाख रुपैयाँ जरिवानाको सजाय पाएकी छिन् । मिश्रकी बेली डान्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजीराले जनाएको छ...

नेपालको राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचारका च्यानल बन्द

काठमाडौं - नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए। ‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो...

सरकारले भन्यो-'भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा धन्यवाद'

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ । शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका...

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं – भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री...

भारतीय टेलिभिजन जीन्यूजले नेपालीसँग माग्यो माफी

काठमाडौं - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही...

माइक्रोसफ्टले ल्यायो नयाँ भिडियो कन्फ्रेन्सिङ्ग एप,एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने

काठमाडौं - कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ । तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ । माईक्रोसफ्ट टिम्स नामको एपले भिडियो कलमा १००० सदस्यहरूलाई एकैपटक कुरा गर्न मिल्ने सुबिधा दिइएको छ। यति मात्र...

भारतीय मिडियामा आएको समाचार सामग्रीबारे नेपाल सरकारले पठायो कूटनीतिक नोट

काठमाडौं - केही भारतीय सञ्चार माध्यममा नेपालबारे आएका समाचारलाई झूटो, आधारहिन र असंवेदनशील भन्दै नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउँदै परराष्ट्र मन्त्रालयले ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्वको अपमान गरेको उल्लेख गरेको छ। त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य...

आजतकसहित चार भारतीय न्यूज च्यानलको प्रसारणमा रोक, अन्य सुचारु

काठमाडौं - केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राख्ने भएका छन् । अरु च्यानलहरु भने प्रसारण हुनेछन् । केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए । उनका अनुसार डिसहोममा...

गोंगबुबाट पोर्न भिडियो अपलोड!

काठमाडौं - पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो। सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ। विद्युतीय कारोबार ऐन...

अनलाइन पढिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने निर्णयबाट पछि हट्यो अमेरिका

वासिङटन - पूर्णरूपमा अनलाइनबाट पढाइ गरिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने आफ्नो पूर्व निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको छ। निर्णयको चौतर्फी आलोचना खेपेको ट्रम्प प्रशासनले मंगलबार आफू पुर्व निर्धारित निर्णयबाट पछाडी हटेको जनाएको हो। यसले अमेरिकाका बसेर अध्ययन गरिरहेका १० औं हजार विदेशी विद्यार्थीलाई राहत दिएको छ। गत साता अमेरिकी अधिकारीहरूले कलेज र...

बिल गेट्सलगायत विश्वका धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक

काठमाडौं - बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको छ । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ । बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘जसले पनि मलाई समाजमा...

नेपाल टेलिकमको सर्भर सरकारी कर्मचारीबाटै ह्याक

काठमाडौं - नेपाल टेलिकमको सर्भर ह्याक गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। देउजा कम्प्युटर अपरेटर हुन्। देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको...

फेसबुकले ल्यायो म्यासेन्जरमा पनि स्क्रिन शेयर गर्न सकिने सुविधा

काठमाडौं - विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा...

अब ‘आइफोन एसई २०२०’ नेपाली बजारमा पनि

काठमाडौं – नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ। कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा नेपाली बजारमा आइफोन एसई २०२० खरिद गर्न सकिने जानकारी दिएको छ। कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार...

गुगलका कर्मचारीले अझै एक वर्षसम्म घरबाटै काम गर्ने

एजेन्सी– विश्वमा व्याप्त कोरोना भाइरस महामारीका कारण धेरै ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने व्यवस्था गरिरहेका छन् । गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् । महामारी मथ्थर भएर कर्मचारीहरु कहिलेदेखि नियमित कामका लागि कार्यालयमा फर्किने हो भन्ने अनिश्चित...

मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क

काठमाडौं - नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो ।...

ह्याक भएको थाहा पाउने र जोगिन तरिका

काठमाडौं । साइबर अपराधी तथा ह्याकरहरुबाट आफ्नो महत्वपूर्ण सूचना चोरी हुने खतरा सबैलाई हुन्छ । तर यो खतरा सबैका लागि उत्तिकै अर्थात् बराबरी भने हुँदैन । सूचना चोरीको खतरा चर्चित व्यक्तिहरुलाई बढी हुन्छ । चर्चित व्यक्तिको तुलनामा सामान्य मानिसलाई यस्तो खतरा तुलनात्मक रुपमा कम हुन्छ । ठूला पदमा भएका व्यक्तिहरु...

अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्री डग र बबले पानीमाथि गरे अवतरण

एजेन्सी - अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् । उनीहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।अन्तरिक्ष यात्री डग र बबले पानीमाथि अवरण गरेका हुन् । व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीहरु अहिले टिकटक खरिद गर्ने प्रक्रियामा रहेका छन् ।  ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रिय सुरक्षाको विषय उठाउँदै...

भ्रामक सूचना फैलाएको भन्दै फेसबुकले हटायो ट्रम्पको पोष्ट

एजेन्सी – फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट हटाएको छ । कोरोना भाइरस सम्बन्धी भ्रामक सूचना फैलाएको भन्दै फेसबुकले ट्रम्पको पोष्ट डिलिट गरिदिएको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि...

अमेरिकामा पनि चिनियाँ एप टिकटक र वीच्याटमाथि प्रतिबन्ध

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ...

अनलाइन दर्ता र प्रेस पास नवीकरण अनिश्चितकालका लागि स्थगित

काठमाडौं – पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ । हाल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ । विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु...

२१ वर्षीया नेपाली युवाले मच्चाए इन्स्टाग्राममा हलचल

काठमाडौं - प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ । साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो...

प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष नियुक्ति विवाद अदालतसम्म

काठमाडौं – सरकारले ४० दिन कार्यकाल बाँकी रहेका किशोर श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी दुर्गा भण्डारी (पौडेल) लाई ल्याएको छ । सरकारले गत साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो । त्यही आधारमा आइतबार मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई काउन्सिल सदस्य नियुक्त...

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध टिकटकले सुरु गर्‍यो कानूनी लडाईँ

काठमाडौं - चिनियाँ भिडियो एप्लिकेशन टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध विरुद्ध कानूनी प्रक्रिया सुरु गरेको छ। ट्रम्पले जारी गरेको कार्यकारी आदेश अनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित हुने छ। मध्य सेप्टेम्बर भन्दा अघि नै अमेरिकामा टिकटकको सञ्चालन अधिकारी अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दबाब छ। टिकटकले...

असोज पहिलो सातासम्ममा विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराईने

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ। ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई...

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले दियो अनलिमिटेड प्याक, कसरी खरिद गर्ने ?

काठमाडौं – नेपाल टेलिकमले असोस ३ गतेको संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक लगाएका विभिन्न डेटा प्याक उपलब्ध गराउने भएको छ । कम्पनीले यही असोज २ देखि ४ गतेसम्मका लागि ५५ रुपैयाँमा अनलिमिटेड युट्युब तथा ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न सकिने जनाएको छ । उक्त...

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ। फाउन्डेसनले नेपालको संविधानमा वित्तिय पारदर्शीता सम्बन्धि प्रावधान र चार्टड एकाउन्टेन्टको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो । अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा अर्थशास्त्री हरि रोका,राजनीतिक विश्लेषक मुमाराम खनाल तथा करविज्ञ तथा वरिष्ठ चार्टड एकाउन्टेट भवनाथ...


Latest News

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।..

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं..

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top