नेपाली   |  English


News under शिक्षा

ट्रेनर जेम्सले नेपालमा २०१७ देखि अनलाइन आईईएलटीएस कक्षा सञ्चालन गर्दै!

विश्व डिजिटल गइरहेको छ र you०% भन्दा बढि विश्व भ्रमित र अनिश्चित अवस्थामा छोडिनेछ यदि तपाईं अनलाइन कक्षाको लागि छनौट गर्नुभएन भने! IELTS परीक्षा पनि अहिले कम्प्युटरमा लिन सकिन्छ, र उम्मेद्वारहरूले अब उनीहरूको मनपर्ने स्थानहरूमा कम्प्युटर-वितरित IELTS परीक्षण दिन सक्छन् जहाँ अधिक परीक्षा मितिहरू उपलब्ध छन् र परिणामहरू एक हप्ता...

लकडाउनका कारण व्यवसाय प्रभावित भएको भन्दै घरभाडा छुटका लागि इक्यानको अपिल

काठमाडौं - कोरोनाभाइरसको महामारीले फागुन यता व्यवसाय प्रभावित भएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श क्षेत्रलाई अतिप्रभावित सूचीमा राख्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेको छ । बन्दाबन्दी शुरु भएदेखि नै कार्यालय सञ्चालन गर्ने अवस्था नै नभएकाले घरभाडा छुटका लागि घरबेटीसँग इक्यानले अपिल गरेको छ। बन्दाबन्दी केही...

शिक्षा मन्त्रालयले भन्यो- 'विद्यालय बन्द रहेको बेलाको शुल्क नलिनू'

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन बोर्डिङ सञ्चालकहरूलाई आग्रह गरेको छ। गत आइतबार प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा अपिल जारी गर्दै शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका थिए। उक्त अपिलमाथि शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति निकालेका हुन्।गत...

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण स्थगित गत वर्षको एसईई परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको...

त्रिविका परीक्षापनि रद्ध,एसईई कै जसरी आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीका कुनैपनि परीक्षा नलिने भएको छ । एसईई परीक्षा नलिई आन्तरिक मूल्यांकनका आधारमा अंक दिएर नतिजा प्रकाशन गर्ने निर्णय जस्तै त्रिविका सबै सेमेस्टर प्रणालीका परीक्षाहरुपनि स्थगित गर्ने निर्णयमा त्रिवि पुगेको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बार्षिक परीक्षा अन्र्तगतका परीक्षाका लागि भने अझै पर्खिने...

यस बर्ष कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

काठमाडौं -  यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय...

अनलाइन पढिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने निर्णयबाट पछि हट्यो अमेरिका

वासिङटन - पूर्णरूपमा अनलाइनबाट पढाइ गरिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने आफ्नो पूर्व निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको छ। निर्णयको चौतर्फी आलोचना खेपेको ट्रम्प प्रशासनले मंगलबार आफू पुर्व निर्धारित निर्णयबाट पछाडी हटेको जनाएको हो। यसले अमेरिकाका बसेर अध्ययन गरिरहेका १० औं हजार विदेशी विद्यार्थीलाई राहत दिएको छ। गत साता अमेरिकी अधिकारीहरूले कलेज र...

निजी विद्यालयहरुले भोलीदेखि अनलाइन कक्षा बन्द गर्ने

काठमाडौं - निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । ‘हामीसँग कक्षा सञ्चालन गर्ने सामर्थ्य रहेन’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले भने, ‘जुन...

त्रिविका क्याम्पसहरु आजबाट खुले

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा...

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सुरु हुने

काठमाडौं - कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो । कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका...

कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५...

त्रिविले व्यवस्थापन संकायको परीक्षा भदौदेखि सञ्चालन गर्ने(सुुचनासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भदौबाट व्यवस्थापन संकायको परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण विभिन्न संकायका परीक्षा स्थगित गरिएका थिए । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि हुने जानकारी गराएको हो । यस्तै स्नातक प्रथम,...

भदौ १५ देखि विद्यालय तहमा नियमित पठनपाठन

काठमाडौं – आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय...

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि सुरु गर्ने

काठमाडौं - पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ । लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन...

सीटीईभीटीको परीक्षा भदौ दोस्रो साता

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको सीटीईभीटीद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ । परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने...

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाडौं  - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न...

एमबीबीएस तथा बीडीएसको लाइसेन्स परीक्षा भदौ ७ देखी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी भदौमा लिने भएको छ । काउन्सिलले एक विज्ञप्तिमार्फत गत चैत ८ गते लिने भनिएको लाइसेन्स परीक्षा आगामी भदौ ७ गते देखि १० गते सम्म गर्ने जनाएको हो । काउन्सिलका अनुसार बीडीएसको परीक्षा भदौ ७ गते हुनेछ भने एमबीबीएसको परीक्षा रोल...

कक्षा ११ को परीक्षा लिन लागेको भन्दै विरोध प्रदर्शन

बुटवल । कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण कक्षा ११ को परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको भन्दै...

अर्को निर्णय नहुँदासम्म कक्षा ११ को परीक्षा नलिन परीक्षा बोर्डको निर्देशन

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा सञ्चालन सम्बन्धी निर्णय नगरेको भन्दै उसले यस्तो निर्देशन दिएको हो । ‘कोभिड– १९ को संक्रमणका कारण नेपाल सरकारले हालसम्म विद्यालय पुनः सञ्चालनको निर्णय गरिनसकेको अवस्थामा समेत...

तत्काल पठनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही...

भाद्र १ गतेदेखि पनि लामो दुरीका यातायात,विद्यालय र हवाई उडान नखुल्ने

काठमाडौं - अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा...

भदौ भरी विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नमिल्ने सिसिएमसीको प्रस्ताव

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय...

काठमाडौं विश्वविद्यालय १५ दिनका लागि बन्द,पठनपाठन भने अनलाइन मार्फत सञ्चालन हुने

काभ्रे – कोभिड –१९ को सङ्क्रमण बढ्दै गएका अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौंँ विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि सङ्क्रमण बढ्ने सम्भावना दृष्टिगत...

नेविसंघका कार्यकर्ताले गरे त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

काठमाडौं – नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प...

आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । बाँकी कर्मचारीहरूले आलोपालो हुने गरी घरैबाट काम गर्नुपर्ने मन्त्रालयद्वारा बिहीबार जारी परिपत्रमा उल्लेख छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले दुई सय भन्दा बढी संक्रमित भएका जिल्लामा बढीमा ५० प्रतिशत...

अब विद्यालय तहको किताबका ‘कभर’ मा कोरोनाबारे जानकारी

काठमाडौं – सरकारले कोरोना भाइरसबारे सचेतनाका लागि विद्यालय तहका किताबमा सन्देशमुलक जानकारी राखेको छ। किताबको कभरको भित्रपट्टी कोरोना भाइरसका मुख्य लक्षणहरू, लक्षण देखा परेमा नजिकका तोकिएका स्वास्थ्य केन्द्रमा जानुपर्ने र भाइरसबाट बच्ने उपायबारे जानकारी राखिएका छन्। पाठ्यक्रम विकास केन्द्रले दिएको जानकारीअनुसार कोरोनाबारे सतर्क रहन किताबमै यस्तो जानकारी राखिएको हो। किताबमा राखिएको जानकारीमा...

एसईईको नतिजा सार्वजनिक,नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न...

सीएमए,अनमी लगायतका विषय हटाइयो,१३७ वटा कलेजको सम्बन्धन खारेज

काठमाडौँ  - राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ। आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो ।...

त्रिविको वार्षिक परीक्षा दसैँ पछाडि हुने

काठमाडौं –त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको...

पारस खड्का एमबिए अध्ययन गर्दै,फिनिक्स कलेजको एमबिए कार्यक्रमका लागि ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं - नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले सेप्टेम्बरदेखि एमबिए अध्ययन गर्ने भएका छन्। उनले थापागाँउको फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट सेप्टेम्बर सत्रदेखि एमबिए अध्ययन गर्न लागेका हुन्। यसअघि खड्काले व्यवस्थापनमै स्नातक गरेका थिए। यहि सत्रदेखि एमबिए अध्ययन गर्न लागेका खड्कालाई कलेजको एमबिए कार्यक्रमका लागि ब्रान्ड एम्बासडर पनि नियुक्त गरिएको छ। शनिबार कलेजका डाइरेक्टर...

तलब सरकारी शिक्षकको खाने काम नेकपाको पार्टी प्रवेशमा खादा लगाउँदै हिड्ने ?

काठमाडौं - लोकतन्त्रमा राजनीति गर्ने मन नपर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने पार्टी फुटाउने र जोडिने स्वतन्त्र अधिकार सबै नेपाली नागरिकलाई हुन्छ।नेपाली राजनीतिमा पार्टी फुट्ने र जुट्ने कुनै नौलो विषय होइन। नागरिकलाई दिएको स्वतन्त्र अधिकारले एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने प्रचलन पनि खासै नौलो र आश्चर्य मान्नु खासै...

"गुणस्तरीय शिक्षासँगै सिपयुक्त विद्यार्थी उत्पादन गर्ने लिम्पिया नेशनल कलेजको प्रमुख ध्यये"

बिष्णु आचार्य काठमाडौं - जन्म देखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने,व्यक्तिको व्यवहारलाई अनुकरणिय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने आदि कार्य शिक्षाले गर्दछ । शिक्षाले व्यक्तिलाई विविध...

निजी स्कुललाई शुल्क लिने बाटो खुल्यो

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको छ। अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कुलहरूले अब निर्देशिका बमोजिम शुल्क लिने बाटो खुला भएको छ। मन्त्रालयले अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै शुल्क लिन पाइने भएको हो। तर शुल्क लिन अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहले भने स्वीकृति...

असोज पहिलो सातासम्ममा विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराईने

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विधिबाट पठनपाठन सहजीकरणका लागि विद्यार्थीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने तयारी गरेको छ। ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ हालै जारी गरेको मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय वा विद्यार्थीलाई...

आज राष्ट्रिय बाल दिवस : विद्यालयमा टिकाउने चुनौती कायमै

काठमाडौं – ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस सोमबार भर्चुअलरुपमा मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी...

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय बाबु पक्राउ

दाङ – छोरीलाई बलात्कार गरेको अभियोगमा दाङमा ६२ वर्षीय बाबु पक्राउ परेका छन्। १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार बाबुलाई पक्राउ गरेको हो। बंगलाचुली गाउँपालिका–२ मर्पेसका ६२ वर्षीय बाबुलाई १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पीडित पक्षले उजुरी दिएपछि ६२ वर्षीय अभियुक्तलाई पक्राउ गरिएको जिल्ला...


Latest News

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top