नेपाली   |  English


News under वाग्मती

एक १9 वर्षीया केटीले टेको अस्पतालमा COVID-19 पॉजिटिभको परीक्षण गर्‍यो

काठमाडौं, फागुन २:: हालसालै फ्रान्सबाट नेपाल फर्केका एक नेपाली विद्यार्थीले कोरोनाभाइरसका लागि सकारात्मक परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने कि १-वर्षीया केटीले कोभिड १ positive लाई सकारात्मक देखाइएको छ। उनी मार्च १ 17 मा कतार हुँदै फ्रान्सबाट नेपाल जाँदै थिइन। घरमा एक्लै...

कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई

काठमाडौँ — शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ । टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन्...

ओलीमाथि बढ्दो दबाब : नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्धकोे लडाईंमा सिंगो देश लकडाउनमा छ । सबै नेपाली जनताका दैनिकी प्रभावित भएको छ । कारोबारहरु बन्द छन् । एक महिनादेखि कुनै जमघट र भेला गर्न सक्ने अवस्था छैन । देशको सामाजिक, आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको छ । इतिहासकै अत्यन्त कठिन अवस्थामा राष्ट्र पुगेका...

काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौंमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार मात्र काठमाडौंमा २ पुरुष,२ महिला र ललितपुरकी १ महिलामा...

रोशी गाउँपािलका –३ का वडा अध्यक्ष स्वंयम माला कारोबारमा संलग्न रहेको खुलासा

असार, ३ काभ्रे । जिल्लाको रोशी गाउँपािलका वडा–३ का अध्यक्ष स्वंयम माला व्यापार कारोबारमा साक्षी बसेर लेनदेनको कारोबारमा संलग्न रहेको खुलासा भएको छ । वडा अध्यक्ष धनजीत लामाले शिखर फोई स्थित म्राङखेप्पा सार्कीमान लामाको नाममा रहेको जग्गामा फलेको बुद्धचित्त मालाको कारोबार मिलाउन काठमाडौँ स्थित बबरमहलमा दुई पक्षीय सम्झौता गरी आफैँ साक्षी...

राजधानीमै भीड बढ्यो, अब जोगिने कसरी ?

असार ४, काठमाडौं। राजधानीका पहिलाका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र जताततै भीडै भीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्। सवारी जाम सुरु भइसकेको छ। सडकपेटीमा पैदलयात्रुको चाप छ। अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ। यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी...

१० हजार ७ सय २८ कोरोना भाइरसका संक्रमित को–को र कहाँबाट ? (विवरणसहित)

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ । आज ६ सय २९ जना संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । हालसम्म संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या...

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं  - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका...

घुस लिएको अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घुस माग गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घुस लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर...

अनसन बसेका ‘इनफ इज इनफ’ का एक अधिकारी पक्राउ, प्रहरी कार्यालयमै थाले अनसन

काठमाडौं– सरकारसँग विभिन्न माग राखेर अनसन बसेका अभियन्ता तथा ‘इनफ इज इनफ’ का एक अधिकारी ई लाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै उनी ललितपुरको कृष्ण मन्दिर परिसरमा अनसन बसेका थिए । उनलाई शुक्रवार महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले...

कामनपा- ६ मा असारे विकासको चटारो,झण्डै करोडको योजना सम्झौतामा उपभोक्ता समितिनै अन्यत्र ठाँउको

काठमाडौं -  देशको राजधानी अर्थात काठमाडौं । कतिपयलाई लाग्छ होला राजधानी रहेको ठाँउमा विकास निमार्णका कार्य छिटो छरितो र पारदर्शी हुन्छन भन्ने लाग्छ तर त्यो तपाई हामीले सोचे भन्दा फरक हुनसक्छ । केन्द्र सरकार भएकै ठाँउमा पनि के अनियमितता ढिला सुस्ती मौलाउन सक्ला र ? प्रधानमन्त्री, मन्त्री नेता सबै ओरदोहर...

ट्याक्सी व्यवसायीद्वारा काठमाडौंमा विरोध प्रदर्शन, भन्छन्- रोगले होइन, भोकले मर्ने भइयो सरकार

काठमाडौं - लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित ट्याक्सी व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई...

काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं र ललितपुरमा गरी थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए। थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। नेपालमा मंगलबार थप ३१६ जनामा...

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण

ललितपुर– ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । जसमा ४ महिला र १ पुरुष जना रहेका छन्...

चितवनमा २७ वर्षीय युवकको शंकास्पद मृत्यु

चितवन – पश्चिम चितवनको शुक्रनगरमा एक युवकको शङ्कास्पद शव फेला परेको छ । बिहीबार राति करिब ११ः३५ बजे भरतपुर महानगरपालिका–२५ स्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पताल...

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

हेटौंडा - बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे । बागमती प्रदेश सरकारले आर्थिक...

मेलम्ची खानेपानी सुरुङमा पानी हालेर परीक्षण

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आज बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ। काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका(१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर...

चोरीका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं– प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी तथा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् । चोरी भएको तथा हराएको भन्दै दिएको निवेदनका आधारमा प्रहरीले ती मोटरसाइकल विभिन्न स्थानबाट नियन्त्रणमा लिएको जनाएको छ...

उपचारका क्रममा मृत्यु भएको भनिएका १८ वर्षीय आशिष निको भएर फर्किए घर

चितवन - उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका...

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजारै बगायो : २ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति १ बजे यल्मो खोलामा आएको बाढीले बगाउँदा दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेको...

अपडेट सिन्धुपाल्चोक बाढी :घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं - सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ जम्बुमा गए राति आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक जनाको उद्धार गरिएको छ। पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो। अर्का घाइते लिन फेरि हेलिकप्टर सिन्धुपाल्चोक गएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली घटनास्थल...

काठमाडौंमा मयूर यातायातले थाल्यो यात्रु सेवा

काठमाडौं - मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेला...

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । योसँगै नेपालमा सोमबार...

फुल्पिङकट्टीमा पहिरोले दुई घर पुर्यो, पाँचजना बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर पुरिएका छन् । पाँचजना बेपत्ता भएका छन् । बुधबार राति घरमाथिबाट खसेको पहिरोले दुईवटा घर तथा स्थानीय विद्यालयमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय ग्याल्जेन शेर्पाको घर पुरिँदा उनको परिवारका पाँचजना महिला बेपत्ता भएका छन् ।...

काठमाडौंको सडकमै ट्याम्पो डुबेपछि..

काठमाडौं - उपत्यकामा सवारी जाम घटाउन कराडौं खर्चिएर करिडोर सडकहरु बनाइएको छ । तर करिडोर सडकहरु यति कमजोर इन्जिनियरिङमा बनेका छन् कि कतै हिँड्दा पनि टाउको ठोकिने अवस्था छ त कतै वर्षा लाग्यो कि डुबानको समस्या हुन्छ । यस्तै उदाहरण हो, बाग्मती करिडोर सडक । यो सडकको टेकु पुल मुनी वर्षायाममा...

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयर घुसहित पक्राउ

ललितपुर - गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी...

टोखामा पहिरोमा परेर २ बालबालिकाको मृत्यु

काठमाडौं - काठमाडौंको टोखा नगरपालिका१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् ।...

हेलम्बुको क्वारेन्टाइनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाको श्री गोल्मा देवी मा. विमा क्वारेन्टाइनमा रहेको ७ जना ब्यक्तिको आ.डि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड–१९ को बिचमा अन्य देश तथा विभिन्न स्थान बाट फर्किएर हेलम्बु गाउँपालिकाले तयार पारेको हेलम्बु १्–स्थित गोल्मा देवी मा.विको क्वारेन्टाइनमा बसेका ७ जनाको रिपोर्ट नेगेटिभ अर्थात...

सिन्धुपाल्चोक कोरोना मुक्त जिल्ला

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्ला तत्काललाई कोरोना मुक्त भएको छ । सिन्धुपाल्चोकमा हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका सबै विरामी घर फर्किएपछि तत्काललाई सिन्धुपाल्चोक कोरोना मुक्त भएको हो। संक्रमितमध्ये ६३ जनाले कोरोना जितेको उहाँले बताउनुभयो । संक्रमितमध्ये दुई जनाको मृत्यु भएको थियो। शुन्य संक्रमणको...

बौद्धमा झण्डै ७ करोडको लागतमा आधुनिक पार्क बन्दै,सांसद राईले गरे सिलान्यास

काठमाडौं -  बौद्धमा झण्डै ७ करोडको लागतमा पार्क बन्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिले काठमाडौं निर्वाचन क्षेत्र -३ बौद्धमा आधुनिक वागमती नगर पार्क निमार्ण सुरु गरेको छ । काठमाडौं क्षेत्र नं -३ का प्रतिनिधि सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी( नेकपा) केन्द्रिय...

अघिल्लो वर्ष अन्तिममा परेको सिन्धुपाल्चोक यो वर्ष उत्कृष्ट

काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ‘ए’ मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष ०७६÷७७ मा कार्यसम्पादन मूल्याङ्कन...

कस्तो क्युट छ,हाम्रो बहिनी बनाउने नि प्लिज!कपनको झाडीमा बाकसभित्र भेटिइन् ‘प्राप्ति’

काठमाडौं – सोमबार साँझ ६ बजेतिर कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्न गएका थिए। नजिकैको केयर बाल गृह मा बस्ने उनीहरूले चउरमा साँझ अनौठो कुरा देखे। छेउको झाडीमा एउटा बक्सा थियो। बक्साभित्र न्याना कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। घरमा ओछ्यानमै पल्टिएजसरी बच्चा हाई हाई गरिरहेको थियो। कार्टुनभित्र बच्चा देखेपछि केटाकेटी झुम्मिए।...

चन्द्रागिरिमा पहिरोको जोखिम : तीन घर परिवारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं - काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेलामा चन्द्रागिरिमा...

बागमती प्रदेशको चार जना प्रहरी निलम्वन

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने चार जना प्रहरीलाई निलम्वन गरेको छ । आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने चार जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई अस्ती...

ऋण तिर्न नसकेपछि आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएपछि...

सिन्धुपाल्चोक – अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको...

सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बित

वाग्मती – प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ। सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको...

आज काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।...

सिन्धुपाल्चोकमा भिषण पहिरो, बैकल्पिक बाटो नहुँदा सयौँ मानिस अलपत्र

सिन्धुपाल्चोक– नेशनल हाइड्रो पावर द्धारा प्रबर्दित इन्द्रावती तेश्रो जलबिद्युत आयोजनाको ड्याम साइडमा गएको भिषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजे तिर पहिरो खसेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम...

यी १० गल्तीका कारण काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ

काठमाडौं । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका छन् । १, नाका बन्द गर्न ढिलाइ२, अनुशासनहीन नागरिक३, अपुरो परीक्षण४, खचाखच क्वारेन्टाइन५,...

काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।...

मेलम्चीमा पहिरो, ८ जना वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । एकजनालाई भने प्रहरीले उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गएराति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् । प्रहरी तीन बजेतिर उद्धारमा खटिएको थियो । तीन घण्टाको प्रयासमा एक जना भारतीय नागरिकलाई...

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता ८ जनाकै शव फेला, घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएर वेपत्ता भएका थिए । उनीहरू सबैको शव...

स्थानीय तहले न्यायालयको अधिकार खोस्यो

जेठ १९, काठमाडौँ । काभ्रेपाल्चोक जिल्ला स्थित रोशी गाउँपालिकाले न्यायालयको अधिकार खोसेको पीडितहरुको भनाई छ । नेपालको कानुनले मौलिक हक र कर्तव्य अन्र्तगत भाग–३ धारा २५ को उपधारा–२ ले भनेको छ – ‘सार्वजनिक हितका सम्पत्ति बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारले...

साँगाबाट काठमाडौँ प्रवेश गर्ने १३ जना यात्रुमा कोरोना पुष्टि

काठमाडौं  - एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो । लकडाउनको अन्त्यपछि टोलीले...

उपत्यका प्रवेश नाका साँगामा थप कडाई गर्नेबारे दुई प्रजिअबीच छलफल

भक्तपुर - कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख...

काठमाडौं उपत्यकाका १३६ ठाउँमा भेटिए कोरोना संक्रमित, कहाँ कति संक्रमित छन् ?

काठमाडौँ । काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ । ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार पुष्टि भएकामध्ये ६० प्रतिशतभन्दा बढी उपत्यका बाहिरबाट आएका...

अन्य जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक

मकवानपुर– भ्रमण ईतिहास (ट्राभल हिस्ट्री) नभएकाहरुबाट कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अन्य जिल्लाबाट मकवानपुर प्रवेशमा रोक लगाएको छ । पछिल्लो दुई दिनमा मकवानपुरमा १० जनामा संक्रमण पुष्टि भैसकेको छ । प्रहरीलाई संक्रमण देखिए पछि हेटौंडा उपमहानगरपालिकाको एक प्रहरी चौकी शिल भएको छ । हेटौंडाको चुरेहिल अस्पतालमा उपचारत एक...

काठमाडौंको एउटै टोलमा आठ जनालाई कोरोना देखिएपछि उक्त क्षेत्र सिल

काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन्...

काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । मंगलबार देशभरमा भने ६३८ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।...

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर...

काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । बुधबारमात्र नेपालमा ४८४ जना...

पुर्वमन्त्री बस्नेतका बुबाको मृत्यु भएको एक सातापछि कारोना रिपोर्ट पोजेटिभ,दाहसंस्कारमा झण्डै १५ सय मलामी

काठमाडौं – पुर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको बुबाको मृत्यु भएको ७ दिन पछि कोरोना संक्रमण पुष्टि भएको रिर्पोट स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि यतिबेला सिन्धुपालचोकको बाह्रविसे नगरपालिका त्रासमा छ । कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको बुबा बाह्रविसे नगरपालिका वडा नं ४ का ८४ बर्षीय खड्क बहादुर...

खुलेको दुई हप्तामा नै सौराहाका होटल पुनः बन्द,खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान भएको व्यवसायीको गुनासो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई हप्तामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारदेखि बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेदेखि...

हेटौंडमा ट्रक र अटो ठोक्किँए : २ जनाको मृत्यु, एक घाइते

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा–३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार दुई जना रहेका छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको...

काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको...

उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण

काठमाडौं । बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ । काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

स्वाब दिन बस्नेत परिवारलाई मेयरको आग्रह

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले पूर्वमन्त्री मोहनबहादुर बस्नेतको परिवारलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरेको छ । बस्नेतका बुबा खड्गबहादुरको उपचारका क्रममा २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको थियो । परिवारले बाह्रबिसे लगेर अन्त्यष्टि गरे । तर पाँच दिनपछि मृतकमा कोरोना संक्रमण पुष्टि भयो । बुधबार जिल्ला जनस्वास्थ्य...

सिन्धुपाल्चोकमा पहिरोले १३ घर पु¥यो,५ घरका परिवार बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका  उपाध्यक्ष शृजना तामाङले भनिन् , ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर...

कोरोना संक्रमित बढेपछि कामनपा- १४ का कुलेश्वर–बल्खु क्षेत्र सिल

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १४ का विभिन्न टोलमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। बुधबार २९ जनामा कोरोना पुष्टि भएकोमा बिहीबार थप १० जनामा कोरोना देखिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिइन्। उनका अनुसार कुलेश्वर क्षेत्रमा फलफूल व्यवसाय गर्नेहरूमा कोरोना देखिएको छ। साथै बल्खुमा २ जना र लाम्पाटी क्षेत्रमा पनि कोरोना...

सिन्धुपालचोक पहिरो अपडेट : ४ जनाको शव भेटियो, ३४ अझै बेपत्ता

काठमाडौं – सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ। घटनास्थलमा पुगेका सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ। त्यसमध्ये ५ जनालाई उद्धार गरिएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। घाइते हुनेहरूमा नौ वर्षीय रूप बहादुर...

बस्ती सारिदिन गुहार्दा–गुहार्दै लिदी पहिरोको सिकार, ११ को मृत्यु, २७ जना बेपत्ता

सिन्धुपाल्चोक । माथिल्लो भेगबाट डाँडो भासिन थालेपछि लिदी, नाम्फा, सञ्च, झुल्के, निम्लुङ, बैगाङ गाउँका ५ सयभन्दा बढी परिवारले ‘हामी पहिरोको उच्च जोखिममा पर्‍यौं’ भन्दै सुरक्षित स्थानमा बास सार्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जिल्ला विपद् व्यवस्थापन समिति र जुगल गाउँपालिकामा उनीहरूले गत महिना बुझाएको निवेदनको जवाफ पाए– ‘आफैं सुरक्षित बस्नुस् ।’ विकल्प...

लिदीको बस्ती स्थानान्तरण गरिने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरोमा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति...

राहत सामाग्री सहित बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल लिदी पुगे

सिन्धुपाल्चोक – लिदिमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पहिरो स्थल पुगेका छन् । मुख्यमन्त्री पौडेल सहित सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति शरेस नेपाल लगायत पहिरो स्थल पुगेका छन...

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण

चितवन – चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका...

लिदी पहिरो : १८ जनाको शव फेला,२१ अझै बेपत्ता,मृतकका परिवारले १ लाख राहत पाउने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय...

रुवीभ्यालीले भूबनोटको फाइदा लिएर विकासमा र समृद्धिमा फड्को मार्न सक्छ : मन्त्री फुयाँल

 काठमाडौं – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताएका छन् ।  ‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्किएका मन्त्री फुयालले २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने री काम गरिने बताए । मन्त्री फुयाँलले...

सिन्धुपाल्चोक पहिरोमा हराएका थप १ जनाको शव फेला ,२० अझै बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका –२ लिदीमा शुक्रबार विहान गएको पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ । २० जनाको अहिले पनि खोजी भइरहेको छ । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार...

काठमाडौंका ६० वर्षीय कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतकको स्थायी घर काठमाडौं रहेको र आइतबार अपराह्न निधन भएको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा...

लिदी पहिरोमा हराइरहेका मध्ये थप ३ जनाको शव फेला,मृतकको संख्या २२ पुग्यो,१६ अझै बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको जुगल–२, लिदीको लामा टोलमा पहिरोमा परेर बेपत्ता मध्ये थप तीन जनाको शव फेला परेको छ । सोमबार तीन जनाको शव फेला परेसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या २२ पुगेको वडाध्यक्ष प्रताप लामाले जानकारी दिए । गत शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका १६ जना अझै बेपत्ता...

निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि चितवनमा हवाई फायर

काठमाडौं – चितवनको राप्ती नगरपालिका – १ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा सोमबार प्रहरीले हवाई फायर गरेको छ। करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए। कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले त्यहाँ...

चितवनमा ४२ सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना संक्रमण

चीतवन – राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र...

प्रहरीमाथी खुकुरी प्रहार गर्ने तीन पक्राउ

हेटौँडा - प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक...

गोनपामा एक साताका लागी अत्यावश्यक बाहेकका सम्पूर्ण व्यवसाय संचालनमा रोक

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले आजदेखी ८ गतेसम्मका अत्यावश्यक बाहेकका सम्पूर्ण पसल तथा व्यवसाय संचालनमा रोक लगाएको छ । नगरपालिकाले भाद्र ८ गतेसम्मको लागि नगर क्षेत्र भित्र खाध्यान्न र औषधी बाहेक सम्पूर्ण पसल–ब्यबसाय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए । उनले भाद्र ८ गतेसम्मको परिस्थीत कस्तो हुन्छ त्यसअनुरुप...

साँखुमा १५ जना कोरोना संक्रमित,शङ्करापुरद्धारा सेमि­लकडाउनको घोषणा

काठमाडौं – शङ्करापुर नगरपालिका साँखुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । उपत्यका विभिन्न ठाउँमा सङ्क्रमितको सङ्ख्या बढेसँगै शङ्करापुरमा पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो रुपमा छ । सङ्क्रमितहरुको होम आइसोलेसन र सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार भैरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईंले जानकारी दिए । यो...

चितवनमा थप ३० जनामा कोरोना संक्रमण

चितवन – चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना,...

टोखा नगरपालिकाको प्रशंसनिय कार्य,कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

काठमाडौं - टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध...

उपत्यकाका स्थानिय तहले १५ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने

काठमाडौं - उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । उपत्यकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्न निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।...

उपत्यकाका सीडीओ र मेयरहरूबीच छलफल : एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं-  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाका मेयरहरुसँग अहिलको अवस्थाबारे...

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्ब्याइयो

काठमाडौं - काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा...

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए,एकैदिन ३०१ जनामा संक्रमण

काठमाडौं = काठमाडौं उपत्यकामा आज थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना गरी जम्मा ३०१ जना संक्रमित थपिएका छन् । नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको...

काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण

काठमाडौं– काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको...

काठमाडौं उपत्यकामा सांसद राईको संयोजकत्वमा ६ हजार आइसोलेसन वेड तयार गरिदैं

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन वेड तयार गरिने भएको छ । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न आइसोलेसन वेड तयार गर्न लागेको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल, नेकपा केन्द्रिय सदस्य एव्म काठमाडौं क्षेत्र नम्बर...

भक्तपुरमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु, नागरिक कम्युनिटी अस्पताल बन्द

भक्तपुर – कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको...

कोरोनाबाट पाटन अस्पतालमा २९ वर्षीय युवकको मृत्यु

काठमाडौं - ललितपुरको पाटन अस्पतालमा उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उनको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन ।...

आज काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण...

रक्तदान कार्यक्रममा सहभागी नागार्जुन नगरपालिका -६ का वडाध्यक्षलाई कोरोना संक्रमण

काठमाडौं - रक्तदान र बाटो समितिको बैठकमा सहभागी नागार्जुन नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुढाथोकीलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ । नागार्जुन नगरपालिका वडा नं. ६ मा अवस्थित फिटवेल गार्मेन्टले यही...

काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना गरी जम्मा ४८१ जना संक्रमित...

काठमाडौँ उपत्यकामा निषेधाज्ञा २४ गतेसम्म लम्ब्याइयो

काठमाडौं – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ। बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी...

काठमाडौं उपत्यकामा आज थप ४४५ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी जम्मा ४४५ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ९१७...

कर्मचारीमा कोरोना देखिएपछि टोखा नगरपालिका एक हप्ताका लागि बन्द

काठमाडौँ - टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गर्न लागिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई...

ललितपुरको लेले जंगलमा अल्का अस्पतालकी एक कर्मचारीको शव फेला

ललितपुर -  ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव फेला परेको छ। बुङ्गमती बस्ने उनको गोदावरी नगरपालिका १० मूलडोलस्थित लेले जंगलमा शुक्रबार राति शव फेला परेको हो। महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ। शुक्रबार राति नै उनको शव फेला परे पनि...

धुलिखेल अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

धुलिखेल - धुलिखेल अस्पतालमा उपचाररत् एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। काभ्रे स्वास्थ प्रमुख नरेन्द्र कुमार झाले मृत्यु हुनेमा महोत्तरी बर्दिबासमा ७६ वर्षीय वृद्ध रहेका बताए। उनकाअनुसार ती वृद्धको शनिबार बिहान ६ बजे मृत्यु भएको हो। उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका थिए। भर्ना भएकै दिन उनको...

काठमाडौँ उपत्यकामा आज थप ४०८ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा शनिबार देशभर थपिएका १०४१ जना संक्रमितमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ ।...

चोरी तथा लुटपाटमा संलग्न ५ जना बौद्ध प्रहरीको फन्दामा,सुन किन्न बोलाएर १३ लाख लुटपाट

काठमाडौं - चोरी तथा लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्ने ५ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धले सार्वजनिक गरेको छ । लुटपाटमा संलग्न एक भने फरार रहेको बौद्ध प्रहरी...

काठमाडौं उपत्यकामा निषेधाज्ञा दशैसम्म! नाकामा सेना परिचालन गर्न सिडियोको सुझाव

काठमाडौं - उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले संयुक्तरुपमा निषेधाज्ञा जारी गरेका छन् । तर, यो आदेश कहिलेसम्म जारी राख्ने भन्नेबारे सिडिओहरुकैै मत बाझिएको छ । काठमाडौंका सिडिओ उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गरेर कडा गनुपर्छ, निषेधाज्ञा हटाउनुपर्छ भन्छन्, ललितपुरका सिडिओचाहिँ दशैंसम्म...

बुद्धनगरस्थित आफ्नै सैलुनमा मृत भेटिए सञ्चालक ठाकुर

काठमाडौं – काठमाडौँको बुद्धनगरस्थित एक सैलुनमा त्यसका सञ्चालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोमबार बिहान सवा ९ बजेतिर काठमाडौँ–१० बुद्धनगरस्थित न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुरको शव लडिरहेको अवस्थामा सैलुनमै भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् । सैलुनको ढोका आधा खुलेको अवस्थामा अन्दाजी ३५ वर्षका ठाकुरको...

काठमाडौं उपत्यकामा आज थप ३२६ जनामा संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो...

उपत्यकामा आज थप ३९६ संक्रमित थपिए, काठमाडौंमा मात्रै ३०० जना

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थपिएका ३९६ जना कोरोना संक्रमितमध्ये भक्तपुरका मात्र ५८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी काठमाडौं उपत्यकामा जम्मा ३९६ जना संक्रमित थपिएका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२...

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरले गर्यो रक्तदान कार्यक्रम,७५ पिन्ट रगत संकलन

काठमाडौं - कारोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वर नगर कमिटी रक्तदान कार्यक्रम गरेको छ । कमिटीले आज मंगलबार जोरपाटी नारायणटारस्थित इस्टपोल मावीको प्रांगणमा गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको फाउन्डेसन नगर कमिटी सचिव कल्पना राजचलले जानकारी दिइन । उनका अनुसार...

समाजवादी ट्रेड युनियन महासंघ महिला विभागद्वारा श्रमिकहरुलाई राहत वितरण

काठमाठौं -समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागले श्रमिकहरुलाई राहत वितरण गरेको छ । कोभिड-१९ ले निम्त्याएको बिषम परिस्थितिसँगै सरकारले गरेको लकडाउनका कारण मारमा परेका ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई महासंघले राहत वितरण गरेको हो । कोभिड -१९ को आहतमा राहत भन्ने नारा सहित आज मंगलबार एक कार्यक्रमबीच...

काठमाडौं उपत्यकामा आज ४६४ संक्रमित थपिए,काठमाडौंका मात्रै ३९४ जना

काठमाडौं - काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको...

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो : के–के खुल्यो? के खुलेन ?

काठमाडौं - काठमाडौं उपत्यकामा आज बिहीबारदेखि पसल व्यवसाय खुलेका छन् भने सार्वजनिक तथा निजी सवारी साधन पनि सुचारु भएका छन । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् । कोरोना संक्रमण बढेसँगै उपत्यकामा ४ भदौबाट निषेधाज्ञा जारी गरिएको थियो...

काठमाडौंका ४९५ सहित उपत्यकामा आज ५७२ संक्रमित थपिए

काठमाडौं - काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा...

भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो

काठमाडौं - भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी...

भक्तपुर प्रकरण : सुतेकै ठाउँमा आमा-छोराको हत्यापछि आत्महत्या !

काठमाडौं - भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ...

पहिरोको चपेटामा सिन्धुपाल्चोक: बाह्रबिसेमा गएको पहिरोमा पुरिएका ३ जनाको शव भेटियो ,२८ जना अझै बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता भएकामध्ये ३ शव फेला परेका छन् । २८ जना बेपत्ता भएका छन् । पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको...

बाह्रबिसे पहिरो अपडेट : ५ जनाको शव फेला, २६ बेपत्ता, १८ वटा घर पुरिए

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ स्थित विभिन्न स्थानमा गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको हो । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी...

सिन्धुपाल्चोक पहिरो अपडेट : ९ जनाको शव फेला, २२ जना अझै बेपत्ता

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रविसेमाका तीन गाउँमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । अहिलेसम्म ९ जनाको शव फेला परेको अरु २२ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो। सबैभन्दा बढी क्षति...

टिचिङ अस्पतालमा ४ कोरोना संक्रमितको मृत्यु

काठमाडौं – काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष रहेको अस्पतालका कोभिड टिम सदस्य डा‍. सविन थपलियाले जानकारी दिए। मृत्यु हुने संक्रमितहरूमा काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष छन्। त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष छन्।। काठमाडौंका...

कीर्तिपुरमा डेरा सार्ने विषयमा विवाद हुँदा घरबेटीले कुटपिट गरेर हत्या

काठमाडौं – घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे । दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२ बजे कोठा छिर्न लाग्दै थिए । घरधनी ६६ वर्षीय...

चितवनमा कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु

चितवन - चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । उपचारको क्रममा आइतबार राति ११ः३० बजे उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या...

काठमाडौंका मेयर शाक्य कोरोनामुक्त

काठमाडौं – काठमाडौं  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । गत १५ भदौमा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका मेयर शाक्यको आइतबार नेगेटिभ रिपोर्ट आएको छ । केही दिन घरैमा आराम गर्ने र पुनः नियमित काममा फर्किने सचिवालयले जनाएको छ । श्रीमती बिरामी भएपछि कोरोना परीक्षण गराउन गएका शाक्यलाई संक्रमण...

बाह्रबिसे पहिरोमा ज्यान गुमाउने सङ्ख्या १३ पुग्यो,अझै १८ बेपत्ता

चौतारा – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुमथाङको भीमखर्क र नाकबुच्चेमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। शनिबार राति गएको पहिरामा ११ जनाको शव भेटिएको र खोजतलासका क्रममा सोमबार बिहान थप दुईजनाको शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। उनका अनुसार आज...

रासायनिक मलमा कालोबजारी गर्ने ४ जनालाई जनही १० हजार जरिवाना, मल जफत

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गरेको छ । प्रशासनले सहकारीका चार जनाले कालोबजारी गरेको भन्दै जनही १० हजार रुपैयाँ जरिवानासमेत गरेको छ । सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत...

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले असोज २ गते रक्तदान कार्यक्रम गर्दै

काठमाडौं - देश कोरोनाको कहरका पिल्सीरहेको छ । सरकार र सम्बन्धित निकाय कोराना संक्रमण न्यूनिकरण तथा रोकथामको लागी दत्तचित्त भएर लागिपरेको छ । कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकासहित देशभर बढ्दो क्रममा रहेको छ । उसो त कोरोनाले नेपालमा मात्र नभई विश्वमै त्राहिमाम बनाएको छ । कारोना कहरका कारण देशभर रगतको...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको ६ रेक्टर स्केलको भूकम्पले पहिरोको थप जोखिम बढाएको विज्ञहरुको भनाई,सर्तक रहन आग्रह

काठमाडौं – लगातार पानी परिरहेको बर्खाको समय र पहिरोको उच्च जोखिममा रहेको जिल्ला सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएकाले सचेत हुने पर्ने विज्ञले बताएका छन्। बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे क्षेत्र केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद लोकविजय अधिकारले जानकारी दिएका...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन ३ करोड दिने बागमती प्रदेश सरकारको निर्णय

हेटौंडा – बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७/०७८ का लागि अनुदान रकम दिन लागको हो । कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै...

काठमाडौं उपत्यकामा आज थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर भने २०२० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ...

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीले रक्तदान कार्यक्रम गरेको छ। महानगर कमिटीले आश्विन २ गते( आज) बौद्धस्थीत कुशल पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । बिहान ९ बजेदेखी ११ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको मदन...


Latest News

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।..

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं..

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top