नेपाली   |  English


News under राष्ट्रिय

ट्रेनर जेम्सले नेपालमा २०१७ देखि अनलाइन आईईएलटीएस कक्षा सञ्चालन गर्दै!

विश्व डिजिटल गइरहेको छ र you०% भन्दा बढि विश्व भ्रमित र अनिश्चित अवस्थामा छोडिनेछ यदि तपाईं अनलाइन कक्षाको लागि छनौट गर्नुभएन भने! IELTS परीक्षा पनि अहिले कम्प्युटरमा लिन सकिन्छ, र उम्मेद्वारहरूले अब उनीहरूको मनपर्ने स्थानहरूमा कम्प्युटर-वितरित IELTS परीक्षण दिन सक्छन् जहाँ अधिक परीक्षा मितिहरू उपलब्ध छन् र परिणामहरू एक हप्ता...

एक १9 वर्षीया केटीले टेको अस्पतालमा COVID-19 पॉजिटिभको परीक्षण गर्‍यो

काठमाडौं, फागुन २:: हालसालै फ्रान्सबाट नेपाल फर्केका एक नेपाली विद्यार्थीले कोरोनाभाइरसका लागि सकारात्मक परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने कि १-वर्षीया केटीले कोभिड १ positive लाई सकारात्मक देखाइएको छ। उनी मार्च १ 17 मा कतार हुँदै फ्रान्सबाट नेपाल जाँदै थिइन। घरमा एक्लै...

कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई

काठमाडौँ — शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ । टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन्...

कोरोनाभाइरसबाट मर्नेहरूको संख्या १ 165,२। To मा पुगेको छ, अमेरिका सबैभन्दा खराब प्रभावित हो।

काठमाडौं, २० अप्रिल: विश्वव्यापी कोरोनाभाइरस महामारीले सोमबार बिहान २ the घण्टामा ,,88383 व्यक्तिको मृत्यु पछि १ world5,२।। जनाको मृत्यु भएको छ। Worldometer द्वारा एकत्रित पछिल्लो तथ्या 74्क अनुसार,, with, cases 557 नयाँ घटनाहरु संग, संक्रमण को घटना संख्या २, 5०5,3२। पुगेको छ। हाल, १,15१,,484 people व्यक्ति विश्वभर बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ,...

ओलीमाथि बढ्दो दबाब : नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्धकोे लडाईंमा सिंगो देश लकडाउनमा छ । सबै नेपाली जनताका दैनिकी प्रभावित भएको छ । कारोबारहरु बन्द छन् । एक महिनादेखि कुनै जमघट र भेला गर्न सक्ने अवस्था छैन । देशको सामाजिक, आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको छ । इतिहासकै अत्यन्त कठिन अवस्थामा राष्ट्र पुगेका...

महाकाली सन्धीमा संलग्न सबैले माफी माग्नुपर्छ - नेता यादव

काठमाडौं – जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपाल भारतको सीमा समस्या समाधानका लागि वार्तामार्फत् समस्याको समाधान गर्नुपर्ने बताएका छन् । संसदमा शुरु भएको संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रममा सुगौली सन्धी अपमानजनक रहेको भन्दै काली नदि सीमा मानिएको र काली नदि भनेको महाकाली नदि नै भएको उल्लेख गरेको भन्दै पश्चिमतर्फ...

देश चौतर्फी संकटमा फस्दै,प्रधानमन्त्री उखान टुक्का,छेडखानीमा व्यस्त : डा. भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्। कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्। ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किंदैछ। अर्थतन्त्र...

लक्षण नदेखिएका कोरोना संक्रमितलाई पीसीआर नगरी डिस्चार्ज नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई पीसीआर परीक्षण नगरी घर पठाउने सरकारी निर्देशिका कार्यान्वयन नगर्न आदेश दिएको छ । पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चितता भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्द...

सुर्खेतमा आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

सुर्खेत - सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

काठमाडौं - नेपालमा मंगलबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै...

एकैदिन थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं - नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा....

अंगिकृत नागरिकता विधेयकको बिरोधमा जनमत पार्टीले गरे बिरोध रैली

रौतहट ८ असार । आज जनमत पार्टी रौतहटले अंगिकृत नागरिकता विधेयक बिरोधमा सदरमुकाम गौरमा बिरोध रैली प्रदर्शन गरेको छ । केन्द्रीय नेताहरु ललित मल्लिक शानू, बिरेन्द्र साह, अशोक सिंह लगायत जिल्ला पदाधिकारी बृज यादव, बिकास यादव, हेम साह, रागिनी पाण्डे लगायत सयकडौं नेता कार्यकर्ता सहभागी उक्त रैली गौर नगर परिक्रमा...

लोकसेवा आयोग विधेयक पारित

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले संघीय निजामती सेवालाई स्वच्छ...

ओली सरकारलाई डा. भट्टराईको व्यंग्य: जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारको आलोचना गर्दै कडा टिप्पणी गरेका छन् । उनले अन्य दल, नेताको चिन्तन र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा उखान हाल्दै लेखेका छन् – जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको...

परीक्षणबिनै क्वारेन्टिनबाट घर पठाइएका एक सय बढीमा कोरोना पुुष्टि,संक्रमण समुदायस्तरमा फैलने त्रास

महेन्द्रनगर - सुदूरपश्चिम प्रदेशमा परीक्षणविनै क्वारेन्टिनबाट घर पठाइएका मानिसमा कोरोना संक्रमण देखिन थालेको छ। लकडाउनकैबीचमा भारतबाट फर्किएर १४ दिन क्वारेन्टिन बसाईपछि पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका मानिसमा संक्रमण देखिन थालेको हो। यसले संक्रमण समुदायस्तर फैलिने जोखिम बढेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते १४ दिन क्वारेन्टिनमा बसेकालाई लक्षण नदेखिए घर...

कोरोनाको महामारीकै बीच शीतलनिवास रात्रिभोजसहितको मिटिङ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेतालाई शीतलनिवास बोलाएकी छन् । राष्ट्रपति कार्यालयले रात्रिभोजको व्यवस्थासहित सबै दलका नेताहरुलाई आमन्त्रण गरिएको छ । नेताहरूलाई साँझ पाँच बजे आइपुग्ने गरी निम्ता गरिएको छ । राष्ट्रपति कार्यालयको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको जनाएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले भने,’यस विषयमा मलाई कुनै...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा कोरोना भाइरस (कोभिड१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् ।...

एकैदिन थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

काठमाडौं - नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार७२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नेपालमा कोरोनामुक्त हुनेको संख्या २३ सय ३८ पुग्यो, एकैदिन ११४ जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २३३८ पुगेको छ । जसमध्ये २१४१ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोरोना भाइरसको संक्रमण जितेर निको भएको बताएको...

मोष्ट वान्टेड सूचीमा रहेका धर्मासिंह पक्राउ

दाङ - जिल्ला प्रहरी कार्यालय बाँकेले मोष्ट वान्टेड सूचीमा रहेका एक युवालाई घरेलु हतियारसहित पक्राउ गरेको छ। जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ३ निवासी ३१ वर्षीय धर्मासिंह भनिने राजेश यादवलाई मंगलबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए। दश वर्ष अगाडि २०६६ भदौ २१...

आदेश पालना नगरेको भन्दै सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं– सर्वोच्च अदालतले अदालतको अपहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ दिनभित्र आफैं उपस्थित भएर वा आफ्ना वारेसमार्फत जवाफ दिन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री ओलीलाई १५ दिनभित्र जवाफ दिन आदेश दिएको हो । कोरोनाभाइरस...

सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु,१ घाइते

सप्तरी - सप्तरीमा चट्याङ् लागेर चार जनाको ज्यान गएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ । घरमा पूजा लगाएर...

पोखरामा आयईसियूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

पोखरा - कोरोनाका कारण नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आयईसियूमा उपचाररत स्याङ्जा, सिरूवारी निवासी एक ५५ वर्षिय पुरूषको बुधबार राति ११ः३५ उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानद्वारा जारी विज्ञप्तिका अनुसार मृतकलाई असार ८ गते आइसियूमा भर्ना गरिएको थियो। प्रतिष्ठानले ती पुरूष कोभिड...

देशका केही स्थानमा भारी वर्षाहुने,यी नदीहरुमा आउन सक्छ् बाढी

काठमाडौं - मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ । आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका...

अदालतको आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिइएको...

कोरोनाबाट ज्यान गुमाएका पुरूषको शव गाडेपछि सेनाको अन्तिम सलामी

काठमाडौं - असार ८ गते दैलेखका एक जना कोरोना संक्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गयो। दैलेखको दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृत्यु भएको थियो। तर मृत्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अन्तिम संस्कार गर्न पाए। हुन त...

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं  - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे । चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका...

मुलुकका अधिकांश स्थानमा वर्षा, चट्याङसहित बाढी पहिरोको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानमुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा विहानैबाट वर्षा भइरहेको जनाएको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै...

नेकपा स्थायी कमिटी बैठक आज पुनः बस्दै

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ । पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन्...

देशका अधिकांश स्थानमा वर्षा हुने, बाढी र पहिरोको जोखिम

काठमाडौं - जल तथा मौसम पूर्वानमुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा विहानैबाट वर्षा भइरहेको जनाएको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ । देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै...

काभ्रेमा बोधिचित्त लुटपाट गर्ने समुहमाथी प्रहरीले चलायो गोली

काठमाडौं  - काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ । बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको...

स्कारपियोले पैदलयात्रीसहित मोटरसाइकललाई ठक्करदिँदा तीनजनाको मृत्यु

विराटनगर - पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका ७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको...

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु,एमसीसी लगाएतका बिषयमा छलफल हुने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ११ः२० मा शुरु भएको हो। बुधबार दुई अध्यक्षले धारणा राखेर सुरु गरिएको सो बैठकमा शुक्रबार अन्य नेताहरुले बोल्ने कार्यक्रम छ। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल हुनेछ...

लागुऔषध दुरुपयोग रोक्न सामूहिक प्रयास अपरिहार्य : गृहमन्त्री थापा

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक...

लागूऔषध कारोबारमा संलग्न इन्स्पेक्टर शाहीलाई ९ दिन थुनामा राख्न अनुमति

काठमाडौं - ललितपुर प्रहरी परिसर, जावलाखेलबाट पक्राउ परेका नेपाल प्रहरीका निरीक्षक रुद्र शाहीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंले लागूऔषध कारोबार सम्बन्धी कसूरमा अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका एसपी प्रविण धितालका अनुसार प्राप्त समयमा शाहीको बयान र उनको संलग्नताबारे...

आफ्नो आलोचना हुने देखेपछि नेकपा स्थायी कमिटी बैठकमा ओली अनुपस्थित

काठमाडौं - नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका छन् । बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित...

घरभाडा मिनाह लगाएतका १८ बुँदे माग राख्दै कोरोना पिडित संयुक्त संघर्ष समितिद्धारा माइतीघर मण्डलामा धर्ना

काठमाडौं - लकडाउन अवधीभरको घरभाडा मिनाह लगाएतका १८ बुँदे माग राख्दै कोरोना पिडित संयुक्त संघर्ष समितिद्धारा काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन् । कोरोनाको कहरका कारण व्यावसाय,यातायात सम्पर्ण ठप्प रहेकोले घरभाडा देखी बैंक तथा वितिय संस्थाहरुको ब्याज,स्कुल कलेजको फि मिनाह लगाएतका माग राख्दै धर्ना दिएको हो । भाडावाला सरोकार समाजसहित १५...

एकैदिन थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार ७५५जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नेपालको जनसंख्या तीन करोड नाघ्यो

काठमाडौं - बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको केही वर्ष भइसकेको छ । अब भने जनसंख्याको घडी अनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्यान्ह नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट दायर

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको कार्यालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, सङ्घीय संसद् सचिवालय र नेपाल कानून आयोगलाई विपक्षी बनाएर अधिवक्ता तुलसी सिम्खडाले...

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवन -  चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ । शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल...

४ दिनसम्ममा पनि कोरोना संक्रमित महिलाको शव व्यवस्थापन भएन,शव गन्हाउने अवस्थामा

दाङ - मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक महिलाको अझैंपनि शव व्यवस्थापन हुन सकेको छैन । शव व्यवस्थापन नहुँदा शव कुहिने तथा गन्हाउने अवस्थामा पुगेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनका अनुसार त्यो शव नउठाउँदा सम्म अरू कसैको शव आएमा कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको छ। ‘हामी कहाँ शव राख्ने...

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै,बालुवाटारमै ओली उपस्थित नभएपछि बैठक धुम्बाराहीमै सार्नुपर्ने माग

काठमाडौं  - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटरमा ११ बजेपछि सुरू हुनेछ । बुधबारबाट सुरू भएको बैठकमा शुक्रबार १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा बाँकी सदस्यले धारणा राख्ने छन् । बुधबारकै बैठकले तय गरेका सात एजेन्डाका...

बारा र पर्सामा भेटियो सलह किरा,प्राविधिकसहितको टोली परिचालन 

काठमाडौं - नेपालमा सलह किरा भित्रिएको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको...

बालुवाटारमा जारी नेकपा स्थायी समिति बैठकमा आज पनि एकछिन बसेर फर्किए ओली

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक सुरू भएको छ। शनिबार बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर सहभागी भएर फर्किएका बताइएको छ। ‘आजको बैठकमा प्रधानमन्त्री एकछिन सहभागी भएर फर्किनुभयो’, स्रोतले भन्यो। शुक्रबारको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्। हिजो बैठकमा उपस्थित नभएर आलोचना भएपछि उनी आज उपस्थित भएका हुन्।बैठकमा...

भारत केपी ओलीलाई हटाएर राजतन्त्र ल्याउन चाहन्छ : अध्यक्ष केसी

काठमाडौं - राष्ट्रिय जनमोर्चाले नेकपा कम्युनिस्ट सरकार नभएको आरोप लगाएको छ । तर, अहिले भारतले केपी ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको जनमोर्चाको दाबी छ । पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्यमा भनेका छन्, ‘हामीले शुरुदेखि नै बताउँदै आएका छौँ कि नेकपाको सरकार कम्युनिस्ट...

एकैदिन थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा....

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको...

नेकपा स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागी स्थगित

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। बैठकबारे शनिबार अपरान्ह पत्रकारहरूलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए। ‘असार १६ गते विहान ११ बजे पुनः बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने...

स्थायी कमिटी बैठकमा बामदेवले भने- 'महाकाली सन्धिलाई राष्ट्रघात भन्दा मलाई कारबाही गरेर गल्ती गरेको स्वीकार गरियोस्'

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफूलाई न्याय दिन पार्टी नेतृत्वसामू माग गरेका छन् ।यसका लागि महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर पार्टी भन्नुपर्ने उनको माग छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गौतमले भारतसँग महाकाली सन्धि गर्ने क्रममा आफूहरुले महाकाली नदीको...

असार १५ गते सार्वजनिक बिदा

सुर्खेत– कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक...

रौतहटमा जनप्रतिनिधी र कर्मचारीसहित १४ जनामा कोरोना

रौतहट - रौतहटमा जनप्रतिनिधी र कर्मचारीसहित १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय माझ सन्त्रास फैलिएको छ । जिल्लामा कोरोनाभाइरस समुदायमा फैलिएर महामारीको रुप लिन नदिन स्थानीय प्रशासनले केही पालिका सिल गर्ने तयारी गरेको छ । बौधीमाई नगरपालिकाका–२ जना वडा अध्यक्ष, केही अन्य जनप्रतिनिधी र नगरपालिकाका कर्मचारीसहित १४ जनामा कोरोनासंक्रमण...

आज मदन भण्डारीको ६९ औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं - तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले...

अबिरल बर्षासँगै खसेका ढुंगाका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो । अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न...

आज पनि देशका विभिन्न भागमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । आज विहान मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको छ । महाशाखाले देशभर...

सलह नियन्त्रण गर्न विज्ञहरुका यस्ता सुझाव

काठमाडौं - सरकारको दाबीलाई झुटो सावित गर्दै सलह बथान शनिबार नेपाल छिरेको छ । भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका नेपालको तराई क्षेत्रमा बिहान ७ देखि ८ बजेको बीचमा सलहको बथानै देखा परेको हो । विज्ञले सलह कीरा नियन्त्रण गर्न केही विषादी र प्रयोग गर्न परिमाण पनि सुझाएका छन् । मालाथिन नामको...

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं - पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको...

नेपालमा थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं - नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा....

ललितपुरमा थप एकजनामा कोरोना पुष्टि

काठमाडौं – ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । आइतबार मात्रै थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार...

म प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालका पक्षमा बोल्ने आँट कसैले गर्दैन : ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताएका छन्। लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म नछोड्ने बताएका प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउने खेल भइरहेको बताए। भारतीय सञ्चार माध्ययमा आएका समाचार, दूतावासका गतिविधिले भित्रभित्र के भइरहेको छ भन्नेबारे...

कामनपा- ६ मा असारे विकासको चटारो,झण्डै करोडको योजना सम्झौतामा उपभोक्ता समितिनै अन्यत्र ठाँउको

काठमाडौं -  देशको राजधानी अर्थात काठमाडौं । कतिपयलाई लाग्छ होला राजधानी रहेको ठाँउमा विकास निमार्णका कार्य छिटो छरितो र पारदर्शी हुन्छन भन्ने लाग्छ तर त्यो तपाई हामीले सोचे भन्दा फरक हुनसक्छ । केन्द्र सरकार भएकै ठाँउमा पनि के अनियमितता ढिला सुस्ती मौलाउन सक्ला र ? प्रधानमन्त्री, मन्त्री नेता सबै ओरदोहर...

कृषक त्रासमाः मन्त्रालयले भन्छ–“नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन”

काठमाडौं– सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिएको हो । मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको...

खुसीको खबरः अन्तत सार्वजनिक सवारी साधन सञ्चालन हुने

लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् । ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको...

राशिअनुसार यस्तो रहनेछ तपाँईको आजको भाग्यः हेर्नुहोस राशिफल

वि.सं.२०७७ साल आषाढ १५ गते । सोमबार । ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि–नवमी,४१ घडी ०३ पला,बेलुकी ०९ बजेर ३८ मिनेट जादा दशमी । नक्षत्र–हस्त,०५ घडी २६ पला,बिहान ०७...

क्वारेन्टिनबाट घर फर्किएका अछामका ४५ वर्षीय पुरुषको मृत्यु

जेठ २७ गते त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिएका अछामका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय पुरुषको आज विहान साढे ८ बजे मृत्यु भएको हो। १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी परीक्षण नेगेटिभ आएपछि उनी घर फर्किएका थिए। घर फर्किएको एक हप्तापछि हिजो दिउँसो...

तीन दिन लगातार वर्षा हुने, बाढी पहिरोको जोखिम उच्च

काठमाडौं– मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू–भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू–भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म प्रदेश...

ललितपुरको स्टार अस्पालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं - ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै...

आज राष्ट्रिय धान दिवस मनाइँदै,सामूहिक धान रोप्न कृषि मन्त्री भुसाल पुगे उदयपुर

काठमाडौं - आज असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ । राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री...

काठमाडौंको गोकर्णेश्वमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं - गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। मेलम्चीको सडकमुनि वाग्वीर स्याङ्तानको निर्माणाधीन घरमा सोलुखुम्बु महाथुलुङ गाउँपालिका स्थायी घर भएका अन्दाजी २४ वर्षीय युवक धीरज राई झुण्डिएको अवस्थामा फेला परेको वृत्तका प्रहरी नायब निरीक्षक विकासबाबु न्यौपानेले बताएका हुन्। घटनाका बारेमा थप अध्ययन भइरहेको छ...

प्रधानमन्त्री ओलीलाई राप्रपा अध्यक्ष लोहनीले दिए नवसामन्तवादी श्री ३ को संज्ञा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई नवसामन्त, श्री ३ को संज्ञा दिएका छन् । ओलीले आफूबाहेक नेपालमा कोही देशभक्त छैनन् भनेर नेपाली जनताको अपमान गरेको डा. लोहनीको प्रतिक्रिया छ । ‘सम्माननीय प्रधानमन्त्रीजी, नेपालको नयाँ नक्सा जारी गरेवापत विदेशी र स्वदेशी मिलेर तपाईलाई हटाउन...

थप ४७६ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौं - नेपालमा सोमबार कोरोनाभाइरसका ४ सय ७६ जना नयाँ संक्रमित भेटिएका छन्। २४ घण्टामा देशका २२ वटा प्रयोगशालामा सात हजार सात सय ९१ को पिसिआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ‘तीन सय ६४ पुरूष र एक सय...

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक,एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या...

जब कृषिमन्त्री धान रोप्ने उद्घाटन गर्न बुट लगाएर खेतमा छिरे त्यसैबेला मेसिनले धानै रोपेन!

उदयपुर - कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे । त्रियुगा नगरपालिका १३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो । धान दिवसको...

नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुन्न : अमेरिका

काठमाडौं - अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी) को अनुदान रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ । सम्झौता नेपालको संसदबाट सम्झौता एमसीसी अहिलेसम्म अनुमोदन नभएकोबारे अमेरिका जानकार रहेको भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासले अनुदान स्वीकार गर्ने वा नगर्ने नेपालको रोजाइको विषय भएको बताएको छ । दूताबासले भनेको छ, ‘यो अनुदान स्वीकार गर्नु नेपालको...

लकडाउन साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं - सरकारले पछिल्लो समय खुकुलो बनाएको लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘लकडाउन...

ट्याक्सी व्यवसायीद्वारा काठमाडौंमा विरोध प्रदर्शन, भन्छन्- रोगले होइन, भोकले मर्ने भइयो सरकार

काठमाडौं - लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित ट्याक्सी व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई...

चितवनमा परिवार सवार स्कर्पियो ग्यास बुलेटसँग ठोक्कियो,आमा–छोराको मृत्यु

मकवानपुर – मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा...

कोभिड–१९ नियन्त्रणका सन्दर्भमा कांग्रेसले बुझायो स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं - नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकारले गरेका काम र आगामी तयारीका विषयमा जानकारी लिँदै पार्टीले बारम्बार उठाएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर सो ध्यानाकर्षण गराएको हो...

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो,एकैदिन ३१६ जनामा संक्रमण

काठमाडौं - नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १३ हजार ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...

काठमाडौं र ललितपुरमा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं र ललितपुरमा गरी थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२ र ललितपुरमा १ गरी १३ जना संक्रमित थपिएको जानकारी दिए। थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए। नेपालमा मंगलबार थप ३१६ जनामा...

भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा प्रचण्डले मागे स्पष्ट जवाफ

काठमाडौं - आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ। मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सो अभिव्यक्ति गम्भीर रहेको भन्दै छलफल हुनुपर्ने बताएका हुन् । त्यस्तै, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर ढंगले...

प्रचण्डसहितका नेताले ओलीलाई भने- 'तपाईँको राजीनामा भारतले हैन, हामीले मागेका हौँ’'

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीको राजीनामा भारतले नभई आफूले मागेको बताएका छन्। नेकपाको स्थायी कमिटी बैठकमा तीन शीर्ष नेताहरुले ओलीलाई ‘तपाईँको राजीनामा भारतले होइन, मैले मागेको हो, तपाईँले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न पाउनुहुन्न’ भनेको एक...

प्रधानमन्त्री ओलीले बोलाए आफू निकट स्थायी समिति सदस्य र मन्त्रीलाई बालुवाटार

काठमाडौं - प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। ओलीले उनीहरूसँग ८ बजे जारी स्थायी समिति वैठकका विषयमा छलफल गर्ने जानकारी श्रोतले दिएको छ। नेकपाको मंगलबार बसेको स्थायी नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकाशं नेताहरूले प्रधानमन्त्री तथा पार्टी...

एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो ?

काठमाडौं - नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो । बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता...

प्रचण्ड-ओली टकराव : बालुवाटार वैठकमा ओलीले बोलाएनन् प्रचण्ड निकट मन्त्रीलाई

काठमाडौं - प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जारी स्थायी समितिका बारेमा छलफलका लागि बोलाइएको वैठकमा अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निकट नेतालाई सहभागी नगराइएको बालुवाटार स्रोतले जनाएको छ। छलफलका लागि मन्त्री रहेका आफू खेमाका र वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यलाई मात्र ओलीले बोलाएको...

प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि गएका हुन् ।...

एकै दिन थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित...

काठमाडौं उपत्यकामा १७ जना भेटियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन...

दाङमा सलहले सयौं हेक्टरको अन्नबालीमा पुर्‍यायो क्षति

दाङ– मंगलबार दिउँसो दाङमा देखिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमिनमा लगाएकोअन्न बालीमा क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा क्षति पुर्‍याएको छ ।केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पुर्‍याएको छ। सलह घोराही र तुलसीपुर...

प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने दाहाल–नेपाल भेलाको निर्णय

काठमाडौं– प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रणनीति तय गरेको छ । बुधबारको स्थायी कमिटी बैठक स्थगित भएपछि ललितपुरको एक होटेलमा बसेको दाहाल–नेपाल समूहका नेताहरुको भेलाले प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने रणनीति तयार पारेको हो । ‘विधानअनुसार प्रधानमन्त्रीले...

यस्तो रहनेछ तपाँईको आजको दिन, हेर्नुहोस राशिफल

वि.सं.२०७७ साल आषाढ १८ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– द्वादशी,२३ घडी ३८ पला,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–अनुराधा,५० घडी २५ पला,रातको ०१...

बारामा चट्याङ लागेर चार जनाको मृत्यु, ५ घाइते

काठमाडौं - बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो...

ओली निकटका नेताहरु प्रचण्ड निवास खुमलटारमा

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन्...

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ,अन्य नेताहरुलाई मन्त्री बनाउने भन्दै ओलीले दिने प्रलोभनले गरेन काम

काठमाडौं - पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर...

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री ओली पुगे शीतल निवास

काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद‍्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।...

संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले पार्टी विभाजन गर्न मिल्ने अध्यादेश जारी गर्न लागेको आशंका

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। संविधानको धारा ९३ को उपधारा २ मा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्न सक्ने प्रावधान छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आजै साँझ पाँच बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै उनले पुनः पार्टी फुटाउन मिल्ने...

ओलीनिकट नेतासँग प्रचण्डले भने - 'मैले सहमति खोजें, प्रधानमन्त्रीले एकाधिकार खोज्नुभयो'

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूसँग दुबै अध्यक्षका कमजोरीहरू औंल्याउन भनेका छन्। बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डले दुबै अध्यक्षका कमजोरी औंल्याए पार्टीमा निष्कर्ष निकाल्न सजिलो हुने बताएका हुन्। ‘तपाईंहरूले मेरा कमजोरी औंल्याइदिनुस् र अर्का अध्यक्षका कमजोरी पनि औंल्याइदिनुस्।...

नेकपा विवाद चर्कदो : स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित, दुई अध्यक्षबीच संवादको तयारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद गर्ने तयारी छ । एक स्थायी कमिटी सदस्यले भने, ‘केहीबेर बसेर स्थगित भएको छ । अहिले दुई अध्यक्षबीच सम्वादको प्रयास भइरहेको छ ।’ नेकपा स्थायी...

प्रचण्ड-ओली टकराब : ओलीको विपक्षमा नेकपाका ३१ स्थायी कमिटी सदस्य

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल,...

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो, एकैदिन भेटिए ४७३ संक्रमित

काठमाडौं - नेपालमा विहीबार बार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६६४ जना निको...

काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौंमा २८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंका १७ महिला, ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। शुक्रराज ट्रपिकलमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका २, ललितपुरका १...

राष्ट्रपतिलाई प्रचण्डले भने - 'पार्टीको एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्नुस्'

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सरकारले संघीय संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको डेढ घण्टा नबित्दै सरकारको सिफारिस कार्यान्वयन गरेकी राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका दाहालले एउटा खेमामा नलागी अभिभावकीय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरेको...

पार्टी एकता गम्भीर संकटको मोडमा : प्रवक्ता श्रेष्ठ

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा खतरा उत्पन्न भएको बताएका छन्। बिहीबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने चासोसहित आज बैठकमा छलफल भएको पनि बताए। ‘पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं - नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको...

संसदको चालु अधिवेशन अन्त्य खेदजनक : कांग्रेस

काठमाडौं – सरकारले संघीय संसदको अधिवेशन चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि मुख्य विपक्षी दल नेपाली कांग्रेस रूष्ट भएको छ । कांग्रेसले सरकारको निर्णय अस्वाभाविक र खेदजनक भनेको छ । सत्तारुढ नेकपाको आन्तरिक विवादका कारण संसद अधिवेशन अन्त्य गरिएको भन्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने,‘नेकपाको आन्तरिक द्वन्द्वको...

नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्मका लागी स्थगित

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । सरकारले संघीय संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि रोकिएर फेरि सुरू भएको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए ।झन्डै तीन घन्टा रोकिएर सुरू भएको बैठककाबीचमा अध्यक्ष प्रचण्डले...

आजदेखि पुनः श्रम स्वीकृति खुल्यो

काठमाडौं– सरकारले झण्डै चार महिनापछि पुनः श्रम स्वीकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गएको फागुन अन्तिमदेखि रोकिएको पुनः श्रम स्वीकृति आजदेखि खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम...

यी राशि हुनेहरूको धेरै राम्रो दिनः हेर्नुहोस कस्तो छ तपाइँको भोलिको राशिफल

वि.सं.२०७७ साल आषाढ १९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्लपक्ष । तिथि– त्रयोदशी,१८ घडी ५३ पला,दिउसो १२ बजेर ४७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–ज्येष्ठा,४८ घडी ०१ पला,रातको १२...

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी...

निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो नेपाल

काठमाडौं - नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा छ ।विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ । सन् २०१९ मा...

ओली र प्रचण्डबीच बालुवाटरमा छलफल सरु

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टी एकतामा नै गम्भीर संकट पैदा भएको भन्दै समस्या समाधानको लागि दुई अध्यक्ष छलफलमा जुटेका हुन् । सत्तारुढ...

देउवाले नेविसंघ नेताहरुलाई थर्काए: भने-' म चारपटक प्रधानमन्त्री भएँ, तपाईंहरू हुन सक्नुहुन्छ? लाज छैन?

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काएका छन्। विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाए। पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा शुक्रबार देउवाले कोरोना महामारीमा किन कार्यक्रम राख्नुपर्‍यो भन्ने प्रश्न...

नेकपा नेतृत्वलाई दबाब दिन धुम्बाराहीमा युवा नेताको धर्ना

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा फसेपछि विवाद समाधान गर्न शीर्ष तह छलफलमा जुटेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । छलफलमा दुई नेताबीच पार्टी एकताको मर्म अनुसार अघि बढ्ने समझदारी भएको छ । बालुवाटारको बैठकअघि नेकपाका दोस्रो...

एकैदिन थप ७४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं - नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८२३ जना निको भएर अस्पतालबाट...

कोरोनाबाट थप एक जनाको मृत्यु,मृतकको संख्या ३२ पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ...

तपस्वी रामबहादुर बम्जनलाई १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

काठमाडौं - तपस्वी रामबहादुर बम्जनलाई कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ । सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता भएको हो । सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बम्जन माथि...

नेपालमा एकैदिन ८२३ ले जिते कोरोना, निको हुनेको संख्या ६ हजार १४३ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६...

ओली - प्रचण्डबीच बालुवाटारमा साढे चार घन्टा छलफल

काठमाडौं - नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा साढे चार घन्टा भेटघाट भएको छ। भेटमा दुई अध्यक्षका अतिरिक्त नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मामात्र सहभागी थिए। दुई अध्यक्षबीच पछिल्लो समयमा तीक्तता बढेको सन्दर्भमा शुक्रबारको भेटमा उनीहरुबीच मन माझामाझ भएको नेकपा स्रोतले...

रोल्पामा आत्महत्या गरेका ३१ वर्षीय युवकमा कोरोना पुष्टि

काठमाडौं - रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना...

कोरोना संक्रमित युवकले गरे आत्महत्या

कैलाली - बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका ७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए...

ओलीको समर्थनमा धादिङमा पनि जनप्रदर्शन

धादिङ - देशभर स्वतस्फूर्त प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थकको जनसागर उर्लिरहेको अवस्थामा धादिङमा भने बजार र चोकमा मात्र नभई मुख्य राजमार्गमा नै वृहत्त जनप्रदर्शन भएको छ । जिल्लाको मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तरगत थाक्रेगाउँपालीकाको महादेववेशी बजारमा प्रधानमन्त्री ओलीको समर्थनमा हजारौं युवा तथा नागरिक सडकमा उर्लिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट...

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं - गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५...

बझाङको मल्लेसीमा पहिरो, १७ घर पुरिए,७ वेपत्ता, विस्तृत विवरण आउँन बाँकी

काठमाडौं - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले...

थप २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर...

कोरोनाका कारण एकैदिन २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको हो । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट...

काठमाडौँको ढलमा पनि भेटियो कोरोना भाइरस

काठमाडौं – काठमाडौँ उपत्यकाको ढलमा पनि कोरोना भाइरस फेला परेको छ । काठमाडौँका चार स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) ले जनाएको छ । अनुसन्धानको नेतृत्व गरेका डा. दीवेश कर्माचार्यका अनुसार १०–११ दिन अघि संकलन गरिएको नमूना परीक्षण गर्दा...

नेकपा सचिवालयका ६ जनाको छुट्टै भेला खुमलटारमा,गृहमन्त्री थापा पनि सहभागी

काठमाडौं - प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको असमझदारी उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नेकपा सचिवालयका ६ जना सदस्यले छुट्टै भेला आयोजना गरेका छन्। शनिबार बिहान ओलीसँग भेटने योजना रद्द गरेपछि दाहालसहित सचिवालयका ६ जना साँझ उनकै निवास खुमलटारमा भेला भएका हुन्। ओलीसँग अब कसरी प्रस्तुत हुने भन्ने...

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका छन्। शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन्। छलफलका...

बामदेवलाई फकाउँदै ओली समुह : शितल निवासमा वार्तादेखी भैंसेपाटीमा ओली समूहका नेताको डिनर मिटिङसम्म

काठमाडौं -  नेकपाभित्रको शक्ति संघर्ष झनझन जटिल हुँदै विभाजनतर्फ बढिरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन सक्रिय भएको छ । यही शिलशिलामा शुक्रबार राति भैंसेपाटीस्थित गौतम निवासमा ओली समूहका एक दर्जन नेता ‘डिनर मिटिङ’मा सहभागी भएका छन् । शुक्रबार बिहानै नै महासचिव...

संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन,बिजनेश थिएन : मन्त्री अर्याल

काठमाडौं - भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिजनेश नभएपछि संसद अधिवेशन अन्त्य गरिएको बताएकी छन् । स्वयं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको आशंका गरिरहेका बेला मन्त्री अर्यालले भने अधिवेशन कहिले बोलाउने ? कहिले बन्द गर्ने भन्ने...

म बाइफोर्स स्टेप चाल्दैछु, तपाईंहरु कता लाग्ने कित्ता छुट्याउनुस् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अपर्झट मन्त्री र सल्लाहकारहरुलाई बालुवाटार बोलाएर आफूले ‘बाइ स्टेप बाई फोर्स’ कदम चाल्न लागेको र मन्त्रीहरुले आफ्नो कित्ता छुट्याउनु पर्ने बताएका छन्। ‘म बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको...

प्रम ओलीलाई लक्षित गर्दै नारायणकाजीले भने- ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुटा प्रचार कसैले नगरौं'

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुटो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र...

नेकपा फुटको संघारमा,सहमति नभए प्रधानमन्त्रीविरूद्ध प्रचण्ड-नेपाल खेमा अन्तिम निर्णय गर्ने पक्षमा

काठमाडौं - दुई दिनदेखि स्थायी कमिटी बैठक रोकेर निकास खोज्ने प्रयास भए पनि सत्तारूढ नेकपाभित्रको विवाद झनै चुलिएको छ। प्रधामन्त्री केपी शर्मा ओली खेमा र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल खेमा आ आफ्नै अडानमा दृढ देखिँदै गएका छन्। प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्रीहरूलाई बालुवाटार बोलाएर आफूलाई हुलहुज्जत गरेर निकाल्न खोजिएको भन्दै सत्ता...

यस बर्ष कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

काठमाडौं -  यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय...

ओली र प्रचण्डबीच निर्णायक छलफल जारी,अन्य नेताहरु पनि सहभागी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक भनिएको वार्ता शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा...

ओली-प्रचण्डबीचको वार्ता आज पनि निर्णायक बन्न सकेन,भोलि बिहान अर्को वार्ता

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको बैठक पनि निर्णायक बन्न सकेन । दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएर पनि कुनै निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ । वार्ता भोलि बिहान पनि हुने जनाइएको छ । नेकपा स्थायी...

गोकुल बाँस्कोटा भन्छन्- 'स्थायी कमिटी प्रतिशोध साध्ने अखडा,कोटरीले प्रधानमन्त्री हटाउन सक्दैन'

काठमाडौं – पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाको जारी स्थायी कमिटी बैठक प्रतिशोध राख्ने अखडा भएको बताएका छन् । पार्टी फुटको संघारमा पुगिरहँदा बाँस्कोटाले ट्वीट गर्दै बाँस्कोटाले स्थायी कमिटी बैठक प्रतिशोध साध्ने अखडा भएको तथा कोठे बैठकबाट प्रधानमन्त्री हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीलाई नाकाबन्दी नटेर्दा र...

बाग्लुङमा क्वारेन्टिनमै मृत्यु भएका युवकमा कोरोना पुष्टि

पोखरा – बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टिनमा रहेका ती युवकको गएराति मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुका अनुसार फोक्सोमा समस्या देखिएपछि ती युवक उपचारका लागि भारत गएका थिए । भारतबाट उनी असार ३ गते...

थप २९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

काठमाडौं - नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।...

काठमाडौं उपत्यकामा एकैदिन थप ३० जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्। हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। उपत्यकामा कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण...

'बिरामी हेर्न मन छ,तर कुटाइ खाने डर छ'

काठमाडौं  - चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै चिकित्सकको एउटा टोलीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो । घटना भएको...

प्रधानमन्त्रीको सन्देश बोकेर सुवास नेम्वाङ पुगे देउवा भेट्न

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको नेम्वाङले बताए। भेटमा आफूले समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई जानकारी गराएको नेम्वाङको...

साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ : मन्त्री मगर

काठमाडौं - खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ञ्ची खानेपानी आयोजनाको पानी परीक्षण सुरु भएको बताएकी छिन् । आइतबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा बोल्‍दै उनले भनिन्, ‘अब मेलम्चीको खानेपानी एकादेशको दन्त्य कथा जस्तो रहेन। यसको चाँडै नै अन्त्य भइ साउन महिनाभित्र मेलम्चीको पानी काठमाडौँको घरघरमा आइपुग्नेछ।’ उनले असार महिनाभित्र मेलम्चीको पानी...

श्रद्धा भक्तिपूर्वक मनाइयो गुरु पूर्णिमा

काठमाडौं– आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । गुरु पूर्णिमाका अवसरमा विगत वर्षमा औपचारिक कार्यक्रम आयोजना गर्ने गरिएकामा यस कोरोना भाइरसको सङ्क्रमणका कारण फरक तरिकाले मनाइएको छ । घरबाटै जीवित गुरुलाई फोन, सामाजिक सञ्जालबाट सम्झने,...

इम्बोस्ड नम्बर प्लेट साउन १ देखि सुचारु हुने

आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै इम्बोस्ड नम्बर प्लेटको लागि आवेदन फाराम खुलाएको छ। २०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेपनि नम्बर प्लेट देवनागरीको सट्टा अंग्रेजीमा लेखिएको भन्दै...

नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चर्किएको बेला नेपालका लागि वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको...

६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाइयो,को- कहाँ?( सुचिसहित)

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ ।...

नेकपामा विवाद कायमै, स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं - सत्तारुढ नेकपाभित्रको विवादमा सहमति नजुटेपछि सोमबारसम्मका लागि रोकिएको स्थायी कमिटी बैठक फेरि स्थगित गरिएको छ। पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै राजीनामाको माग उठेपछि नेकपाको विवाद उत्कर्षमा...

११ वर्षीया कञ्चनको बलात्कारपछि हत्या भएको खुलासा, भारतीय नागरिक पक्राउ

जनकपुरधाम - जनकपुरकी ११ पर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक हुन्। भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिनपछि पक्राउ...

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं - आज र भोली दुई दिन देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। आज खान छुटेका बालबालिकालाई भोलि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने छ। सरकारले गएको ६...

शुक्रबारदेखि तीन दिनसम्म बाढी तथा पहिरोको उच्च जोखिम, पूर्वतयारी थाल्न आग्रह

काठमाडौं - यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ । बाढीबाट प्रदेश १ र २ को...

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा भेटियो कोरोना संक्रमण

काठमाडौं - तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ...

आईएसकेयू इन्टरनेशनल अनलाइन कराते कातामा नेपाल तेस्रो

काठमाडौं - आईएसकेयू इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेस्रो स्थानमै सीमित बनेको छ। समान ६ स्वर्ण, रजत र काँस्य पदक जितेको नेपाल पदक तालिकाको तेस्रो स्थानमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु)को संयुक्त...

विप्लवका पूर्व भोजपुर सेक्रेटरी मादेन पक्राउ

भोजपुर - नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार  प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई...

थप १८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नजिक

काठमाडौं - नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर...

नेपालमा कोरोना मुक्तहुनेको संख्या ६ हजार ८११ पुग्यो,२४ घण्टामा २६४ जना डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार८११ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने...

काठमाडौं उपत्यकामा तिब्र रुपमा फैलदो कोरोना,एकैदिन भेटिए ५४ जना संक्रमीत

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।...

कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि काठमाडौंमा

काठमाडौं - नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिए पनि फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो। सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...

अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दै,प्रहरी महानिरीक्षक नियुक्त गर्ने

काठमाडौं - मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश...

विश्वप्रकाश शर्मा भन्छन्- 'कांग्रेस सरकारमा जान लाग्यो भन्ने भ्रम नराख्नुहोला'

काठमाडौं - नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी सरकारमा जान लाग्यो कि भन्ने भ्रम नराख्न आग्रह गरेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएका आन्तरिक विवादसँग जोडिएर आएका खबरहरूबारे टिप्पणी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस अहिलेको सरकारमा जाने भन्ने भ्रम नराख्न आग्रह गरेका हुन्। ‘कांग्रेस सरकारमा पो जान लाग्यो कि भन्ने...

गंगालालमा उपचाररत ७ बिरामीमा कोरोना देखिएपछि ओपिडी अनिश्चितकाललाई बन्द

काठमाडौं – शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ । केही दिनअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड परीक्षण ल्यावमा पीसीआर परीक्षणका लागि पठाइएका ७ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी...

काठमाडौंमा कोरोना संक्रमित बढेपछि जोर–बिजोर हटाएर फेरि पास सिस्टम लागू गर्ने तयारीमा सरकार

काठमाडौं – सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो । राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको तथा सवारी दुर्घटना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न...

सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने

काठमाडौं - समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् । सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि...

प्रहरीका नयाँ आइजिपीमा शैलेश थापा क्षेत्री नियुक्त

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्। शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका...

उपचारका क्रममा मृत्यु भएको भनिएका १८ वर्षीय आशिष निको भएर फर्किए घर

चितवन - उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका...

मेरो मिल्ने साथी आईजी भएकोमा आपत्ति हुने कुरै छैन,पूर्ण सहयोग गर्छु : एआईजी पाल

काठमाडौं - सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले वरियतामा अगाडि रहेका थापालाई नियुक्त गरेको हो। थापासँगै अर्का एआईजी हरि पाल पनि प्रतिस्पर्धामा थिए। आईजीमा थापा नियुक्त भएपछि पालले उनलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। ‘सरकारको निर्णयमा मेरो कुनै कमेन्ट छैन। यो उहाँहरुको अधिकारको कुरा...

नेकपा स्थायी समिति बैठक फेरि स्थगित, अर्को बैठक २६ गते बस्ने

काठमाडौं -नेकपा स्थायी समिति बैठक फेरि स्थगित, अर्को बैठक २६ गते बस्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक फेरि स्थगित भएको छ। मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज (बुधबार) बस्ने बैठक तोकिएकै समयमा बस्ने सहमति भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी...

नेपाल र नेकपाको हित विपरित चीनले कुनै काम गरेको प्रमाण पेश गर्न देव गुरुङको चुनौती

काठमाडौं - सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले चिनियाँ राजदूत र नेताहरुको भेटघाटलाई लिएर चीनबिरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेकपाको आन्तरिक राजनीतिमा र नेपालको हित विपरित काम गरेको कुनै प्रमाण पेश गर्न चुनौती दिदै उनले चीनको भूमिकालाई गलत व्याख्या गरिएको दावीसमेत...

थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

काठमाडौं - नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना...

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं - नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ। उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए। यसअघि पनि एयरलाइन्सका तीन...

काठमाडौं उपत्यकामा आज पनि २३ कोरोना संक्रमित थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा २३  जना कोरोना भाइरसका संक्रमित थपिएका छन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना,पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो। यसअघि उपत्यकामा...

नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ७५२ पुग्यो,२४ घण्टामा २५३ निको

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ७५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ४ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालका...

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन

काठमाडौं - प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा बुधबार काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भएका छन्। प्रधानमन्त्री ओलीको फोटोसहित ‘फेर्नु छ चाँडो देशको मुहार हाम्रो भविष्य हाम्रो सरोकार’ लेखिएका ब्यानर बोकेर सडक प्रदर्शन भएका हुन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीका पक्षमा...

''जहाँ सिङ्गा नेपाल हुन्छ, त्यहाँ राजा-रानी हुन्छ''

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । पूर्वराजा शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका हुन । उनीहरु गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउजस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए । डिल्लीबजारको भोजनगृहबाट सुरु गरिएको विरोध प्रदर्शनमा प्रदर्शकारीहरुले पूर्व राजा–रानीको...

ओली-प्रचण्डबीच झण्डै २ घण्टा छलफल

काठमाडौं  -प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ। दुई अध्यक्षबीचको छलफलबारे थप जानकारी आउन बाँकी नै छ। स्रोतका अनुसार दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो। नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार...

यी ५ जिल्ला कोरोनामुक्त

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालका पाँच जिल्ला कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन्...

सिन्धुपाल्चोकमा बाढीले जम्बु बजारै बगायो : २ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार राति १ बजे यल्मो खोलामा आएको बाढीले बगाउँदा दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेको...

आजबाट देशभर भारी वर्षासँगै बाढी,पहिरो र डुबानको खतरा,उद्धारको तयारी सुरू

आजबाट देशभर भारी वर्षासँगै बाढी पहिरो र डुबानको खतरा,उद्धारको तयारी सुरू काठमाडौं – आइतबारसम्म वर्षकै धेरै वर्षा हुने चेतावनीपछि ठाउँठाउँमा पूर्वतयारी सुरू गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने भएकाले मुलुकभर सतर्कता अपनाउँदै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ...

बाढीको क्षति अवलोकन गर्न हेलिकोप्टरमा बाह्रबिसे उडेको सभामुखको टोली बीचबाटै फर्कियो

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि अवलोकनका लागि बिहीबार बिहानै हेलिकोप्टरमा घटनास्थलतर्फ गएको सभामुखसहितको टोली बीचबाटै फर्किन बाध्य भएको छ। मौसम प्रतिकूल हुँदै गएका कारण सभामुखलगायत चढेको हेलिकोप्टर काभ्रेको धुलिखेलबाटै फर्किएको हो। बिहान ९ बजे सभामुख सापकोटासहितको टोली उडेको हेलिकप्टर बीचबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी...

बाह्रबिसेमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली...

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्। ​गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्। दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा...

किस्ता तिर्न नसकेपछि यातायात व्यवसायीले बुझाए बैंकलाई १५५ गाडीको चाबी

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत...

मैले बोलेका कुराहरु तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरे : उपेन्द्र यादव

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर, आफूले बोलेका कुराहरु तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ । भारतीय च्यानल टीभी ९ सँगको अन्तरवार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा...

अपडेट सिन्धुपाल्चोक बाढी :घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं - सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ जम्बुमा गए राति आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये एक जनाको उद्धार गरिएको छ। पहिरोबाट उद्धार गरिएकी स्थानीय सविना बस्नेतलाई कैलाश एअरलाइन्सको हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो। अर्का घाइते लिन फेरि हेलिकप्टर सिन्धुपाल्चोक गएको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटासहितको टोली घटनास्थल...

आज सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, तोलामा कति पुग्यो?

काठमाडौं - बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य...

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय सञ्चार माध्यमलाई भने–' हद भयो,बकवास बन्द गर'

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’ राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का...

राजनीतिक दाउपेचकै कारण संवैधानिक आयोगका ४० पद रिक्त,भागबण्डाको नियुक्ति कसरी स्वतन्त्र रहला ?

काठमाडौं- अख्तियारका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यात २०७४ माघ २९ गते अवकाश भए। घुस खाएको आरोप लागेपछि अर्का आयुक्त राजनारायण पाठकले २०७५ फागुन ३ मा राजीनामा दिए । नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप पाठकलाई लागेको छ। बस्न्यातविरुद्ध ललिता निवास जग्गा प्रकरण र पाठकविरुद्ध घुस काण्डलाई...

नेपालको नयाँ नक्साको विरोध गर्दै भारतले पठायो कूटनीतिक नोट

काठमाडौं  - नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले...

कोरोना संक्रमितको संख्या घट्दो क्रममा: आज १०८ जनामा संक्रमण

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्लो समय एकैदिन थपिनेको सबैभन्दा कम संख्या हो। पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएको थियो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको आरटीपीसीआर...

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

काठमाडौं - सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस बारेको जानकारी दिएका हुन्। खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्। काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र...

भारतीय गुप्तचर निकायका प्रमुखसहितको शक्ति नेपाल केन्द्रित,प्रधानमन्त्रीको सुरक्षा बढाइयो

काठमाडौं - भारतले आफ्ना गुप्तचर निकायका प्रमुख सहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको खुलेको छ। नेशनल सेक्युरिटी एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) र इन्जिटेलेजन्स ब्यूरो (आइबी) का प्रमुखहरु नै नेपाल आएको नेपाली सैनिक स्रोतले जानकारी दिएको छ। भारतीय मिडिया द पायोनियरले पनि खुफिया संस्थाका प्रमुखहरु नेपालमा रहेको उल्लेख गरेको छ।...

नेपालको राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचारका च्यानल बन्द

काठमाडौं - नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए। ‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो...

लम्जुङमा पहिरोले घर पुर्यो,एकै परिवारका ३ जनाको मृत्यु,४ घाइते

काठमाडौं  - लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य चार जना सामान्य घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका...

म्याग्दीमा पहिरोले घर बगाउँदा ७ जना बेपत्ता,बेनी–जोमसोम सडक खण्डको बेलिब्रिज बग्यो

बेनी - लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा...

पोखरामा पहिरोमा परी ४ जनाको मृत्यु, ९ घाइते

पोखरा - अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ...

सरिता गिरी सांसदबाट निष्कासित

काठमाडौं - संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो । संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको...

प्रचण्डलाई भेट्न चिनियाँ राजदूत यान्छी खुमलटार पुगिन्

काठमाडौं - पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूसँगको भेटलाई तीव्रता दिइरहेकी नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बिहीबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेकी छन्। दूतावास स्रोतका अनुसार बिहीबार बिहान प्रचण्डलाई भेट्न उनी खुमलटार निवासमा पुगेकी थिइन्। भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ। ‘हामी नेपालमा...

नेकपाको स्थायी कमिटी बैठक एक साताका लागी स्थगित

काठमाडौं – नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागी स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको...

म्याग्दीमा पहिरोमा परेर ३२ जना बेपत्ता

पोखरा - म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ । धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर...

कास्कीमा पहिरोमा परी ज्यान गुमाउनेका संख्या ७ पुग्यो,११ घाइते

पोखरा - कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा...

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाडौं - यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको...

पेट्रोल-डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य...

सरकारले भन्यो-'भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा धन्यवाद'

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ । शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका...

रोग र भोकबाट जनतालाई जोगाउने दायित्वबाट सरकार पछि हट्दैन : प्रम ओली

काठमाडौं  -प्रधानमन्त्री केपीशर्मा ओलीले रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार पछि नहट्ने बताएका छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले आफ्नो ध्यान महामारी र विपत्तीमा परेका जनतालाई जोगाउनेतर्फ केन्द्रित रहेको बताए। दलभित्रको विवादलाई निष्कर्षमा पुर्याउने दायित्व सम्वन्धित दल र नेताकै भएको भन्दै उनले पर्टीभित्रका छलफल र बहस नियमित प्रक्रिया भएको बताए। उनले आन्तरिक...

आफ्नो कुर्ची जोगाउन सडकमा कार्यकर्ता उतारेका ओलीले भने- 'कोरोनाबाट बच्न सामाजिक दूरी कायम गरौँ'

काठमाडौँ – पार्टीभित्र आफूविरुद्ध उठेको आवाजलाई काउन्टर दिन दैनिक जसो आफू पक्षीय कार्यकर्तालाई सडकमा उतारिरहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कोरोनाबाट बच्न सामाजिक दूरी र सचेतता अपनाउन आह्वान गरेका छन्। देशबासीका नाममा सम्बोधन गर्दै ओलीले काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोना महामारीको जोखिम बढेको उल्लेख गर्दै भनाइगराइमा दोहोरोपन देखिने गरी...

केएमसी अस्पतालमा ५३ वर्षीया कोरोना संक्रमितको मृत्यु

काठमाडौं - काठमाडौंमा थप एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका ५३ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णेश्वर नगरपालिका वडा ४ का ५३ वर्षीया पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ...

म्याग्दीमा पहिरोमा हराइरहेका १२ जनाको शव फेला,२३ जना अझै बेपत्ता

पोखरा - म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ । २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी...

पूर्वी नवलपरासीमा बाढीले डाइभर्सन बगायो,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन - पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द...

कतारबाट फर्किएकामा कोरोना आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिन लगियो

भक्तपुर – कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला...

नेपालमा कोराना संक्रमितको संख्या घट्दो : आज ७० जनामा संक्रमण,संक्रमितको संख्या १६७१९ पुग्यो

काठमाडौं- नेपालमा शनिबार थप ७०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।...

कोरोनाका कारण थप ३ जनाको मृत्यु,ज्यान गुमाउनेको संख्या ३८ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं १० का एक पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यसैगरी सिन्धपाल्चोक...

नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ४४२ पुग्यो,एकैदिन ४३१ जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमल थप ७० जनामा...

म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव भेटियो, अन्यको खोजीकार्य जारी

म्याग्दी - म्याग्दीको पहिरोमा परी बेपत्ता भएका २० जनाको शव फेला परेको छ । धवलागिरी, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको हो । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले पहिरोले पुरिएकाको शनिबार दिउँसो शव फेला पारेका हुन्...

प्रचण्डद्वारा चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । शनिबार गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले बाढीबाट क्षति पुगेका क्षेत्रको निरीक्षण गर्नुका साथै बाढी प्रभावितहरुसँग भेटघाट समेत गरेका छन् । बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले धन जनको क्षति...

३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो

काठमाडौं - यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको...

केही तत्व पार्टी ध्वस्त बनाउन लागिपरेका छन्  : प्रचण्ड

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । कोरोनाको प्रभाव र असर देखाएर केही तत्व पार्टी ध्वस्त...

म्याग्दी पहिरो अपडेट - मृतकको संख्या २७ पुग्यो, ४ अझै बेपत्ता

पोखरा - म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा,...

अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न चार चिकित्सक पक्राउ

काठमाडौं – अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो । पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी...

संखुवासभा पहिरोमा हराइरहेका ४ जनाको जीवितै उद्धार,अन्यको खोजीकार्य जारी

खाँदबारी - सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर...

थप ८२ जनाका कोरोना पुष्टि,संक्रमितको संख्या १६८०१ पुग्यो

काठमाडौं - नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्।...

काठमाडौं उपत्यकामा भेटिए थप ६ कोरोना संक्रमित

काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिए हो। नेपालमा पछिल्लो...

नेपालका कोरोनामुक्त हुनेको संख्या ८ हजार ५८९ पुग्यो,एकैदिन १४७ जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका हालसम्म...

सरिता गिरीले दर्ता गराइन् सर्वोच्चमा पार्टी र सरकारविरुद्ध मुद्दा

काठमाडौं - सांसद सरिता गिरीले सर्वोच्‍च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा दर्ता गराएकी छिन्। आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्‍दै सांसद सरिता गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गरेकी हुन। मुद्दा दर्ता गराएपछि प्रतिक्रिया दिँदै गिरीले भनिन्, ‘मलाई कारबाही गर्ने निर्णय अवैधानिक छ। त्‍यसकारण न्यायका लागि म अदालत...

प्रचण्डको गर्जन : सबै मिलेरै नक्सा जारी गरेको हो,कोही महान् राष्ट्रवादी कोही दलाल छैन

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान रहनु पर्ने बताएका छन्। ‘हामी नेताहरूलाई एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने। अर्को आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भनेर उक्साउने प्रवृत्तिहरूप्रति सावधान रहन र तपाईंहरूले खबरदारी गर्नुपर्ने त्यहाँनेर हो,’ नेकपा चितवनले आइतबार गरेको...

भारतीय मिडियामा आएको समाचार सामग्रीबारे नेपाल सरकारले पठायो कूटनीतिक नोट

काठमाडौं - केही भारतीय सञ्चार माध्यममा नेपालबारे आएका समाचारलाई झूटो, आधारहिन र असंवेदनशील भन्दै नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस सम्बन्धमा भारतलाई कूटनीतिक नोट पठाउँदै परराष्ट्र मन्त्रालयले ती समाचार सामग्रीले नेपाल र यसको नेतृत्वको अपमान गरेको उल्लेख गरेको छ। त्यस्ता समाचार सामग्रीले गलत सूचना दिएर भ्रम छर्नुका साथै सभ्य...

सूर्यराज र मुमारामले छाडे साझा पार्टी

काठमाडौं - साझा पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टी छाडेका छन्। आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरुले पार्टीबाट अलग्गिने बताएका हुन्। ‘केन्द्रीय बैठकले उहाँहरुको अहिलेसम्मको योगदानलाई धन्यवाद दियो, पार्टीभन्दा बाहिर रहेर सघाउने बताउँदै उहाँहरु बाहिरिनुभएको हो’ सहप्रवक्ता शरदराज पाठकले भने अर्को वैकल्पिक पार्टी बनाउने उहाँहरुको इच्छा छैन, पार्टी...

लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिएर एक नम्बरमा नाम निकालेपछि...

काठमाडौं - लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी...

काठमाडौंमा मयूर यातायातले थाल्यो यात्रु सेवा

काठमाडौं - मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेला...

६ निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति

काठमाडौं - सरकारले थप तीन वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले थप तीन वटा निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो। जसमा काठमाडौंको लाजिम्पाटस्थित सूर्य हेल्थ कियर, बुटवलको नेसनल प्याथ ल्याब र कोहलपुरको बागेश्वरी प्रयोगशाला छन्। यसअघि पनि काठमाडौंका तीन वटा प्रयोगशालालाई...

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासियो

मुग्लिङ - नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ। आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो। सो सडकखण्डको १७ र २६ किलो भन्ने...

गृहमन्त्री थापा भन्छन् -'भारतीय हस्तक्षेपका कारण तराई डुवानमा पर्‍यो'

काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको भन्दै यस्तो गतिविधि हस्तक्षेप नै भएको बताए । ‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै...

नेपालमा थप १४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

काठमाडौं - नेपालमा सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण भएको छ...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १० हजार २९४ पुग्यो,एकैदिन १७०५ जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या...

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् । योसँगै नेपालमा सोमबार...

राम भारतीय होइनन्,भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गर्यो:प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले बताए । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले...

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासियो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि...

दाउन्नेमा पहिरोले ट्रक र कार च्याप्यो

नवलपरासी - अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको छ । ट्रक र कारमा सवार मानिसहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर...

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको ५५ लाख डलर रहेको खुलासा ,५ लाख अमेरिकी डलर वर्षेनी थपिँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले बेलाबखत रकम दिन थालेकोले प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा भनिएको छ...

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो,आज थप ११६ जनामा संक्रमण

काठमाडौं - नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको...

रामको जन्मबारे दिएको अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रम ओलीलाई वामदेवको आग्रह

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् । सोमबार ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । ओलीको अभिव्यक्तिपछि दुई देशको कूटनीतिक सम्बन्धमा नै असर पर्ने...

पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर रावलसहित तीनै जनालाई अदालतको सफाइ

काठमाडौं - विशेष अदालतले पोलिमर नोट छपाइ प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित तीनै जनालाई सफाइ दिएको छ। झन्डै २० वर्षअघि १० रूपैयाँका पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको भन्दै डेढ वर्षअघि अख्तियारले पूर्वगभर्नर रावल, नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौड्याल र अस्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई भ्रष्टाचार मुद्दा लगाएको थियो। मंगलबार...

नेकपाका साथीहरू अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् : गगन थापा

काठमाडौं प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कुर्सी बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जे पनि बोल्न थालेको बताएका छन्। सोमबार प्रधानमन्त्रीले राम जन्मभूमि अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूले भगवान् मान्ने राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो। प्रधानमन्त्रीको उक्त भनाइको...

विप्लवका मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् । विप्लव समूह स्रोतले पुन पक्राउको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ...

गरिबीविरुद्ध लड्ने संकल्प गरेका जनप्रतिनिधिको तलब भत्तामा भारी वृद्धि,जनता गरिबीकै चपेटामा

सुर्खेत - कर्णालीमा अहिले आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनी छन्। सरकारी तथ्याकंअनुसार अहिले पनि कर्णालीमा ५१ प्रतिशत गरिबी छ। तर शिक्षा, स्वास्थ्य र विकासमा देशका अन्य प्रदेशको तुलनामा सबैभन्दा पिछडिएको कर्णाली प्रदेशका जनप्रतिनिधिको तलब भत्ता भने लोभलाग्दो छ। अर्थात यहाँका जनप्रतिनिधिको मासिक तलब भत्तामा भारी वृद्धि गरिएको छ। कर्णाली प्रदेशस्तरीय पोषण...

ओली–प्रचण्ड आज पनि वार्तामा बस्दै

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुट्दैछन् । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली – दाहाल छलफल हुन लागेको हो । छलफलको समय तय भइनसके पनि बिहान ११ बजेअघि...

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन,बदनाम गराउन सुनियोजित षडयन्त्र : सूर्य थापा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । साथै, उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि भनेका छन् ।...

मेलम्ची सुरुङ मार्ग भित्रको मुख्य गेट फुट्यो, इन्जिनियर र चालक बगेर बेपत्ता

काठमाडौं - बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ आइनपुग्दै मंगलबार मुख्य सुरुङ मार्गभित्रको गेट एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको १७ नम्बर गेट फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा...

ओली –प्रचण्ड आ-आफ्नै अडानमा, तीन घण्टाको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अआफ्नो अडानमा रहँदा बुधवार करीव ३ घण्टाको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति कायम गर्ने प्रयास स्वरुप ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेको छ...

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७१७७ पुग्यो

काठमाडौं - नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको...

नेपालमा कोरोनामुक्त हुनेको संख्या ११ हजार २५ पुग्यो,एकैदिन ६९७ निको

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९०...

कोरोनाका कारण ३६ वर्षीय पुरुषको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौं - नेपालमा बुधबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३६ वर्षीय एक पुरुषको आज कोरोनाले मृत्यु भएको हो । हालसम्म कोरोनाका...

काठमाडौंमा थप ७ जनामा भेटियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौँमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौंका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरुवा...

प्रधानमन्त्री र नेकपालाई कांग्रेसको प्रश्न- प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले अयोध्या प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् । प्रधानमन्त्री पद देशको संस्कार, संविधान र...

बलात्कारको आरोपमा सशस्त्रका एसएसपी अधिकारी पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलका एक वरिष्ठ उपरिक्षक (एसएसपी) बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरीले एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको हो । एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए । बुधबार आफ्नै निवासमा...

राखेपको सदस्यसचिवका लागी फेरि सिलवालले पनि दिए उम्मेदवारी

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले उम्मेदवारी दिएका छन् । उनले बुधबार सदस्य सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिलवालसँगै सदस्यसचिवका लागि अन्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ मध्ये सिलवालले १० औं नम्बरमा उम्मेदवारी दर्ता गराएको स्रोतले जानकारी दिएको छ । २०७६...

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् । ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो । केही समयदेखि...

मेलम्ची सुरुङको गेट फुट्दा बेपत्ता इञ्जिनियरको शव भेटियो

काठमाडौं - मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव आज अपराह्न भेटिएको हो ।मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै...

ओलम्पियन विष्ट, वैद्य र सिंहले दिए राजीनामा

काठमाडौं – ओलम्पियनद्वय दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले बुधबार राजीनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् । राखेपअन्तर्गत...

निजी विद्यालयहरुले भोलीदेखि अनलाइन कक्षा बन्द गर्ने

काठमाडौं - निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । ‘हामीसँग कक्षा सञ्चालन गर्ने सामर्थ्य रहेन’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले भने, ‘जुन...

डीआईजीद्वय शाही र कार्कीलाई एआईजीमा बढुवा सिफारिस

काठमाडौं – सरकारले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ। गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय नीरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। समिति संयोजक गृहसचिव महेश्वर न्यौपाने, सदस्यसचिव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र लोकसेवा आयोगका सदस्यसहितको बैठकले उनीहरुलाई बढुवा सिफारिस...

यस्तो छ महालेखापरीक्षकको प्रतिवेदन (पूर्ण पाठसहित)

काठमाडौं - महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ पेश गरेको छ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५,०७६ को महालेखा परीक्षकको प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधान र लेखा परीक्षण...

फुल्पिङकट्टीमा पहिरोले दुई घर पुर्यो, पाँचजना बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोले दुईवटा घर पुरिएका छन् । पाँचजना बेपत्ता भएका छन् । बुधबार राति घरमाथिबाट खसेको पहिरोले दुईवटा घर तथा स्थानीय विद्यालयमा क्षति गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय ग्याल्जेन शेर्पाको घर पुरिँदा उनको परिवारका पाँचजना महिला बेपत्ता भएका छन् ।...

यातायात व्यवसायीका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं -  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।  अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम...

आज लुतो फाल्ने दिन अर्थात साउने सङ्क्रान्ती पर्व मनाईँदै

काठमाडौं - सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर बिहीबार साउने सङ्क्रान्ती मनाईँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले बिहीबारदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते दक्षिणायन सुरु हुने दिनलाई विशेष रूपमा मनाइन्छ ।अधिकांश...

सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायीका माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना...

बालुवाटारमा ओली, प्रचण्ड र नेपालबीच वार्ता सुरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद टुंगो लगाउन शीर्ष नेताहरु निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए...

बाढी-पहिरोसहित विपदका प्रभावितहरुलाई राहत बाँड्दै हिमानी

काठमाडौं – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको कोषले बिहीबार विशेष कार्यक्रम गरी सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण गरेको हो । पूर्व युवराज्ञी शाहले राहत सामग्री सम्बन्धी संस्था या...

बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला

सल्यान – बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर– २ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो । जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन बम जस्तो देखिने शङ्कास्पद वस्तु राखिएको पर्चामा कोरोना महामारीका समयमा समेत किसानसँग...

प्रचण्ड,ओली र माधवबीचको वार्ता निष्कर्षविहिन,पुरानै अडानमा ओली

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका...

महामारीको समयमा रोजगार खोसेको भन्दै नेपाल मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं - नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको भन्दै स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ । युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ । युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र...

थप १६७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

काठमाडौं - नेपालमा विहीबार थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएकोमा १६७...

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार २४९ पुग्यो,आजै २१३ जना डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९८१ जनाको परीक्षण भएको जानकारी दिएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

क्वारेन्टिन बसेका कोरोना संक्रमितलाई प्रहरीद्धारा निर्घात कुटपिट,पीडितको बायाँ हात भाँचियो

काठमाडौं  - दुई महिनाअघि रूकुममा प्रहरीले महिलामाथि कुटपिट गरेको घटना सेलाउन नपाउँदै सुर्खेतमा पनि एक प्रहरीले कोरोना संक्रमितलाई मरणासन्न हुनेगरी कुटेको भेटिएको छ। सुर्खेको सिम्ता गाउँपालिकामा प्रहरी सहायक निरीक्षक विजय पुनले एक जना कोरोना संक्रमित व्यक्तिलाई सोमबार कुटपिट गरेको पाइएको हो। सिम्ता गाउँपालिका–६ को बागेश्वरी माध्यमिक विद्यालयकको क्वारेन्टिनमा बसेका सिम्ता गाउँपालिका–८ का...

सरकारले विदेशमा अलपत्र नेपालीलाई वैदेशिक रोजगारी कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने

काठमाडौं  - सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने भएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा युवराज खतिवडाले कोरोना कहरका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित गरेको जानकारी दिए। कार्यविधि पारित भएसँगै स्वीकृति लिई वैदेशिक...

नेपाल टेलिकमको सर्भर सरकारी कर्मचारीबाटै ह्याक

काठमाडौं - नेपाल टेलिकमको सर्भर ह्याक गरी आर्थिक गतिविधिमा पहुँच राखेको आरोपमा प्रहरीले एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कार्यरत २८ वर्षीय दिवाकर देउजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। देउजा कम्प्युटर अपरेटर हुन्। देउसाले नेपाल टेलिकमका विभिन्न प्याकेजहरुमा नियन्त्रण राखेर आर्थिक लाभ लिएको...

सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान,२ जना घाइते

सुनसरी – सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गएराति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र...

आइतबारदेखि भारी वर्षा हुने ,पूर्वतयारी गर्न सुझाव

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र...

नेकपा स्थायी कमिटी बैठकमा पनि ओली र प्रचण्ड–माधव खेमाबीच विवाद चर्किने सम्भावना

काठमाडौं - असार १८ गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज हुँदैछ । पटक–पटक गरेर दुई साता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो । यसबीचमा भएका वार्ताहरूमा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिमा पुग्न नसकेपछि आज हुने...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं - नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए। उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृत्यु भयो, उनले भने। गत बुधबार वृद्धलाई...

सरकारले गर्यो सशस्त्रका २९ गुल्म खारेज

काठमाडौं - सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ । भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ...

बाँस्कोटा भन्छन्- 'ओली र दाहाल नेकपाका स्टेक होल्डर हुन,एकमात्रै निकालिए पार्टी बैधता सकिन्छ'

  काठमाडौं – पूर्वमन्त्रीसमेत रहेका नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले नेकपाका स्टेक होल्डर केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहँदा ट्वीट गर्दै बाँस्कोटाले ओली र दाहाल नेकपाको स्टेक होल्डर भएको बताउँदै दुई जनामध्ये एक निकालिए वा निक्लिए भने नेकपाको बैधता त्यसैपलदेखि...

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित,ओली-प्रचण्डबीच छलफल जारी

काठमाडौं - आज ११ बजे बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ। स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठक ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्। अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको...

नेकपा स्थायी कमिटी बैठक फेरि सर्यो,पुनः ४ गते बस्ने

काठमाडौं  - शुक्रबार दिउँसो ३ बजेको लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गतेको लागि सारिएको बताएका हुन्। आज ११ बजे बस्ने भनिएको बैठक ३ बजेसम्मका सारिएको थियो। पछि फेरि साउन ४ गतेसम्मका लागि स्थगित गरिएको हो। पार्टी स्थायी...

घट्यो सुनचाँदीको भाउ

काठमाडौं - सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको...

नेकपाले शनिवारका लागी बोलायो सचिवालय बैठक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन ३ गतेका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते सचिवालय बैठक बोलाउने सहमति भएको एक नेताले जानकारी दिए । शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन...

थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

नेपालमा कोरोनामुक्त हुनेको संख्या ११,५३४ पुग्यो,एकैदिन २८५ डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित वृद्धको मृत्यु...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड१९)...

कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थपियो

काठमाडौं  - राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिए । कोभिड-१९ को कारण ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण...

टोखाबाट अपहरणमा परेको ३ घण्टामा सकुशल उद्धार, सात पक्राउ

काठमाडौं - काठमाडौंमा शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको दिउँसो सकुशल उद्धार गरिएको छ। टोखाको कोठाबाट रामबाबु साहलाई चार/पाँच जनाको समूहले अपहरण गरेर लगेका थिए। आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए। लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने...

होटल तथा पर्यटन क्षेत्रका श्रमिकलाई आधारभूत रकम उपलब्ध गराउने हान र मजदुरसंठनबीच सहमति

काठमाडौं - होटल तथा पर्यटन क्षेत्रका श्रमिकहरुले तलबमा केही राहत पाउने भएका छन् । कोरोना तथा लकडाउनले चौपट भएका होटल तथा पर्यटन व्यवसायीहरुले आफ्ना कर्मचारी तथा श्रमिकलाई होटलले भुक्तानी गर्नु पर्ने कूल आधारभूत रकम तय गरेर उपलब्ध गराउने भएका हुन । व्यसायीहरुले आफ्ना श्रमिहरुलाई बन्दाबन्दी समयको समेत केही रकम उपलब्ध...

सशस्त्रको हतियार खोस्न खोजेपछि सुनसरीमा गोली चल्यो,एकजना घाइते

विराटनगर - सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन । पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार...

नेकपा सचिवालय बैठक अघि ओली-प्रचण्ड जुटे छलफलमा

काठमाडौं  - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । आज दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकअघि अध्यक्षद्वय आन्तरिक परामर्शमा जुटेका हुन् । त्यसअघि शनिबार बिहान प्रचण्डसहितका ५ जना शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको...

देउवा-पौडेललेलाई नसमात्नुस्, कांग्रेसलाई समात्नुस् : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे । शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र...

इनफ इज इनफ अभियानले पुनः सत्याग्रह थाल्यो

काठमाडौं – सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयका लागि कुनै पहल नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले पुनः सत्याग्रह थालेको छ। सहमतिको १२ दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले सो कार्यान्वयनका लागि पहल नगरेकाले बाध्य भएर पुनः सत्याग्रह थालिएको अभियानले जनाएको छ। स्वास्थ्य मन्त्रालय र इनफ इज इनफका सत्याग्रहीबिच १२ दिनअघि हप्तादिन भित्र सहमति...

समाजवादी ट्रेड युनियन महासंघद्धारा दुई नयाँ पेशागत घटक संघको घोषणा

काठमाडौं - जनता समाजवादी पार्टीको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघद्धारा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुका २ नयाँ घटक संघको घोषणा गरेको छ । ट्रेड युनियनले काठमाडौंमा आज एक कार्यक्रमकाबीच समाजवादी गलैचा श्रमिक संगठन र समाजवादी घातु तथा हस्तकला स्वरोजगार मजदुर संघको नयाँ घटक संघ खडा गरेको हो । गलैचा श्रमिक संगठनमा...

थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको...

नेपालमा कोरोना मुक्तहुनेको संख्या ११ हजार ६३७ पुग्यो,२४ घण्टामा १०३ संक्रमणमुक्त

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त...

प्रचण्ड निवास खुमलटारमा छुट्टै बैठक, बामदेव र बादल भने सहभागी भएनन्

काठमाडौं - मंसिरमा महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएपछि आफ्नै गुटमा आलोचित बनेका नेकपा अध्यक्ष प्रचण्डले बरिष्ठ नेताहरुलाई बोलाएर ओलीसँगको कुराकानीबारे प्रष्ट्याउने प्रयास गरेका छन् । प्रचण्डनिवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरुबीच छलफल भइरहेको छ । छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित,अर्को बैठक साउन ६ गते बस्ने

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते...

थप १६५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १७६५८ पुग्यो

काठमाडौं - नेपालमा आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । ५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

नेपालमा कोरोनामुक्त हुनेको संख्या ११ हजार ६९५ पुग्यो,एकैदिन ५८ जना संक्रमणमुक्त

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै आइतबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

काठमाडौं उपत्यकाका थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँ र ललितपुरमा गरी ३ जना संक्रमित थपिएको जानकारी दिए। योसँगै...

स्वास्थ्य मन्त्रालयले भन्यो- 'हामी कोरोनाको उच्च जोखिममै छौं

काठमाडौं  - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिए ।नेपालमा कोरोनाको जोखिम रहेको...

काठमाडौंको गागलफेदीमा पहिरो : एक जनाको मृत्यु

काठमाडौं - काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् । वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला...

मुग्लिन - नारायणगढ सडकखण्डको चारकिलोमा ठुलो पहिरो खस्यो,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन - मुग्लिन - नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ...

आगामी २४ घण्टा देशभर वर्षा हुने,सतर्कता अपनाउन अनुरोध

काठमाडौं - मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती...

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयर घुसहित पक्राउ

ललितपुर - गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी...

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७,८४४ पुग्यो

काठमाडौं - नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । ४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ । स्वास्थ्य...

नेपालमा कोरानामुक्त हुनेको संख्या ११,८६८ पुग्यो, २४ घण्टामा १७३ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै सोमबार थप १८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए...

धादिङमा पहिरोमा परी एकैपरिवारका तीन जनाको मृत्यु

काठमाडौं - पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काकाअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो...

सुदूरपश्चिमका मन्त्रालय र प्रदेशसभा भवन अगाडि ३ बम फेला,सेनाद्धारा डिस्पोज

धनगढी - सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो। ती बम...

पृथ्वी राजमार्गमा २ सय भन्दा बढी पहिरा,सडक सचारु गर्न कम्तीमा दुई दिन लाग्ने

चितवन – पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ। सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ। बिहान मात्र जोगिमारामा ठूलो...

सप्तकोशी नदीको बहाव वर्षकै उच्च, कोशी ब्यारेजका ४६ ढोका खोलियो

काठमाडौं - सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा...

नारायणकाजी श्रेष्ठ भन्छन्-'प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको होइन'

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने सत्य नभएको बताएका छन् । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको...

राखेप निवर्तमान सदस्य सचिव सिलवालविरुद्ध उजुरी

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा अहिले सदस्य सचिवका मुख्य दाबेदारका रुपमा रहेका रमेशकुमार सिलवालविरुद्ध उजुरी परेको छ । उनीविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको हो । नेपाल उशु संघका उपाध्यक्ष तथा खेलकुद महासंघका उपाध्यक्ष रहेका जनक बढ्तौलाले सिलवालले काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं...

मंसिरमा महाधिवेशन असम्भव : प्रवक्ता श्रेष्ठ

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नहुने बताएका छन्। केही दिनअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने गरी अगाडि बढ्न सकिने धारणा राखेका थिए। उक्त धारणामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले पनि सहमति जनाएका...

थप १५० जनामा कोरोना पुष्टि, संक्रमित संख्या झण्डै १८ हजार पुग्यो

काठमाडौं - नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । २७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १२ हजार ४७७ पुग्यो,एकैदिन ६०९ जना डिस्चार्ज

काठमाडौं-पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप ९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका ८ र स्टार अस्पताल...

१५ अंकले घट्यो नेप्से

काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता...

धादिङमा पहिरोले १२ घर बगायो, ८ गाडी पुरिए

काठमाडौं - धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा सोमबार पहिरोले १२ घर बगाएको छ । गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको हो । पहिरोमा कुनै मानवीय क्षति भएको छैन । घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कार्यकारी अधिकृत लक्षण भट्टराईले जानकारी दिए । पहिरोले ३ वटा...

चार महिना लामो लकडाउन हट्यो, विद्यालय लगाएतका केही क्षेत्रमा प्रतिबन्ध कायमै

काठमाडौं - चार महिना अर्थात १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो...

त्रिविका क्याम्पसहरु आजबाट खुले

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा...

कोरोनाका कारण थप एक जनाको मृत्यु,मृतकको संख्या ४१ पुग्यो

विराटनगर-  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी...

मुग्लिन- नारायणगढ सडकखण्डको बतासेडाँडामा पनि पहिरो

चितवन -मुग्लिन- नारायणगढ  सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।...

ओलीको अयोध्या र दिल्लीको फोन

काठमाडौं  - मंगलबार बिहानै दिल्लीबाट पुराना मित्रको फोन आयो । उनी विदेश मन्त्रालयमा काम गर्छन् । पहिले संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्थे, अहिले साउथ ब्लकमा हुने संवेदनशील घटनामा विशेष भूमिका निर्वाह गर्छन् । फोनमा भन्दै थिए– अरू त ठीकै हो तर अब अति नै होलाजस्तो छ, मोदी भनौँ वा भाजपाको सार...

कम्युनिष्ट आन्दोलनका अगुवा बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर...

थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार नाघ्यो

काठमाडौं - नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्...

नेपालमा कोरोनामक्त हुनेको संख्या १२,६८४ पुग्यो, एकैदिन २०७ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा हालसम्म ५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले...

काठमाडौंमा थप तीन जनामा कोरोना पुष्टि

काठमाडौं  - आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंकै मात्र ३ जना थपिएका हुन् भने ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् । अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३८३ पुगेको छ । जसमा काठमाडौंमा २५८ जना, ललितपुरमा ७८ र भक्तपुरमा ४७ जना रहेका छन्...

स्वास्थ्य मन्त्रालयले भन्यो-'लकडाउन हटे पनि कोरोनाको जोखिम घटेको छैन'

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्। ‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर...

नारायणी र राप्ती नदीमा ५ जनाको शव फेला

चितवन - दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो ।वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले...

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सुरु हुने

काठमाडौं - कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो । कोरोना १९ का कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको दोस्रो सातामा सक्ने गरी तालिका...

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९...

काठमाडौं प्रवेशका लागि अझै पनि पास अनिवार्य

काठमाडौं – सरकारले मंगलबार रातिदेखि पूर्ण रूपमा लकडाउन खुला भएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने अझै पनि पास अनिवार्य चाहिने भएको छ । लकडाउन खुला भएपनि बाहिरी जिल्लाबाट आउने सवारी साधनमा रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ । लकडाउन सकिएको भए पनि काठमाडौं प्रवेशका लागि पास...

कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड)१९ को सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव...

अब एक हजारको नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो ‘राम–लक्ष्मण’

काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९/७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको...

नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवानको हत्या आशंका

जनकपुरधाम - सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने...

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,२४१ पुग्यो

काठमाडौं - नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन्...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १२,८४० पुग्यो,२४ घण्टामा १५६ जना संक्रमणमुक्त

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै विहीबार...

नेपालमा कारोनाबाट थप एक जनाको मृत्यु,ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

काठमाडौं - नेपालमा विहीबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ७...

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १...

श्रीमतीको हत्या गरेर जेल पुगेका पूर्वडीआईजी कोइराला हात हल्लाउँदै निस्किए, लिन पुगिन् प्रेमिका तारा

काठमाडौं - सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् । डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो । कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागेका थिए । सञ्चारकर्मीतर्फ हेरेर...

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाडौं - बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड परेको छ । उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख...

पर्सामा ५ थुनुवासहित ३२ जनामा कोरोना पुष्टि

वीरगञ्ज- पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला...

सीतापाइलामा युवतीलाई एसिड हान्ने दुई जना पक्राउ,भारत भाग्ने योजनामा थिए अभियुक्त

काठमाडौं - काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम...

देशका अधिकाशं स्थानमा भारी वर्षा हुने,सतर्क रहन आह्वान

काठमाडौं - मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । आज देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा...

मुग्लिन-नारायणगढ सडकखण्डको चारकिलोमा फेरि ठुलो पहिरो खस्यो

चितवन नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।...

अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथी महाअभियोग लगाऔं : डा. भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । साथै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्ति चयन गर्न पनि भनेका छन् । सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव...

जनार्दनमाथि अध्यक्ष प्रचण्डसँग जोडेर गरिएको भ्रामक प्रचारहरु खारेज गछौं  : प्रचण्ड सचिवालय

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले स्थायी समिति सदस्य जनार्दन शर्मा पार्टी एकताका पक्षमा रहेको भन्दै उनीमाथि गरिएका आशंकाको खण्डन गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले प्रेस नोट जारी गर्दै पार्टी भित्रको वैचारिक बहसलाई लिएर मिडियामार्फत् नेताहरूमाथि लगाइने आरोप निन्दनीय रहेको बताएका छन्। पार्टी...

युवतीमाथि एसिड प्रहार गर्ने मुन्ना भन्छन्- 'शाहुले हान्न लगाए,रक्सी भनेर हानेको थिएँ,एसिड रहेछ'

काठमाडौं - काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारततिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको...

वीरगञ्जका एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज - वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा...

स्वीस सरकारद्धारा नेपाललाई ४० हजार पीसीआर टेष्ट कीट सहयोग

काठमाडौं - स्वीस सरकारले नेपाललाई ४० हजार कोरोना परीक्षण पीसीआर टेष्ट कीट सहयोग गरेको छ । कोभिड–१९ सम्बन्धी राहत र पुनर्स्थापनाको निरन्तरताका लागि भन्दै स्वीस सरकारको विकास सहयोग परिषद एसडिसीले उक्त परिमाणको पीसीआर कीट सहयोग गरेको हो । ४० हजार कीट मध्ये २० हजार कीट आजै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री...

ओलीबिरुद्ध आक्रमक देखिए प्रचण्ड भने- 'ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो,नेकपा गम्भीर सङ्कटमा छ'

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक...

थप १३३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १८,३७४ पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १२,९४७ पुग्यो,२४ घण्टामा १०७ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १०७जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ९४७ पुगेको छ । निको हुनेको दर ७०.४६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यस्तै...

काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना पुष्टि

काठमाडौं - काठमाडौंमा आज (शुक्रबार) कोरोना भाइरसका १० जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा १० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ४०७ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ९८७ जनाको पीसीआर नमुना...

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

काठमाडौं - नेपालमा शुक्रबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी एक महिलाको कोरोनाले मृत्यु भएको छ । वीरगञ्ज ११ की ८५ वर्षीय...

आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज (शनिबार) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा...

भारतीय पक्षद्धारा नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा रोक

धनगढी - भारतीय पक्षले नेपालीलाई धारचुलाको बाटो हिडडुल गर्न रोक लगाएपछि ब्यास गाउँपालिकाका वडा अध्यक्षले प्रदेश सरकार समक्ष सहुलियत भाडा प्रायोग गर्न हेलिकप्टर माग गरेका छन्। छाङरुङ पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहलाई भेटेर वडा अध्यक्ष अशोक बोहराले वारी पारीका नेपाली नागरिकलाई ओहोर दोहोर गर्न हेलिकप्टर...

उपचार नपाएर एम्बुलेन्समै मृत्यु भएका युवकमा कोरोना नेगेटिभ

विराटनगर - कोशी अस्पताल विराटनगरको इमरजेन्सी वार्ड अगाडि एम्बुलेन्समै ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरका ठूला अस्पतालको लापरबाहीका कारण उपचार नपाएर एम्बुलेन्सभित्रै मृत्यु भएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।कोरोना भाइरसको संक्रमणको आशंका गर्दै विराटनगरको नोबेल र...

प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?

काठमाडौँ – लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनमा कसले जस लिने भन्ने होडबाजीकाबीच शीर्ष नेताहरूबीच नै आरोप प्रत्यारोप चर्केको छ। नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर, अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति...

थप १०९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,४८३ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने...

कांग्रेस सिन्धुपाल्चोक आर्थिक विभाग प्रमुखमा सुनिल दोङ मनोनयन

काठमाडौं- नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आर्थिक विभागको संयोजकमा सुनिल कुमार तामाङ (दोङ) मनोनयन भएका छन्।बिगत लामो समय देखि नेपाली काङ्ग्रेसमा क्रियाशिल सक्रिय राजनीति गर्दै आएका युवा व्यावसायि एवंम समाजसेवि दोङलाई पार्टीको जिल्ला कार्यसमितीले आज(शनिवार) आर्थिक विभाग प्रमुखको जिम्मेवारी दिएको हो । पाँचपोखरी गाउँपालिका १ बास्खर्काका दोङ समाजसेवाको भावना...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १३,०५३ पुग्यो, आज १०६ जना डिस्चार्ज

काठमाडौं - पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ५३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको...

कोरोनाका कारण १७ वर्षिया किशोरीको मृत्यु,ज्यान गुमाउनेको संख्या ४५ पुग्यो

काठमाडौं - नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमित किशोरीको शुक्रबार मृत्यु...

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना पुष्टि

काठमाडौं - काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो। पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका...

राप्रपाका पूर्वमहामन्त्री थापासहित ३१ नेताद्धारा पार्टी परित्याग,कांग्रेस प्रवेशको तयारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन्। उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ। पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन्। राप्रपाको...

पूर्वडीआईजी कोइरालाको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं - सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ । सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत...

बागलुङमा पहिरोले स्काभेटर र टिपर पुरियो ,दुई जना बेपत्ता

बागलुङ - बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ...

६ दिनपछि नौबिसे–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

चितवन – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ । पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो। मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो । यसैगरी...

भोलीबाट फेरि तीन दिनसम्म बर्षा हुने

काठमाडौं - सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ ।...

रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिने गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

काठमाडौं  -नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ । पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्किासन गरिएको...

सरकारी कर्मचारीसहित बौद्धबाट ८ जुवाडे पक्राउ

काठमाडौं - बौद्ध नयाँबस्तीबाट सरकारी कर्मचारी सहित ८ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत बौद्धको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खालबाट तीन सेट तास र १ लाख १८ हजार रुपैयाँ बरामद गरिएको बौद्ध प्र्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौंका केही नगरपालिकाका भित्रका कर्मचारी...

गोकर्णेश्वर नगरपालिकाका कर्मचारीसहित बौद्धबाट ८ जुवाडे पक्राउ

काठमाडौं - गोकर्णेश्वर नगरपालिका कर्मचारीसहित  ८ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा -६ नयाँबस्तीमा जुवाखेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धले जानकारी दिएको छ । जुवा खालबाट तीन सेट तास र १ लाख १८ हजार रुपैयाँ बरामद गरिएको बौद्ध प्रहरी प्रमुख डिएपी नविन कार्कीले बताए ।...

शेखर कोइराला भन्छन्-'आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीसहितका नेता पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो'

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरिनु दुर्भाग्य भनेका छन् । आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीसहितका नेताहरुलाई पार्टीबाट निस्कासन गरिएको कोइरालाको भनाइ छ । कांग्रेसको अनुशासन समितिले शनिबार तनहुँका जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई...

पूर्वडिआइजी रञ्जन कोइरालको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति

काठमाडौं – श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ। फैसलाविरुद्ध परेको निवेदनमाथि आइतबार सुनुवाई गर्दै सर्वौच्चकै तीन न्यायाधीश सम्मेलित पूर्ण इजलासले पुनरावलोकन गर्ने अनुमति दिएको हो। संविधानको धारा १३३(४) र न्याय प्रशासन ऐन २०७३ को दफा ११ बमोजिम परेको निवेदनलाई न्यायाधीशहरु...

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जनामा कोरोना पुष्टि

काठमाडौं - प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको प्रहरी प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए । प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण देखिएपछि पुनः पुष्टिका लागि स्वाव संकलन गरेर टेकु पठाइएको...

पूर्वमन्त्री बास्कोटाको प्रश्न- एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने,गृहमन्त्रालयले के जात्रा देखाको ?

काठमाडौं  - पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा सर्वसाधारणलाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् । हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो...

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीपी कोइरालाको तस्बिर हटाउने कार्य खेदजनक र निन्दनीय : तरुण दल

काठमाडौं – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट महामानव वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै नेपाल तरुण दलले गम्भीर आपत्ति प्रकट गर्दै निन्दा गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उक्त तस्बिर सोही स्थानमा अविलम्व नराखिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। ‘महामानव वीपी कोइरालाको नाममा स्थापना भएको...

नेकपा नेतृ पम्फा भुसालको प्रश्न- मास्क र स्यानिटाइजरमा पनि कमिसन खाने ?

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भुसालले बेनामे उजुरीमा अल्झिनुभन्दा ठूला भ्रष्टाचार हेर्न आग्रह गरिन् । कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत...

प्रदेश- १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना पुष्टि

विराटनगर - प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको...

मास्क नलगाउनेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृहको निर्देशन

काठमाडौं - कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार...

मनसुन सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाको मृत्यु, ५१ बेपत्ता

काठमाडौं  - मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी १३० जनाले ज्यान गुमाएका छन् । ५१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३० गतेबाट मनसुन सुरु भएयता सबैभन्दा बढी पहिरोमा परेर मानिसको ज्यान गएको छ। मनसुन यता पहिरोका घटनामा परी १२७ जनाको मृत्यु भएको छ। पहिरोमा...

धनुषामा मृत्यु भएका ३८ वर्षीया युवकमा कोरोना पुष्टि

जनकपुरधाम – धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य...

सप्तरीमा कोरोनाको लहरो : न्यायाधीशसहित थप २० जनामा कोरोना पुष्टि

सप्तरी - कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज–६ का ७२ बर्षीय बृद्वको कट्याक ट्रेसिङका क्रममा २९ जना संक्रमित भेटिए । संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने र संक्रमण भए नभएको खोजी भइरहेको छ । राजविराजमै अर्को लहरो पनि देखापरेको छ र, न्यायाधीशमा पनि संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामको राजविराज इजलासका...

शुत्रबारसम्म मनसुन सक्रिय,देशका विभिन्न स्थानमा भारी वर्षा हुने

काठमाडौं - जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको...

पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल - भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर...

भदौ १५ देखि विद्यालय तहमा नियमित पठनपाठन

काठमाडौं – आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय...

फेसबुक ह्याक गरेर रकम असुली गर्ने २३ वर्षीया युवक पक्राउ

काठमाडौं - फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच...

आज र भोली यी नदिहरुमा बाढी आउँने पूर्वानुमान, सर्तक रहन अनुरोध

काठमाडौं - आज र भोलि नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार लगायत प्रदेश ५ भइ बग्ने साना नदीमा बहाव सतर्कता तह आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्रका केही साना नदीमा पनि बहाव सतर्कता आसपास हुने र...

कोरोनाबाट ३८ वर्षीया पुरुषको मृत्यु

जनकपुरधाम - धनुषामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड –१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए। उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा...

कालापानी–लिम्पियाधुरा लगाएतका क्षेत्रमा नेपालीलाई प्रवेश नदिन भन्दै भारतले पठायो पत्र

काठमाडौं - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट...

पोखराको मणिपाल अस्पतालमा बिरामी जाँचिरहेका डाक्टरलाईनै कोरोना पुष्टि

पोखरा - पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक जना डाक्टरलाई केही दिनदेखि सामान्य ज्वरो आएको थियो। कोरोना संक्रमणका आशंकामा आइतबार उनको स्वाब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा परिक्षणका लागि पठाइयो। उक्त परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए। संक्रमित डाक्टरले जाँचेको गरेको बिरामी...

सरिता गिरीको ठाउँमा सांसद बनिन् लीलादेवी

काठमाडौं - निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस–आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । नेतृ सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको...

अन्नतः सधैँको लागि बन्द भयो श्रीराम सुगर मिल्स

काठमाडौं - श्रीराम सुगर मिल्स सधैँका लागि बन्द भएको छ । मिलले औपचारिक रुपमै सधैँको लागि बन्द भएको घोषणा गरेको हो । मिलको सञ्चालक समितिले २ अर्ब १७ करोड रुपैयाँ घाटा देखाएर बन्द गरेको छ । कम्पनीको जर्जर आर्थिक अवस्था र पुँजीको अभावको कारण कम्पनी व्यवस्थापन पक्षले विगत चार महिनादेखि उद्योगमा...

खुमलटार रणनीति : बहुमतका आधारमा अघि बढ्ने तयारी

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि गुटगत बेला बढ्न थालेका छन् । सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष...

क्वारेन्टाइनमा आत्महत्या गरेका ४३ वर्षीया पुरुषमा कोरोना पुष्टि

बर्दिया - बर्दियाको क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए ।...

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ७५४ पुग्यो,सोमबार मात्रै ६२६ जना डिस्चार्ज

काठमाडौं - नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । थप एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि...

बारा र पर्सामा २ डाक्टरसहित १५ जनामा कोरोना संक्रमण

वीरगञ्ज - संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या देखिएको पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण...

दुई बालिका बलात्कार आरोपमा युट्युबर शिवाकोटी जेल चलान

काठमाडौं - विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका...

राप्रपा छाडेका सुनिल थापासहितका १२ नेता आज कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं – राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । उनीहरूलाई मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह–महामन्त्री र अरू ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी...

नेकपा स्थायी कमिटीको बैठक आजपनि स्थगित

काठमाडौं - आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख...

स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय,बैठकका लागि भन्दै प्रचण्डसहितका नेता पुगे बालुवाटार

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् । बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका...

ओलीविनै प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक,ओलीपक्ष नेता भन्छन्- 'त्यो बैठक होइन,उहाँहरुको भेला हो'

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुनः सुचारू गरेका छन्। यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए। दुई नेता प्रधानमन्त्रीलाई भेटेर...

बौद्धमा झण्डै ७ करोडको लागतमा आधुनिक पार्क बन्दै,सांसद राईले गरे सिलान्यास

काठमाडौं -  बौद्धमा झण्डै ७ करोडको लागतमा पार्क बन्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिले काठमाडौं निर्वाचन क्षेत्र -३ बौद्धमा आधुनिक वागमती नगर पार्क निमार्ण सुरु गरेको छ । काठमाडौं क्षेत्र नं -३ का प्रतिनिधि सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी( नेकपा) केन्द्रिय...

पूर्वरथी कुलबहादुर खड्काको निधन

काठमाडौं - नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०६६ सालमा खड्कालाई प्रधान सेनापति नियुक्त गरे पनि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको हस्तक्षेपपछि उनले कार्यभार सम्हाल्न पाएका...

बामदेवको ६ बुँदे प्रस्तावले ओली मख्ख,पत्नी राधिकासँगै पुगे बामदेव निवास भैंसेपाटी

काठमाडौं - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन्। पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका हुन्। ‘पत्नीलाई सँगै लिएर उहाँ गौतमको घरमा जानुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘यो विल्कुलै पारिवारिक भेटघाट हो, राजनीतिक होइन।’ पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम...

मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क

काठमाडौं - नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो ।...

कोरोना नियन्त्रण बाहिर जाने संकेत,सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा संक्रमण पुष्टि

वीरगञ्ज - पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा...

देशका विभिन्न स्थानमा भारी वर्षा हुने, सर्तक रहन अनुरोध

काठमाडौँ – देशका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी...

प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । संक्रमित मध्ये अधिकांश सवारी...

बाघ नेपालको पहिचान हो,यसको संरक्षणमा मात्र नेपालीको शान झल्किन्छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको...

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाडौं  - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न...

कालिकोटमा पहिरोमा परी एकै परिवारका ७ जनासहित ८ जनाको मृत्यु

काठमाडौं - कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय...

भारतलाई दार्चुलाका सिडिओको जवाफ : 'कालापानी,लिम्पियाधुरा हाम्रो भू–भाग हो,आवतजावत रोकिन्न'

काठमाडौं - केही साताअघि भारतले कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउनु भनेर पत्र लेखेपछि नेपालले पनि जवाफ फर्काएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई जवाफ फर्काएको हो। धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको...

इनफ इज इनफ का अभियन्ता पक्राउ

काठमाडौं - गृह मन्त्रालयमा सूचना माग्न पुगेका इनफ इज इनफ अभियानका अभियन्ता पक्राउ परेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेमा पुकार बम, समुन्द्र केसी, प्रमेश श्रेष्ठ, सुदन श्रेष्टलगायत रहेका छन् । कोरोना नियन्त्रणमा सरकारले गरेको खर्चको विवरण माग्न पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको अभियन्ता आलोक सुवेदीले जानकारी...

देउवासँग असन्तुष्ट कांग्रेस नेताको भेला सानेपामा

काठमाडौं - सभापति शेरबहादुर देउवासँग असन्तुष्ट रहेका नेपाली कांग्रेसका नेताहरूको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। १४ औं महाधिवेशन घोषणा भइसकेको अवस्थामा देउवाले विभाग र समितिमा मनोनयन जारी राखेपछि असन्तुष्ट केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन्। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उपस्थित हुनेछन्। बुधबार दिउँसो २ बजेका लागि बोलाइएको भेला...

संसद सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने

काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि...

२ सय ५० शान्ति सैनिक स्वदेश फर्किँदै

काठमाडौं । शान्ति सैनिकका रुपमा सुडानमा आफ्नो ड्यूटी पुरा गरेका नेपाली सेनाका २ सय ५० कर्मचारी आज काठमाडौं फर्किँदैछन् । नेपाल एयरलाइन्सको वाइडबडी जहाज मंगलबार राती सुडानतर्फ उडेको थियो । उक्त जहाजले काठमाडौंबाट २ सय ३८ शान्ति सैनिक बोकेर सुडान लागेको थियो । यो जहाज ओमानको मस्कटमा ट्रान्जिट लिएर सुडानतर्फ लागेको...

कारोना संक्रमितको शव व्यवस्थापनमा खटेका १० सैनिकमा पनि संक्रमण

काठमाडौं – महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर...

कोरोनाका कारण थप २ जनाको मृत्यु

वीरगन्ज - वीरगन्जमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका संयोजक डा. उदयनारायण सिंहले वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत ६८ वर्षीय कोरोना संक्रमितको बुधबार उपचारका क्रममा मृत्यु भएको उनले बताए । अर्का एक जना...

लकडाउनले बन्द भएका होटल ४ महिनापछि सञ्चालनमा

काठमाडौँ – लकडाउनले बन्द भएका होटल तथा रेष्टुरेन्ट चार महिनापछि आजदेखि सञ्चालनमा आउँदै छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न दिने निर्णय गरेपछि आजदेखि सञ्चालनमा आउन लागेका हुन् । होटल सञ्चालनमा आए पनि कोरोना भाइरसको महामारी कायमै रहकाले विदेशी एवं आन्तरिक पर्यटकको चहलपहल नहुँदासम्म ब्यापार हुने सम्भावना...

कमलादी सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

काठमाडौं - प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ । प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको...

पर्सा र बारामा स्वास्थ्यकर्मी,सेनासहित ५३ जनामा कोरोना पुष्टि

वीरगञ्ज - पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना...

उपत्यका प्रहरी केन्द्र मातहत राख्ने निर्णय,महानगरीय प्रहरी कार्यालयको नाम भने परिवर्तन हुने

काठमाडौं  - उपत्यकाका प्रहरी कार्यालय केन्द्र मातहत राख्ने निर्णय भएको छ । तर, उपत्यकाको महानगरीय प्रहरी सम्बन्धी अवधारणा भने खारेज हुने भएको छ । प्रहरी समायोजन सम्बन्धी समन्वय समितिका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर यो निर्णय गरेका हुन् । योसँगै उपत्यका प्रहरीको महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन हुने भएको गृहका...

जहाँ गए पनि नेपालको इज्जत र प्रतिष्ठाका लागि खेल्छु : सन्दीप लामिछाने

काठमाडौं - विश्वभर कोरोना भाइरसको महामारीको कहर थियो । यस्तोमा विश्व खेलकूदमा प्रत्यक्ष असर पर्‍यो। कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू गर्यो। यसको प्रत्यक्ष मारमा चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने पनि परे। उनी यसबीचमा चार महिना बन्दाबन्दीमा घरमै बसे। “समय व्यतित गर्न निकै गाह्रो भयो”, कीर्तिपुरस्थित...

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाको झण्डै १ लाख

काठमाडौं – बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम हुँदै आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार...

स्याङजामा थप एक प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

पोखरा – स्याङजा गल्याङमा पनि एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ती सुरक्षाकर्मीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै स्याङजामामात्रै एसपीसहित जिल्लाभरिमा ३९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुनै पनि ट्राभल हिस्ट्रीबिना गल्याङमा बिहीबारमात्रै २ जना संक्रमित पुष्टि भएका...

प्रहरी प्रधान कार्यालय नक्सालका थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जना संक्रमित थपिएको पुष्टि गरे। उनले थपिएका संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको जानकारी दिए। नयाँ थपिएका संक्रमितहरू पनि यसअघि संक्रमण पुष्टि भएका संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। अधिकांश...

कमलादी ‘सुन’ प्रकरणमा तीन जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो । उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो...

नेपालका पश्चिम क्षेत्रमा भारी वर्षा : २४ घन्टामा ११ को मृत्यु, ६ बेपत्ता रहेका

काठमाडौं - केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही ठाउँमा भारी वर्षा भएको छ। पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ। मनसुनजन्य विपदमा परेर पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको, छ बेपत्ता रहेका तथा १२ घाइते भएका...

उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने धम्की-'एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ'

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन् । ‘अस्ती...

देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लान्छौ : पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् । उनले बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसको नेतृत्वले विधानको अक्षरशः पालना गर्नुपर्ने बताएका छन् । उनले भने, “विधानको अक्षरशः पालना हुनुपर्छ । पालना गरेर अगाडि बढ्नुपर्छ । अधिवेशन...

"काम कारबाही पारदर्शी नभएको हुँदा रेडक्रसको कार्यसमिति भ‌ंग गरियो"

काठमाडौँ– रेडक्रसको काम कारबाही पारदर्शी नभएको हुँदा केन्द्रीय कार्यसमिति भंग गरिएको सरकारले जनाएको छ। सोमबार (साउन १२ गते) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले रेडक्रसका गतिविधि लामो समयदेखि विवादित बन्दै गएकाले सरकारले रेडक्रसको कार्यसमिति भंग गरेको बताए। विशेष गरी भुकम्पपछिको रेडक्रसको काम कारबाहीमा आर्थिक पारदर्शीता...

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाउने सरकारको निर्णय

काठमाडौं - सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए । यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल...

नेपालमा कोरोनामुक्त हुनेको संख्या १४,२४८ पुग्यो,२४ घण्टामा २२७ संक्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२...

थप २७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार ५४७ पुग्यो

काठमाडौं - नेपालमा विहीबार थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्...

उच्च अदालतका न्यायाधीशमा पनि कोरोना पुष्टि

जनकपुरधाम - प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच...

कोरोनाबाट थप दुई जनाको मृत्यु,मृतकको संख्या ५४ पुग्यो

वीरगञ्ज - कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । ३५ र ६५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसमध्ये ८ जना साउनमा मात्रै पर्सामा निधन भएका कोरोना संक्रमण हुन् । कोरोना संक्रमणकै कारण...

काठमाडौं उपत्यका प्रवेशमा कडाई,बेलुका ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध

काठमाडौं - गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् । उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक...

जगदम्बा इन्टर प्राइजेजका कार्यकारी अधिकृतको कोरोनाबाट मृत्यु,१५ दिनको अवधिमा पर्सामा ९ जनाले ज्यान गुमाए

वीरगञ्ज - कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ‘मुटुको रोगी हुनुहुन्थ्यो, कोभिड लागेपछि अवस्था...

प्रधानमन्त्री पार्टीको खिचातानीमा व्यस्त,स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त : गगन थापा

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको आलोचना गरेका छन् । उनले भुसको आगोझैँ संक्रमण फैलिरहेको तर न परीक्षणको दायरा बढाएको नत अस्पताल केन्द्रित तयारी गरेको भन्दै सरकारको आलोचना गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खिचातानीमा व्यस्त...

कमलादी सुन प्रकरणमा नयाँ ट्वीस्ट : 'गाडीबाट सुन फ्याकिएको होइन,जवानको हातमा दिइएको थियो'

काठमाडौं - आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ । दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन...

काठमाडौंमा एक प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद

काठमाडौं – काठमाडौंमा एक जना प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ। साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको प्रहरी श्रोतले...

प्रचण्डको 'गणतन्त्रको पहिलो दशक' पुस्तक सार्वजनिक

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन् । संसदीय...

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु,ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

ललितपुर - ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ः १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए । ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै वीरगञ्जबाट आएकी थिइन्...

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं - प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप २८ जनामा प्रहरी अधिकारीहरुमा संक्रमण देखिएको हो । जसमध्ये सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् ।...

आज मात्र १० हजार भन्दा बढी नमुना परीक्षण

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।...

प्रधानमन्त्री ओलीद्वारा बकर ईदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्। बकर ईदको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले विविधता बीचको एकता मौलिक...

भष्ट्रचार विरुद्ध लागेका उपसचिव प्रेम सञ्जेलमाथी कार्यकक्षमै कुटपिट

विराटनगर – श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र...

कोरोनाका कारण वीरगञ्जमा थप दुई जनाको मृत्यु

वीरगञ्ज - समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज १६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट...

सभामुख सापकोटासहित सचिवालय र सुरक्षा टोलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं  - सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । शनिबार राति अबेर प्राप्त रिपोर्ट...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४...

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता ,झलनाथ र सुवास नेम्वाङ पनि सहभागी

काठमाडौं – साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय...

दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा,बग्गीखाना शिल

काठमाडौं – दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना शिल गरिएको छ । संक्रमणको जोखिम बढेपछि महाशाखाका प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको एसएसपी ढकालले जानकारी दिए । ३७५ जना क्वारेन्टाइनमा गएपछि महाशाखाका मातहतका...

प्रधानमन्त्री हटाउने कुरा जनताको म्यान्डेट होइन,ओलीलाई ५ वर्षसम्म हटाउन मिल्दैन : मुख्यमन्त्री गुरुङ

नवलपुर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नमिल्ने बताएका छन् । पूर्वी नवलपरासीको नदी तटीय क्षेत्रमा भएको कटान तथा डुबानको निरीक्षण गर्न आएका मुख्य मन्त्री गुरुङले शनिबार कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार चलाउन जनताले...

ओली–प्रचण्डबीच आजको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ३ घण्टा छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार...

नेपालमा पहिलोपटक प्लाज्माथेरापीबाट कोरोना संक्रमितको सफल उपचार

काठमाडौं – नेपालमा पहिलो पटक कोभिड १९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासकाअनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो...

थप १११ जना डिस्चार्ज, आज कहाँ–कहाँ थपिए नयाँ संक्रमित ?

काठमाडौँ– आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म...

आरडीटी परीक्षण नगर्न सरकारको आग्रह

काठमाण्डौ – सरकारले आरडीटी परीक्षण रोकेको छ । गएको बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन...

पर्सामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौं – पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आइतबार राति संक्रमण पुष्टि भएकाहरू १० देखि...

पर्सामा पत्रकार,सेना र प्रहरीसहित थप ७३ जनामा कोरोना संक्रमण

काठमाडौं – पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७...

सिन्धुपाल्चोक पहिरो अपडेट : ५ जनाको शव फेला,३ अझै बेपत्ता

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये ५ जनाको शव फेला परेको छ । तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका उनीहरू वीरगञ्जका प्रदिप चौरासिया,...

ओली–प्रचण्डबीच आज पनि बालुवाटारमा छलफल जारी

काठमाडौं  - नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ । आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ । ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ...

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका तीन सदस्यलाई कोरोना पुष्टि

विराटनगर – प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०÷१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको...

ओली–प्रचण्डको आजको वार्ता पनि निष्कर्षविहिन

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानार्थ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्ता पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी भएको करिव २ घण्टाको वार्ता विना निष्कर्ष सकिएको हो । जनैपूर्णिमाको शुभकामना...

अनशनरत ईः को स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं - कोरोना महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईः लाई अस्पताल भर्ना गरिएको छ । उनको मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गरिएको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिए । ईःले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन् । यसअघि उनी बसन्तपुरमा...

कोरोना नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने

काठमाडौं – सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक...

कालोपुलमा मोटरसाइकल दुर्घटना : ३० वर्षीया युवकको मृत्यु

काठमाडौं  - काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी...

आज कति पुग्यो सुनको मुल्य ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।सोमबार चाँदीको भाउ भने बढेको छ ।...

एसिड आक्रमण गर्नेलाई दण्ड सजाय बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय कम भएको निष्कर्षसहित सम्बन्धित कानूनलाई समय सापेक्ष परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो। त्यसका लागि समन्वय गर्न...

आज थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०,७५० पुग्यो

काठमाडौं - नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन्...

एकैदिन ३५८ जना कोरोनामुक्त, निको हुनेको संख्या झण्डै १५ हजार पुग्यो

काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल...

कोरोनाबाट विराटनगरमा थप एक वृद्धको मृत्यु

विराटनगर – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो । उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल...

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं –भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण...

कोरोना संक्रमितको संख्या बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री ओली

काठमाडौं – काठमाडौँसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन् । समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा...

प्रधानमन्त्री बालकोट पुगेर फर्केने बेला गोकुलले सोधे–अब कहिले फर्कने ?ओलीको जवाफ आयो ‘अढाई वर्ष फर्किन्नँ

काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल जेरीजस्तै जेलिएको संकेत गरेका छन्। सोमबार बिहान निजी निवास बालकोटमा पुगेका प्रधानमन्त्री ओलीले पूर्वमन्त्री एवम् सांसदहरू गोकुल बाँस्कोटा र महेश बस्नेतसँग यस्तो ठट्टा गरेका हुन्। प्रधानमन्त्रीले भक्तपुरका साथीभाइ भेट्नुभयो। उहासँग ठट्टा मजा भयो। महेशजी र मैले वार्ता...

सुनको भाउ आज पनि बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं – सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो । आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको...

मोरङमा एकै परिवारका १४ सहित २२ जनामा कोरोना पुष्टि, रंगेली बजार सिल

काठमाडौं - मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदीले जानकारी दिए। एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ। १४ जना...

स्थायी कमिटी बैठकबाट भाग्दै ओली  : स्थायी कमिटीको बैठकमा नजाने, केन्द्रीय कमिटी पनि अस्वीकार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् । आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने ओलीको तर्क छ । ओलीले केन्द्रीय कमिटीको बैठक माग गर्नेहरुलाई पनि निराश बनाइदिएका छन् । गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको...

बालुवाटारमा विज्ञसँग प्रधानमन्त्री ओलीको छलफल सुरु,देउवा पनि उपस्थित

काठमाडौं – कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई...

वामदेव भेट्न भैंसेपाटी प्रचण्ड पुगे

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमलाई भेटेका छन्। उपाध्यक्ष गौतमलाई भेट्न प्रचण्ड गौतम निवास भैंसेपाटी पुगेका हुन्। मंगलबार बिहान दुई नेताबीच भेट भएको हो। भैंसेपाटी पुगेका प्रचण्डलाई गौतमले आफ्नो ६ बुँदे प्रस्तावमा सहमत हुन आग्रह गरेको स्रोतले बतायो। यसअघि गत साता गौतमलाई भेट्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष...

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं –अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको...

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना २ लाख घुस सहित पक्राउ

काठमाडौं – राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना अख्तियारको फन्दामा परेका छन् । रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ लाख नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्ण नगरका व्यापारी अनिल कुमार झा