नेपाली   |  English


News under यातायात

बुटवल–पाल्पा सडक पाँच दिनसम्म बन्द रहने

बुटवल – सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म...

उपत्यकामा जोर–बिजोर प्रणालीलाई थप कडाई,८ सयभन्दा बढी सवारी कारबाहीमा

काठमाडौं - ट्राफिक प्रहरीले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा सवारी जाँचमा कडाइ गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुनेगरी उपत्यकाभित्र जोर–बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार कडाइ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ...

दशैंको अग्रिम टिकट बुकिङ असोज २० देखि खुल्ला त ?

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २०देखि २५सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री...

दाउन्नेमा पहिरोले बस पुर्दा एकको मृत्यु, ७ घाइते

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो । लेदोसहित खसेको पहिरोले बस...

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहीबार अपराह्न १२ः०५ बजे पहिरो पन्छाइएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका...

पहिरोका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी – नवलपरासीको दाउन्नेमा खसेको पहिरोका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ। विश्वकर्मा मन्दिरदेखि दाउन्ने बजारसम्मका विभिन्न पाँच स्थानमा बुधबार रातिदेखि पहिरो गएको छ। पहिरोका कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रवक्ता डिएसपी खाँणले जानकारी दिए। सडक अवरुद्ध भएपछि राजमार्गमा ओहोरदोहोर गर्ने सयौं सवारीसाधन अलपत्र परेका छन्। दुई...

नवलपरासीमा खोलाले गाडी बगायो,गाडीसहित चालक बेपत्ता

रुपन्देही – नवलपरपासी पूर्वको एउटा पाउरोटी उद्योगबाट छुटेको गाडी र त्यसका चालक एक दिनदेखि बेपत्ता छन्। नवलपरासी नवलपरासी पूर्व विनयी गाउँपालिका–३ को सुनही खोलाले बगाएका चालक र गाडी अहिलेसम्म फेला नपरेका हुन्। प्रहरीका अनुसार ना३च १५९४ नम्बरको गाडी तर्ने क्रममा बुधबार अपराह्न खोलाले बगाएको थियो। चालक कावासेती नगरपालिका ८ का २६ वर्षीय...

दोब्बर बनाइएको गाडी भाडा खारेज गर्न अनेरास्ववियुसहित १३ विद्यार्थी संगठनको माग

काठमाडौं – संयुक्त विद्यार्थी संगठनहरुले गाडी भाडा बढाउने निर्णय खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनेरास्ववियुसहित १३ विद्यार्थीहरुले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई मागपत्र बुझाउँदै बढाइएको ५० प्रतिशत भाडा घटाउन माग गरेका हुन् । निषेधाज्ञा खुकुलो बनाउने क्रममा सरकारले सिट क्षमताभन्दा आधा व्यक्ति राखेर...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि...

दसैँमा घरजानका लागि ट्याक्सी बुकिङ्ग खुला

काठमाडौं – कोरोनाभाइरसको महामारीका बीचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भइरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दसैँमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ । विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले संचालन गर्नको...

सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं – यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्। सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडाउन पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन्। जहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले सार्वजिनक बसमा विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालको...

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुग्यो

जनकपुरधाम – कुर्था–जनकपुर–जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर–जयनगर चल्ने रेल सम्भव भए आज नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित...

मण्डिखाटारमा भयानक कार दुर्घटना : बिजुलीको पोल भाँचियो, चालक भने बाँचे

काठमाडौं - बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन। रातिको...

६ महिनासम्म ग्यारेजमा थन्किएका लामो दुरीका यातायात आजबाट संचालनमा आए

काठमाडौं – गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन आजबाट सन्चालनमा आएका छन् । कोरोना सक्रमणबाट जोगिने उपाय अपनाएर सरकारले ६ महिनापछि सार्वजनिक यातायात सञ्चालनको अनुमति दिएको हो । आज विश्वकर्मा पूजाको दिन परेको र पूजा सकेर गाडीहरु चल्ने यातायात व्यवसायीहरु बताउँछन् । साबिक भाडामा ५० प्रतिशत...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ। ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ। पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय...

भोलिदेखि लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर सहमत,विश्वकर्मा पूजा गरेर सेवा सुरु गरिने

काठमाडौं – यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् । व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना...

पहाडबाट लेदो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहाडबाट लेदो झर्ने क्रम नरोकिँदा मंगलबार बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी...

लामो दुरीको यातायात असोज १ देखिनै सञ्चालनमा आउने,भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं - लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । साथै संक्रमणको...

असोज ५ गतेदेखि लामो दूरीका यातायात सुचारु गर्न दिने सरकारको निर्णय

काठमाडौं - सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । सरकारले चैतमा लकडाउन घोषणा गरेयता...

यातायात व्यवसायी र मजदुर संगठनद्धारा मन्त्री नेम्वाङ समक्ष ४ बुँदे माग,मन्त्री भन्छन् -'सरकारले राहत दिन सक्दैन'

काठमाडौं - यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ । त्यसबारे निर्णय गर्नुपूर्व दबाआ दिँदै आएका...

सरकारले कुनै विकल्प नदिएको भन्दै असोज १ बाट सबै सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

काठमाडौं - ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक...

लामो दुरीको यातायात भदौ मसान्तसम्म नचल्ने

काठमाडौं - सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए । यसअघि अन्तरजिल्ला यातायात तथा हजाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो...

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन - सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो। पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ। पहिरो...

यातायातमन्त्री नेम्वाङले भने- 'छोटो दूरीको गाडी चल्छ,लामो भदौ मसान्तपछि मात्रै सञ्चालन हुन्छ'

काठमाडौं – भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन्। मन्त्री नेम्वाङले अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने बताए। काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन्। हामीले १ गतेदेखि मध्यम दूरी र लामो दूरी भनेको यातायात सेवा भने भदौ...

लामो दुरीको यातायात र हवाई सेवा भदौ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना...

भाद्र १ गतेदेखि पनि लामो दुरीका यातायात,विद्यालय र हवाई उडान नखुल्ने

काठमाडौं - अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा...

आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ । आज साउन...

पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल - भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर...

६ दिनपछि नौबिसे–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

चितवन – पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि खुलेको छ । पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो। मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो । यसैगरी...

मुग्लिन-नारायणगढ सडकखण्डको चारकिलोमा फेरि ठुलो पहिरो खस्यो

चितवन नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।...

काठमाडौं प्रवेशका लागि अझै पनि पास अनिवार्य

काठमाडौं – सरकारले मंगलबार रातिदेखि पूर्ण रूपमा लकडाउन खुला भएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने अझै पनि पास अनिवार्य चाहिने भएको छ । लकडाउन खुला भएपनि बाहिरी जिल्लाबाट आउने सवारी साधनमा रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ । लकडाउन सकिएको भए पनि काठमाडौं प्रवेशका लागि पास...

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ । मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९...

मुग्लिन- नारायणगढ सडकखण्डको बतासेडाँडामा पनि पहिरो

चितवन -मुग्लिन- नारायणगढ  सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।...

लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

काठमाडौं - अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८...

पृथ्वी राजमार्गमा २ सय भन्दा बढी पहिरा,सडक सचारु गर्न कम्तीमा दुई दिन लाग्ने

चितवन – पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन्। चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ। सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ। कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ। बिहान मात्र जोगिमारामा ठूलो...

काठमाडौंको सडकमै ट्याम्पो डुबेपछि..

काठमाडौं - उपत्यकामा सवारी जाम घटाउन कराडौं खर्चिएर करिडोर सडकहरु बनाइएको छ । तर करिडोर सडकहरु यति कमजोर इन्जिनियरिङमा बनेका छन् कि कतै हिँड्दा पनि टाउको ठोकिने अवस्था छ त कतै वर्षा लाग्यो कि डुबानको समस्या हुन्छ । यस्तै उदाहरण हो, बाग्मती करिडोर सडक । यो सडकको टेकु पुल मुनी वर्षायाममा...

बुटवल–तानसेन सडकखण्ड आज पनि अवरुद्ध

बुटवल - सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डअन्तर्गत तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तेस्रो दिनसम्म पनि सडक अवरुद्ध छ । तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो शनिबार दिनभर दुईवटा एक्साभेटर प्रयोग गरेर काम गर्दा पनि पन्छाउन सकिएन । सडकको ६० मिटर क्षेत्रमा झरेको पहिरो ५० प्रतिशत मात्र...

सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायीका माग पूरा गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना...

यातायात व्यवसायीका समस्या समाधान गर्न राहतको व्यवस्था गर्नुपर्छ : प्रचण्ड

काठमाडौं -  यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।  अध्यक्ष निवास खुमलटारमा भएको भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले यातायात व्यवसाय मध्यम...

भोलिदेखि साझाले २६ बस संचालन गर्दै, कुन-कुन रुटमा चल्नेछन् ?

काठमाडौं - साझा यातायातले बिहीबारदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ। साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। साझाका २६ वटा बसले साउन १ अर्थात् भोलिदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। कोरोना संक्रमणको जोखिमकै...

दाउन्नेमा पहिरोले ट्रक र कार च्याप्यो

नवलपरासी - अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको छ । ट्रक र कारमा सवार मानिसहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर...

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासियो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि...

पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल - पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन...

काठमाडौंमा मयूर यातायातले थाल्यो यात्रु सेवा

काठमाडौं - मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेला...

पूर्वी नवलपरासीमा बाढीले डाइभर्सन बगायो,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन - पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द...

सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाडौं - यातायात व्यवसायीहरूले सार्वजनिक सवारी नचलाउने निर्णय गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको...

सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय

काठमाडौं - सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस बारेको जानकारी दिएका हुन्। खतिवडाले असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्। काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र...

किस्ता तिर्न नसकेपछि यातायात व्यवसायीले बुझाए बैंकलाई १५५ गाडीको चाबी

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत...

लकडाउनकै बेला झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापिए

काठमाडौं - यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ ।...

नयाँ बसपार्क नजिकै एक ग्यारेजमा आगलागी ,८ माइक्रोबस जले

काठमाडौं - काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आइतबार बिहान अगलागी हुँदा ८ वटा माइक्रो बसमा क्षति पुगेको छ । आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको प्रहरीले जनाएको हो । बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९,...

ट्याक्सी व्यवसायीद्वारा काठमाडौंमा विरोध प्रदर्शन, भन्छन्- रोगले होइन, भोकले मर्ने भइयो सरकार

काठमाडौं - लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित ट्याक्सी व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई...

नेपाली श्रमिकहरुको पीडा र उनीहरुको सपनामा कालो बादल

योगेन्द्र योगी | असार १५, दोहा:  प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । आज भन्दा एकवर्ष पहिले कतारमा रहेका...

अबिरल बर्षासँगै खसेका ढुंगाका कारण बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो । अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न...

युएनको गुडिरहेको गाडीमा सेक्स गरिरहेको भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

काठमाडौं - संयुक्त राष्ट्र संघ (युएन) को एक सवारी भित्र यौन सम्पर्क गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । यो भिडियो इजरायलको भएको पाईएको छ । इजरायलको तेल अवीवको समुद्री किनारको व्यस्त सडकमा गुडिरहेको गाडी भित्र देखिएको यस्तो गतिविधिलाई एक घरको छतबाट भिडियो कैद गरिएको बताईएको छ ।इजरायलको ‘द...

पाँच दिनदेखि अवरुद्ध गोरुसिंगे–सन्धिखर्क सडक सञ्चालनमा

काठमाडौं - पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएको छ । सुपा खोला नजिकै पहिरो खस्दा शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक आज दिउँसो करिब ३ः३० बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । शनिबारदेखि सडक सञ्चालन गराउन दुई वटा डोजरले काम गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिएपछि यातायातका साधन...

यामाहा मोटरसाइकल तथा स्कुटर ब्रान्डको शुन्य प्रतिशत फाइनान्स स्किम

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा...

अब मात्र ९ हजार सात सय ३४ रुपैयाँ मासिक किस्ता तिरे सुजुकीको कार चड्न पाहिने

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट तिरे सुजुकीका पेसेन्जर कार र त्यस्तै  दुई...

रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षको प्रगतिमा निर्माधीन जयनगर बर्दिबास रेलमार्ग ६९ किमिमध्ये जयनगर–जनकपुर रेल ३८ किमि खण्डमा निर्माणकार्य सम्पन्न गरेको छ भने सो खण्डमा रेल सेवा सञ्चालननिम्ति आवश्यक प्राविधिक भर्ना प्रक्रिया अन्तिम चरणमा रहेको र भारतीय रेल्वे कम्पनीसँग जीटुजीमार्फत खरीद भएको रेलगाडी नेपाल ल्याएर सञ्चालन गर्ने तयारी...

४८ कोभिड - १९ बिरामीले स्वयं-क्वारेन्टाइनलाई गलत अर्थ लगाएका थिए र ९ विभिन्न ठाउँहरू र चारैतिर घुम्ने यात्रा गरेका थिए।

भोजपुर, अप्रिल २:: स्वास्थ्य र जनसंख्या मन्त्रालयले बिहीबार साँझ देशको th 48 औं कोभिड १ case घटनालाई पुष्टि गर्यो। मन्त्रालयका सहायक प्रवक्ता डा। समीर कुमार अधिकारीका अनुसार २ 26 वर्षीय एक व्यक्तिले बिहीबार यस घातक भाइरसको लागि सकारात्मक परीक्षण गरेको थियो। उक्त युवक हतवागढी ग्रामीण नगरपालिका 6, होमताangका हुन्। साउदी अरेबिया फर्किनेहरू...

वर्ष २०७६ का उत्कृष्ट कलाकार

काठमाडौँ — गत वर्ष भन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू कलाकारहरुले आश देखाएनन् । हुन त यो वर्ष पनि थुप्रै नव-कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न...

विश्वभरि कोरोनाभाइरसका घटनाहरू १० लाखमा छिटो आउँदैछन्, COVID-१ kill ले 47 47,२०7 मार्दछ |

काठमाडौं: विश्वभर पुष्टि भएका कोरोनाभाइरसको संख्या १० लाखको संख्यामा छिटो पुग्न लागेको छ। "गत weeks हप्तामा नयाँ घटनाहरूको स in्ख्यामा करीबी घनिष्ट वृद्धि भएको छ र गत हप्तामा मृत्युको संख्या दोब्बर भएको छ," विश्व स्वास्थ्य संगठन टेड्रोस अधानोम गेब्रियसिसले भर्चुअल समाचार सम्मेलनमा भने। बुधबार संगठनको जिनेवा मुख्यालय। "आगामी केही दिनमा...

विश्व स्वास्थ्य संगठन कोरोनाका लागि जागरूकता अभियान!

कोरोनाभाइरस महामारीको बारेमा जनतामा चेतना जगाउने लक्ष्यसहित, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नो प्रोफाइललाई चुनौती दिदै उच्च प्रोफाइलका व्यक्तिहरुलाई आह्वान गरिरहेको छ। डब्ल्यूएचओले लेओनार्डो डिक्याप्रियो, इवान्का ट्रम्प, ब्लेक लाइभली, र्यान रेनल्ड्स र ग्रेटा थन्बर्ग लगायतका ठूला नामहरू सोहीआईडी १ against को बिरूद्ध संरक्षणको रूपमा आफ्नो हात धुने भिडियो साझा गर्न अनुरोध...


Latest News

सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित,भोलीका लागी डाकिएको स्थायी कमिटी बैठक पनि स¥यो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित..

Top