नेपाली   |  English


News under प्रवास

करोडौं रकम ठगेर फरार विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि...

नौ दिनपछि नेपाल फर्किने तयारीमा थिए कोरियामा मृत्यु भएका गगन रावल

सउल । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो चरणको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार...

कम्पनी परिवर्तन गरे पनि नेपाली कामदार पुनः कोरिया जान पाउने

काठमाडौं – दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्। यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय...

अमेरिकीमा नेपाली ड्राइभरमाथि हातपात गर्ने युवती प्रकाउ

एजेन्सी - अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरलाई हातपात गर्ने महिला पक्राउ परेकी छन्। सान फ्रान्सिस्को प्रहरीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार हातपात गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो। घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएकी...

कम्पनीमा काम गर्ने क्रममा लडेर कोरियामा एक नेपालीको मृत्यु

सउल – दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु सहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीष मगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो । घटनालाई नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले...

नेपाली चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र लिफ्ट कम्पनीद्वारा प्रतिबन्ध(भिडियो हेर्नुहोस्)

अमेरिका– मास्क लगाउन आग्रह गर्दा नेपाली उबर चालकलाई दुर्व्यवहार गर्ने युवतीलाई उबर र अर्को राइडिङ सेवा प्रदायक लिफ्ट कम्पनीले आजीवन सेवा लिन प्रतिबन्ध लगाएका छन् । अमेरिकी मिडियाका अनुसार नाम नखुलेकी युवतीले ३२ वर्षीय नेपाली चालक शुभाकर खड्कालाई गाडीभित्रै अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेकी थिइन् । उनले मास्क च्यातिदिंदै खड्काको मोबाइल...

भारतमा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु

नयाँदिल्ली — भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक दुर्घटनामा परेको हो । मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा उक्त...

युएई र पोर्चुगलमा कोरोनाबाट थप तीन नेपालीको मृत्यु

काठमाडौं – कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार...

इजरायलमा एक नेपाली चेलीको मृत्यु

इजरायल – इजरायलमा कार्यरत एक नेपाली चेलीको अकस्मात मृत्यु भएको छ । बैदेशिक रोजगारका क्रममा इजरायलमा कार्यरत झापा निवासी साबित्रा घिमीरे लुइटेलको ब्रेन ह्यामरेजका कारण सोमबार निधन भएको बताइएको छ । झापाली समाज इजरायलको वरिष्ठ उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक काममा समेत सक्रिय रहेकी साहित्यकार घिमीरेको अकस्मात मृत्युले इजरायलबासी नेपालीहरुको...

बेलायतमा कोरोना संक्रमणबाट थप २ नेपालीको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको...

भारतमा हिमनदी विस्फोट भई आएको बाढीमा परी अझै ११ जना नेपाली बेपत्ता

नयाँदिल्ली — भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीहरुमा आएको बाढीमा अझै ११ जना नेपालीहरु बेपत्ता छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको हराइरहेका १७५ जनाको सूचीमा एघार जना नेपाली रहेका छन् । सूचीमा तिनीहरुलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । हराइरहेका नेपालीहरुमध्ये...

कोरोनाका कारण अमेरिकामा थप एक नेपालीको निधन

अमेरिका - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा एक नेपालीको कोरोनाका कारण निधन भएको छ । १५ वर्षदेखि अमेरिकामा रहँदै आएका नोगराज पाठक(दीपक)को कोरोनाका कारण ४९ वर्षको उमेरमा निधन भएको हो । उनलाई कोरोना पोजिटिभ भएको पुष्टी भएपछी सास फेर्न कठिन भए पछि लसएन्जल्स स्थित लामिडाराको किन्डरड हस्पिटलमा भर्ना गरिएको थियो ।...

बिहारमा १२ वर्षीया नेपाली बालिकाको बलात्कारपछि हत्या,मध्यरातमा जबरजस्त जलाइयो शव

काठमाडौं – भारतको बिहारमा एक जना १२ वर्षीया नेपाली बालिकाको हत्या भएको छ। बिहारको पूर्वी चम्पारण जिल्लामा ती बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हो। घटना गत जनवरी २१ तारिखको हो। बिबिसी हिन्दीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका ३ का एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको थियो। सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा...

कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका...

कोरोनाबाट विदेशमा थप २ नेपालीको मृत्यु, मृतकको संख्या ३१९ पुग्यो

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३ सय १९ पुगेको हो । संघको...

बेलायतमा एक नेपाली युवकको हत्या

लन्डन – लन्डनमा एक नेपाली युवकको हत्या भएको छ। आईतबार राति काम सकेर घर फर्किने क्रममा लन्डनको इस्टकोट स्टेशन बाहिर नेपाली युवक विक्रम केसीको हत्या भएको हो। प्रहरीले दिएको प्रारम्भिक सूचनाअनुसार सामान्य झगडा हुँदा भएको कुटपिटबाट केसीको मृत्यु भएको हो। घटनापछि कुटपिटमा संलग्न एक जना २१ बर्षीय युवकलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान...

गायक बद्री रूखमा झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं – बेलायत निवासी गायक बद्री केसी मृत भेटिएका छन्। करिब डेढ दशकदेखि बेलायतको राजधानी लन्डनमा बसोबासरत गायक केसी शनिबार रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीका अनुसार त्यसअघि शुक्रबार दिउँसो उनले आफ्नो फेसबुकमा सबैलाई ‘गुडबाई’ लेखेका थिए। उनको यस्तो निराश स्टाटस देखेलगत्तै सहकर्मीले खोजी सुरु...

विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दिएको जानकारी अनुसार यो साता नेपालमा थप तीन नेपालीको मृत्यु भएको हो । एनआरएनका अनुसार युकेमा १ र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको...

साउदीमा बहिर्गमन भिसा पाएका नेपाली कामदारबाटसमेत अवैध पैसा असुल्दै,दूतावासको काम एजेन्टले गर्दै

काठमाडौं – साउदी अरबका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा अवैध रुपमा रहेका नेपाली कामदारलाई अवैध पैसा असुल्दै स्वदेश फर्काउने कार्य एजेन्टले गरेको पाइएको छ । साउदीमा अवैध काम गर्दै आएका,जेलमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउने कार्यमा अवैध पैसा उठाउँदै एजेन्टले सेटिङमा नेपाल पठाउने गरेको पाइएको हो । अवैध रुपमा रहेका कामदारहरुलाई...

विदेशमा रहेका नेपालीहरुले पनि लगाउन थाले कोरोनाविरुद्धको खोप

काठमाडौं – विदेशमा रहेका नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरुले खोप लगाउन थालेका हुन् । हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका नेपालीहरुले कोरोनाविरुद्धको खोप लगाइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा ५२ हजार...

बीबीसी मास्टर सेफ द प्रोफेसनल्सको उपाधिबाट चुके सन्तोष

काठमाडौं – नेपाली सेफ सन्तोष साह पाककलासम्बन्धी प्रतियोगिता ‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’ को उपाधि पाउनबाट वञ्चित भएका छन् । बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् । ३२ जना प्रतियोगी सहभागी यो प्रतियोगिताको ग्राण्ड फिनालेमा पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । यो...

बीबीसी मास्टर सेफको टप ३ मा पुगे सन्तोष साह

लन्डन — आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । सन्तोष साह १२ वर्ष छँदा सिरहाको कर्जन्हा आसपास नदी किनारमा श्रम गर्न जान्थे । गरिबीले कलिलै उमेरमा काम नगरी हातमुख जोर्न सम्भव थिएन । काम गरेर भोकाएको छोरालाई बट्टामा खाजा बोकेर उनकी आमा पुग्थिन् । आमाले...

कोदोको खिर बनाएर बीबीसी मास्टर सेफको टप ४ मा पुगे नेपाली सेफ सन्तोष शाह

लन्डन – नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी टप ४ मा पुगेका हुन् । हरेक चरणमा नेपाली खाना चखाएर निर्णायकको मन जित्दै अगाडि बढेका सन्तोषले यसपटक पनि त्यो...

जर्मनीको ह्यामवर्गस्थित बर्गेडोर्फमा विष्टले खड्कालाई बन्चरो प्राहर गरे

जर्मनी | जर्मनीको ह्यामवर्गस्थित बर्गेडोर्फमा नेपालीहरुबीच भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट बुधबार एक नेपाली गम्भीर घाइते भएका छन् । आर्थिक विषयलाई लिएर केहि समय पहिलेदेखि व्यवसायिक साझेदार ४५ बर्षिय हरि विष्ट र ५३ बर्षिय कृष्ण केसी भनिने विजय खड्काबीच विवाद चलिरहेको जानकारवालाहरु बताउँछन् । सोही विवादका क्रममा बुधबार छलफल गर्न...

अष्ट्रेलियाको मेलवर्नबाट दुई सातादेखि २७ वर्षीय नेपाली युवक बेपत्ता

सिड्नी – दुई साता देखि अष्ट्रेलियाको मेलवर्नबाट एक जना नेपाली युवा बेपत्ता भएका छन्। बेपत्ता नेपाली युवकको नाम आकाश श्रेष्ठ हो। भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ। आकाशले अन्तिम पटक शुक्रबार साँझ टेक्स्ट मेसेज मार्फत परिवारसँग सम्पर्क गरेका थिए। मेसेजमा आकाशले...

अमेरिकी सेनामा कार्यरत २३ वर्षीय नेपाली युवकको कार दुर्घटनामा मृत्यु

काठमाडौं – अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको कार दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको ओक्लाहोमा राज्यस्थित नोबल कन्ट्रीमा नेपाली समयअनुसार शनिबार राति कार दुर्घटनामा परी गोरखाको लखन थापा गाउँपालिका–८ छापथोकका २३ वर्षका सुरेश श्रेष्ठको मृत्यु भएको हो । ओक्लाहोमा न्युज फोर अनलाइनका अनुसार दुर्घटनामा परी टाउको र शरीरको भित्री भागमा चोट...

रानीवनमा नेपाली महिलाको शव फेला

महेन्द्रनगर – कञ्चनपुरको पुनर्बास नगरपालिका नजिक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ। मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन् । “महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन”, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, “ शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक...

उज्ज्वललाई सातौं पटक विश्व रेकर्डको उपाधि

अमेरिका - नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी...

भारतमा कुटिएका नेपाली विद्यार्थीलाई अविलम्ब उद्दार गर्न कांग्रेसको माग

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारत उत्तराखण्ड देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकारसँग आग्रह गरेका हुन्। ‘भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई कांग्रेसले...

हैदरावादमा लुटपाट गरेको आरोपमा ५ नेपाली पक्राउ

काठमाडौं - एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ । उनीहरुलाई...

विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु

काठमाडौं - विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा...

विदेशमा थप २१ नेपालीको कोरोनाका कारण ज्यान गयो,मृतकको संख्या २६५ पुग्यो

लन्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ। गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरि शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना...

रुसमा ‘कोरोना खोप’ लगाएका नेपाली भन्छन्- 'खोप हानिकारक छैन,डराउनु पर्दैन,म शतप्रतिशत विश्वस्त छु'

बार्सिलोना – रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो । त्यहाँ बस्ने एक नेपालीले रुसको कम्पनीले निर्माण गरिरहेको यो खोप लगाउने अवसर प्राप्त गरेका छन् । मस्कोमा स्वास्थ्य क्षेत्रमा नै कार्यरत ६१ वर्षीय डा. महेशसिंह श्रेष्ठले शनिबार ‘स्पुतनिक भी’ नामको उक्त खोप...

कोरोना संक्रमणबाट विदेशमा २४४ नेपालीको निधन

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्। कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ। गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा...

कोरोनाका कारण विदेशमा यो साता ४३ नेपालीको मृत्यु,साउदीमा ६० शव अलपत्र

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख...

कलेजो रोग विशेषज्ञ डा. सुजितले गरे अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं – भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने...

शेर्पा किदुक साईप्रसको ५ औं वार्षीक उत्सवसँगै नयाँ कार्यसमिति चयन,अध्यक्षमा ङिमदिकि शेर्पा

साईप्रस - शेर्पा किदुक साईप्रसको नयाँ कार्यसमिति चयन भएको छ । किदुक साईप्रसको स्थापनाको पाँचौ बर्ष गाठको उत्सवसंगै नयाँ कार्यसमिति गठन गरिएको हो । अध्यक्ष निमा याङ्जुम शेर्पाको सभापतित्वमा लिमासोल शहरमा बसेको बैठकले ङिमदिकि शेर्पाको अध्यक्षतामा एक सल्लाहकार सहित १४ सदस्यीय कार्यसमिति चयन गरेको हो । नवगठित कार्य समितिमा हरेक शहरबाट...

गोर्खा राइफलमा कार्यरत क्याप्टेन थापाको लद्दाखमा मृत्यु

एजेन्सी -भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ । पूर्वी लद्दाखमा गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा...

कोरोनाबाट विदेशमा यो साता ३ नेपालीको मृत्यु

काठमाडौं - विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने...

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पति कोरोनामुक्त

काठमाडौं - मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै...

कोरानाबाट शेर्पा संघ युकेका अध्यक्ष सानाको निधन

लण्डन- शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा...

विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ आउनेहरु होटलमा बस्नु पर्दैन, सिधै घर जान पाइन्छ : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा...

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौँ– सरकारले आगामी भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडानका क्रममा पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट मात्रै यात्रुहरु ल्याउन पाइने सरकारले जनाएको छ। शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मलेशिया, चीन, क्यानडा, युएई, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुक, जापान, अष्ट्रेलिया...

एनआरएन यूएईको विवाद उत्कर्षमा : अध्यक्ष कोइराला एनए बोर्ड म्यानेजरबाट निलम्बित

काठमाडौं - गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको विवाद उत्कर्षमा पुगेको छ । नेपाल एशोसियसन (एनए) यूएईले एक विज्ञप्ति जारी गर्दै एनआरएन यूएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बीओडी) बाट निलम्बन गरेको जनाएको छ । नेपाल एशोसियसन (एनए) यूएईका अध्यक्ष रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य...

विदेशबाट फर्किनेहरुका लागी सरकारले तोक्यो होटल क्वारिन्टिन,होटल बस्दा कति लाग्छ शुल्क?(सूचीसहित)

काठमाडौं - सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ । यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १८ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ । सरकारले विदेशबाट यात्रुको उद्धार...

विदेशबाट उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान अनिश्चितकालका लागि स्थगित

काठमाडौं – सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय...

यौन दुर्व्यवहारको आरोपमा ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिक जेल चलान

लन्डन – आफ्नै साथीको छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा ब्रिटिस सेनामा सेवारत एक गोर्खा सैनिकलाई जेल चलान गरिएको छ । ४४ वर्षीय बिनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले साँढे दुई वर्षका लागि जेल चलान गरेको स्थानीय अनलाइन वील्शायर टाइम्सले उल्लेख गरेको छ । फैसला सुनाउंदै न्यायधिस जेम्स प्याट्रिकले आफ्नो देशको लागि राईले सम्मानका...

स्वदेश फर्कन लागेका करिब १०० नेपालीहरु दुबई एयरपोर्टमा अलपत्र,जहाज रित्तै फर्कियो

युएई – अन्तिम समयमा उडान रद्द हुँदा दुबईको अन्तर्राष्ट्रिय बिमानस्थलमा दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका छन्। आज बिहान ३ः५५ बजे दुवईबाट काठमाडौं लागि हुने भनिएको नेपाल एयरलाइन्सको उडान नम्बर (आरए–२२९२) रद्द भएपछि एयरपोर्ट पुगेका दर्जनौं नेपाली यात्रुहरु अलपत्र परेका हुन्। उनीहरु ५ घण्टा अघिनै एयरपोर्ट पुगेका थिए। होटल क्वारेन्टिन सुनिश्चित गरिएपछि मात्रै...

विदेशबाट दैनिक ५ सय जना मात्रै उद्धार गर्ने सरकारको निर्णय पुनर्विचार गर्न एनआरएनएको आग्रह

काठमाडौं – विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह...

५ महिनाको अवधिमा युएईमा ११० नेपालीको मृत्यु

युएई – युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी...

अस्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत अवस्थामा फेला

सिड्नी – अस्ट्रेलियाको ‘दक्षिण अस्ट्रेलिया’ राज्यमा २७ वर्षीय नेपाली युवा मृत अवस्थामा फेला परेका छन्। काठमाडौँ घर भई सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए। मृतक आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमलाले जानकारी...

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

कडिसी । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन्...

वैदेशिक रोजगारीबाट फर्केकी २१ वर्षीया युवतीलद्धारा आत्महत्या

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा एक युवतीले आ’त्म’ह’त्या गरेकी छिन् । गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीको क्वारेन्टाइन भवनमा उनलाई झु’न्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिनुभएको छ । बेथानचोक वडा नम्बर ४ निवासी २१ वर्षीया युवती वैदेशिक रोजगारीका लागी दुबईमा...

मलेसियामा सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुट्ने पनि नेपाली नै

काठमाडौं – केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो। उक्त भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरिएको थियो। ड्युटीमै रहेका बेला कुटपिट भएपछि ती सेक्युरिटी निरिह देखिन्छन्। सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो। सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले...

नेपालसहित ३० देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

काठमाण्डौ – कुवेतले नेपालसहित ३० देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । हिजो शनिबारदेखि कुवेतले व्यावसायिक उडान खोले पनि नेपालसहित विभिन्न ३० देशका नागरिकको प्रवेशमा भने रोक लगाएको हो । नेपाल, बंगलादेश, ब्राजिल, अरमेनिया, बोस्निया, चिली, चीन, कोलम्बो, इजिप्ट, हङ्कङ, भारत, इण्डोनेसिया, इरान, इटाली, लेबनान, मेक्सिको, पानामा, पाकिस्तान, पेरु, फिलिपिन्स, सिङ्गापुर, स्पेन्न,...

कोरोनाबाट विदेशमा १८९ नेपालीको मृत्यु,एक सातामा २८ जनाको मृत्यु

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । विश्वका ३८ देशमा...

तामाङ समुदायका चेलीहरुलाई अश्लिल गाली गलौज गर्ने लिम्बू नियन्त्रणमा

मलेसिया । लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई नियन्त्रणमा लिएको छ । तामाङ समुदायका चेलीहरुलाई अश्लिल गाली गलौज गर्ने लिम्बू नियन्त्रणमा वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली...

मलेसियामा सेक्युरिटी गार्ड कुटिएकोबारे नेपाली दूतावासको चासो

काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ । उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । ‘सो घटनाको...

नेपालसहित ७ देशका नागरिकलाई कुवेत प्रवेशमा रोक

काठमाडौं - नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ । कुवेतमा...

भारतबाट नेपाली विद्यार्थीको उद्धार

काठमाडौं । बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । नेपाल एयरलाइन्सका अनुसार नेपालीको उद्धारका लागि बुधबार पहिलो पटक भारतमा उडान गरिएको हो । बैलौंर आसपासमा रहेका ८० जना नेपालीहरु आज काठमाडौं आउँदैछन् । नेपाल एयरलाइन्सको जहाज एक जना यात्रु बोकेर बैंलोर उडेको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार मलेसिया...

कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेको संख्या १६१ पुग्यो

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ ।यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल...

बनारसमा नेपालीमाथी दुव्यर्वहार: केस मुण्डन गराएर श्रीराम लेखेर नेपालविरुद्ध नारा लगाउन लगाए

काठमाडौं - अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार भएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् । घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना...

सरकारले विदेशमा अलपत्र नेपालीलाई वैदेशिक रोजगारी कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने

काठमाडौं  - सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने भएको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा युवराज खतिवडाले कोरोना कहरका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित गरेको जानकारी दिए। कार्यविधि पारित भएसँगै स्वीकृति लिई वैदेशिक...

कोरियामा अर्घाखाँचीका २३ बर्षिय युवाले गरे झुन्डिएर आत्महत्या

सियोल - रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत एक यूवाले झुन्डिएर आत्महत्या गरेका छन। अर्घाखाँची जिल्ला भुमिकास्थान १० धनचौर स्थायी घर भई हाल दक्षिण कोरियाको फारानमा कार्यरत २३ बर्षिय युवाले आत्महत्या गरेका हुन। बिक्रम पाण्डे नाम गरेका उनी ईपिएस मार्फत करिब ३ बर्ष अगाडी कोरिया आएको बुझिएको छ। उनले आफ्नै कम्पनिको छतमा झुन्डिएर आत्महत्या...

कोरोनाका कारण विदेशमा थप १३ नेपालीको मृत्यु

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक,एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना...

आज ६ वटा उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदै

आज ६ उडानमार्फत विभिन्न देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।खाडीका देश, मलेसिया र माल्दिभ्समा समस्यामा परेका नेपाली स्वदेश आउने उडान तालिका रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।आज कुवेतबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश आउँदैछन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत त्यहाँ समस्यामा रहेका नेपाली आउँदैछन् भने जजिरा एअरले त्यहाँ आममाफीमा सहभागी...

नेपाली श्रमिकहरुको पीडा र उनीहरुको सपनामा कालो बादल

योगेन्द्र योगी | असार १५, दोहा:  प्रायजस्तो बिदेशीने नेपालीहरुले सोचेका हुन्छन् धेरै पैसा कमाएर सुखी जीवन र सुन्दर भविष्य बनाउने अनि परिवारका सदस्यहरुको आवश्यकता र चहाना पूरा गर्न ठुलो सपना बोकेर गाउँमा बुढा बाबा-आमा र स-साना भाई-बहिनीहरुलाई छोडेर कतार आएका थिए सिराहाका रामबाबु महतो । आज भन्दा एकवर्ष पहिले कतारमा रहेका...

छातीमा राष्ट्रिय झण्डा बेरेर तिर्सनाको अश्लील हर्कत, चौतर्फि आलोचना

बेलाबेला अश्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि विवादमा तानिएकी छिन् । टिकटिक नेपालमा झन्डा छातीमा बेरेर पोष्ट गरेपछी उनलाई सामाजिक संजालमा गालीको ओइरो लागेको छ । उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज।’ झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले...

अत्यन्तै खुशीको खबरः साउदीबाट फर्किन चाहने अल्पत्र नेपालीहरुलाई साउदी सरकारको यस्तो सहयोगको घोषणा !

कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीहरु साउदीबाट जरिवानाबिनै स्वदेश फर्कन सक्ने भएका छन् । कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुनः प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले...

मलेसियाबाट नेपाल आउने हवाई भाडा सस्तियो, मालिन्डो एयरले आरएम १५ सयमा ल्याउने

क्वालालम्पुर– मलेसियाबाट नेपाल जाने हवाई टिकट केहि सस्तो हुने भएको छ । मालिन्डो एयरले अब आरएम १५ सयमा मलेसियाबाट नेपाल चार्टर उडान भर्ने भएको छ । नेपाली राजदुतावास मलेसियाको पहलमा मालिन्डो एयरलाइन्स मलेसियाले आगामी जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने भएको दुतावास स्रोतले जानकारी दिएको छ । उक्त एयरलाइन्सले...

अष्ट्रेलियाको मेलवर्नबाट आज २२० नेपाली स्वदेश फर्किँदै 

सिड्नी - अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान हुँदैछ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २२० जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किन लागेको जानकारी दिए । यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आफ्ना आफ्न्त भेट्न र...

तत्काल स्वदेश फर्कन चाहने जापानमा रहेका नेपालीले जुन ३० सम्म फाराम भरिसक्नुपर्ने

काठमाडौं– जापानमा रहेका नेपालीले नेपाल फर्किनुपर्ने अवस्था रहेको भए यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जापानस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको हो । समयमा फाराम नभरे तत्काल स्वदेश फर्कन नपाउने पनि दूतावासले जनाएको छ । दूतावासको...

विदेशमा अलपत्र श्रमिकको उद्धारबारे कार्यविधि निर्माण अन्तिम चरणमा, यस्ता श्रमीकलाई निःशुल्क उद्धार गरिने

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएर उतै अलपत्र परेका नेपालीहरुको उद्धारबारे कार्यविधी तयार हुने चरणमा पुगेको छ। आगामी मन्त्रिपरिषदको बैठकबाट कार्यविधी पारित हुने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिएका छन्। स्रोतसँग कुरा गर्दै मन्त्री यादवले मन्त्रालयले शुक्रबारसम्म कार्यविधि तयार पारिसक्ने जानकारी दिए।...

विदेशमा रहेका नेपालीलाई अभिनेता राजेश हमालको यस्तो सन्देश (भिडियोसहित)

काठमाडौं– अभिनेता राजेश हमालले भिडियो सन्देशमार्फत विदेशमा रहेका नेपालीलाई आफ्नै घर (नेपाल) आउन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै स्वदेश फर्किएका आप्रवासी कामदारको पक्षमा आवाज उठाएका छन् । उनले भिडियोमार्फत भनेका छन्, ‘यो ऐक्यबद्धताका लागि जुट्ने समय हो, आउनुस् ।’ विदेशमा रहेका नेपालीलाई यहाँका नेपालीले नमस्कार गर्दै...

नेपालका लागि बेलायतबाट उडे १ सय ४६ नेपाली

लण्डन– विभिन्न कारणले बेलायतमा आएर कोरोना संक्रमणका कारण रोकिएका नेपालीहरु स्वदेश फर्किन पाउँदा दङ्ग परेका छन् । विगत ४ महिनादेखि लकडाउनका कारण बेलायतमा रोकिएर बसेका करिब १ सय ४६ जना नेपालीहरु बेलायतको ग्याटवीक एयरपोर्टबाट दिउँसो ३ बजेर ५० मिनेट जाँदा नेपालका लागि उडेका हुन् । उनीहरु बिहीबार बिहान ९ बजेर...

मलेशियाबाट तत्काल स्वदेश फर्कन चाहने नेपाली सात हजार (सूचीसहित)

काठमाडौं– कोरोनाका कारण मलेशियामा समस्यामा परेका सात हजार नेपालीले तत्काल स्वदेश फर्किने चाहना राखेका छन् । मलेशियास्थित नेपाली दूतावासले कोरोना समस्याका कारण तत्काल स्वदेश फर्किन चाहने सात हजार नेपालीको सूची सार्वजनिक गरेको छ । क्वालालम्पुरस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सूची अनुसार सात हजार ३४१ जनाले घर फर्किनका लागि दूतावासका विवरण पेश...

अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका २ नेपाली जेल चलान

काठमाडौं -  अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो । प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक...

अमेरिकासहित विभिन्न ७ मुलुकबाट आज ११ सय ६३ नेपाली स्वदेश फर्कदैं

काठमाडौं - बुधबार विभिन्न मुलुकबाट १ हजार १६३ जना नेपालीको उद्धार गरिने भएको छ । विमानस्थल स्रोतका अनुसार बुधबार पनि विभिन्न मुलुकबाट नेपाली लिएर विदेशी र स्वदेशी विमानले उडान भर्नेछन् । आज हिमालयन एयरलाइन्सले साउदीको दमामबाट १५८ यात्रु लिएर फर्किनेछ । त्यसैगरी स‌ंयुक्त अरब इमिरेट्स यूएईबाट हिमालयन एयरलाइन्सले १५५ यात्रु ल्याउने छ...

२०२० को डिभीमा छनौट भएका बाँकीले भिसा नपाउने, नेपालीको संख्या कति ?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएकाहरुले...

८५ वर्षीया वृद्धालाई ठगी गरेको आरोपमा अष्ट्रेलियामा २ नेपाली पक्राउ

काठमाडौं -  अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा...

अस्ट्रेलियाबाट आज पहिलो उद्धार : २५९ नेपाली काठमाडौं फर्किंदै

सिड्नी – अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदै छ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरु अष्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावकहरु...

१५२ नेपाली ल्याउन मलेसिया गएको जहाज ११७ यात्रु मात्र लिएर फर्कियो

काठमाडौं – बिहीबार मलेसियामा रहेका नेपालीलाई ल्याउन नेपालबाट हिमालय एयरलाइन्सको जहाज गयो। उक्त जहाजले १५२ जना ल्याएर आउने उडान तालिका तय भएको थियो। क्वालालम्पुरस्थित दूतावासको सूचीअनुसार १५२ जनाले टिकट पनि लिएका थिए। तर जहाज भने ११७ जनामात्र लिएर फर्कियो। संकटको बेला चार्टर्ड उडानबाट सकेसम्म जहाजको क्षमताअनुसारका मान्छे ल्याउनु पर्नेमा खाली सिटमै जहाज...

विदेशमा अलपत्र नागरिकको उद्धार अब सरकारी खर्चमै गरिने

असार ४, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई सरकारी खर्चमै उद्धार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा साँच्चै अप्ठ्यारोमा परेका नागरिकलाई अहिले पनि सरकारले आफ्नै खर्चमा उद्धार गर्दै आएको बताए। उनले भने, विदेशमा जेलमा रहेर अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने...

उर्वशी रौतेला आफ्नो मजाका फोटोहरूका साथ इन्टरनेटमा जल्दैछिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्ना प्रशंसकहरूलाई कोरोनभाइरस लकडाउनका यी दिनहरूमा मनोरञ्जन दिन एउटा प्रवेशद्वार फेला पारेकी छन। उनीले हालसालै इन्स्टाग्राममा हतार गरीन् र केही जबडा-ड्रपिंग तस्विरहरूको सेट पोस्ट गर्छिन् र फ्यानहरूले यसलाई मन पराउँछन्। केहि तस्वीरहरूले उनलाई चम्किलो, बडी-अug्गाली ब्ल्याक आउटफिटमा देखाउँछिन् अर्को सेतो रातको कपडामा उनीको ओम्फले भरिएको स्नापशटको...

इन्टर्नेट सनसनी एलेक्सिस रेनले आफ्नो बिकिनी चित्रहरूको साथ साइबरस्पेसलाई भापमा परिणत गर्‍यो

एलेक्सिस रेनले इन्टरनेटमा आँधीबेहरी सिर्जना गरेको छ। उनी आफ्नो आकर्षक फोटोशूट्सको साथ सोशल मीडियामा फ्यानहरूलाई चिन्तित गर्छिन्। जहाँ उनी बिकिनीमा आफ्नो फोटोशूट लिन्छिन्। उनले नयाँ कोरल नर्सरी बनाउन र 5000००० भन्दा बढी कोरलहरू रोप्न कोष जुटाउने अभियान पनि चलाइन्। उनीले आफ्नो इन्स्टाग्राममा १ 13..9 मीको फ्यान फॉलोइंग पाउँछिन्। हामी आश्चर्यजनक...


Latest News

ओलीप्रति देउवाको कटाक्ष : भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ओली भारतको..

शिल्पा–छवि प्रकरणले प्रकाश सुवेदीका दुई कार्यक्रम परे निलम्बनमा

काठमाडौं पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परेको छन्। सुवेदीले एपीवान टेलिभिजनमा..

Top