नेपाली   |  English


News under प्रदेश १

झापामा फेरि निषेधाज्ञा, पूर्वी सीमानाका नाकामा कडाइ

झापा । कोभिड-१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापामा फेरि निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाए । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड-१९ को सङ्क्रमणको जोखिम बढ्दो...

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ बनाउने पक्राउ

काठमार्डौै । सामाजिक सञ्जाल टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको ट्रोल भिडिओ पोस्ट गर्ने एक जना पक्राउ परेका छन् । फोटो इडिट गरी टिकटकमा ट्रोल बनाई चरित्रहत्या गर्ने नियतले भिडिओ पोस्ट गरेको अभियोगमा झापास्थित मेचीनगर नगरपालिका वडा नं ६ बस्ने सोमप्रसाद घिमिरे पक्राउ परेका हुन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं...

दमकमा भोलिदेखि एकसाता निषेधाज्ञा, घरबाहिर निस्किन रोक

झापा । दमक नगरपालिकाले कोरोना संक्रमण दर बढेको भन्‍दै एक साता निषेधाज्ञा लागू गर्ने भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने विज्ञप्तिमार्पत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ दमक नगरपालिका...

बालिकामाथी मुख्यमन्त्री राईपत्नीको आक्रोश : ‘अब चुप लागेर बस्नु हुँदैन’

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको चरित्र हत्या भएको बताएकी छिन् । उनले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन् । बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल...

प्रदेश १ को प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं – प्रदेश १ को सातौं प्रदेश सभा अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश सभाको अधिवेशन अन्त्य गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए। सातौं प्रदेश सभा अधिवेशनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भए पनि सर्वोच्चको फैसलाले नेकपा...

चट्याङ परेर लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त

काठमाडौं – ओखलढुंगाको लिखु गाउँपालिका वडा नम्बर ८ मा चट्याङले गाउँपालिका अध्यक्ष र वडाध्यक्षको घर ध्वस्त बनाएको छ। गए राति करिब १ बजेतिर चट्याङ परेर आगलागी भएपछि दुइटा घर ध्वस्त भएको हो। गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेल र उनका भाइ वडा नम्बर ८ का वडाध्यक्ष विशालकुमार पौडेलको घर चट्याङले खरानी बनाएको छ। मानवीय क्षति...

झापामा एम्बुलेन्स दुर्घटना : १ जनाको मृत्यु,१ गम्भीर घाइते

काठमाडौं – झापा शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का १ जना गम्भीर घाइते भएका छन्। आज बिहीबार बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सव घिमिरे र...

अस्पताल जान बस पर्खेर बसेका वृद्धलाई टिपरले ठक्कर दिई ब्याक गरेर मारेपछि..

काठमाडौं – बस पर्खेर बसेका इटहरीका एक वृद्धलाई टिपरले किचेर मारेको छ। कोशी राजमार्ग अन्तर्गत इटहरी १ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो। गुरुङ सोही ठाउँका स्थानीय हुन्। प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर मारेको प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्न...

बाबुछोराको विवादमा बाबुको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–८ मा बाबुछोराबीचको विवादमा एक जनाको मृत्यु भएको छ । छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाटीमा बासको भाटाले छेडेको थियो । गम्भीर घाइते...

निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकार महासंघ उदयपुरमा तालाबन्दी

काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ । निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै...

माओवादी छाडेर एमाले प्रवेश गरेका मन्त्री आङ्बुहाङको सांसद पद खोसियो

काठमाडौं – पार्टी परित्याग गर्दै प्रदेश १ सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सांसद्बाट पदमुक्त गरेको हो’। प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४...

माओवादीले फिर्ता लियो मुख्यमन्त्री राई विरूद्धको अविश्वास प्रस्ताव

विराटनगर – प्रदेश नम्बर १ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव फिर्ता भएको छ। प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले बताए। सोमबार अविश्वास प्रस्ताव...

उदयपुरगढीको पाँच गाउँमा पहिलोपल्ट बिजुली,स्थानिय हर्षित

उदयपुर । सधैं अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब...

सुंगुर मार्ने झिरले रोपेर हत्या

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको...

जंगल लगेर बुहारीको हत्यापछि काका ससुराले गरे आत्महत्या

ताप्लेजुङ – ताप्लेजुङमा एक व्यक्तिले नातामा बुहारी पर्ने महिलाको हत्यापछि आत्महत्या गरेका छन्। पाथीभरा याङवरका–३ तिरिङ्गेकी ३६ वर्षीया विमला डाँगी बस्नेतको हत्यापछि उनका काका ससुरा नातापर्ने स्थानीय ३७ वर्षीय घनश्याम बस्नेतले आत्महत्या गरेका प्रहरीले जनाएको छ। बुधबार साँझ विमलाको शव घर नजिकैको जंगलमा फेला परेको थियो। उनको शव फेला परेको...

जनतालाई होलीका नाममा भिडभाड नगर्न निर्देशन,व्यापारीसँग होलीमै व्यस्त मुख्यमन्त्री राई

विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार...

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो...

रातमा एकल महिलाको कोठामा प्रवेश गर्ने युवालाई गाउँले कुट्दा मृत्यु, ५ जना पक्राउ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको छ। यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि बाहिर लैजाने क्रममा चैत ३ गते मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले...

मुख्यमन्त्री शेरधन राईकी पत्नीको प्रश्न-'मेरो निजी खर्चमा हेलिकप्टर लग्दा तपाईको टाउको दुखाई किन?

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतघर जादा चारवटा हेलिकोप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेको भन्दै विभिन्न मान्छेहरुले गलत प्रचार गरेको बताएकी छिन्। केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। उक्त पोस्ट सार्वजनिक भएपछि...

उदयपुरमा ८ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावासको सजाय

उदयपुर – जिल्ला अदालत उदयपुरले आफ्नै ८ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले...

ओखलढुंगाको चुनिबोटेमा भीषण आगलागी

विराटनगर – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा हिजो बेलुकाबाट डढेलो लागेको हो । स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको...

दोभान बजारमा भीषण आगलागी, : ४० बढी घर जले,आगो नियन्त्रण बाहिर

काठमाडौं – ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् । आगो निभाउन...

झापा पुगेर प्रधानमन्त्री ओलीले गरे कमल खोलाको पुल उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन्। गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ। सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले रु...

बिहेघरमा आक्रमण गरी लुटपाट : बेहुलीका बुवासहित चार घाइते,बेहुला बेहुलीले भागेर जोगाए ज्यान

विराटनगर – विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण...

प्रदेश १ संसद् रोक्न देउवाको तारन्तार फोन,कांग्रेसकै सांसद भन्छन्- 'सभापति ओलीसँग सेटिङमा रहेको पुष्टि भयो'

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुने आइतबारको संसद् बैठक रोक्न कांग्रेस सभापति शेरबहादुर देउवादेखि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसम्मले दबाब दिएको खुलेको छ। पुस १२ गते नै प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव १ महिना २६ दिनपछि आइतबार बल्ल टेबल भएको हो। पटक–पटकको संसद्...

ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु

विराटनगर – मोरङको उर्लाबारी नगरपालिका–४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका ८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् । को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी...

संसद् बैठक रोक्न मुख्यमन्त्री राईको दबाब,सभामुखले गरे अस्वीकार

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्। ‘उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सभामुखले आज अविश्वास टेबल...

जनताको विश्वासमा तातो पानी खन्याउने काम भयो : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी...

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं – आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो । ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको...

धरानमा बन्दकर्ता र मजदुरबीच झडप

विराटनगर – धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ । धरानमा नै सवारी साधनमाथि...

एसएलआर राइफलमा प्रयोग हुने १८५ राउण्ड गोली बरामद

विराटनगर – मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएम गोली भेटिएको हो । स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत...

मुख्यमन्त्री राईले कसे मोडल जाङ्मुसँग लगनगाँठो

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग आज विवाह भएको हो । राजधानीको एउटा पार्टी प्यालेसमा सानो जमघटमा राईले विवाह गरेका हुन् । कोरोनाका कारण थोरै संख्यामा जन्ती लगिएको थियो । पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए...

मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाधिदैं,रास्ट्रपति र प्रधानमन्त्रीको पनि उपस्थिति रहने

काठमाडौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज बिबाह बन्धनमा बाधिदै छन् ।राजधानीको एक पार्टी प्यालेसमा उनको वैवाहिक कार्यक्रम सुरु भैसकेको छ। ४९ बर्षका राईले २३ बर्षकि मोडेल जाङमु शेर्पासंग बिबाह गर्न लागेका हुन् ।उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए। उच्च स्रोतका अनुसार बिबाहमा धेरै मान्छे उपस्थिति गराइएको छैन ।राई निकटस्थ...

प्रदेश १ को बैठक तीन मिनेटमात्रै बसेर स्थगित

बिराटनगर – प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेटमात्रै बसेर स्थगित भएको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको हो । त्यसअघि राष्ट्रिय गान बजाइएको थियो । प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिए । नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने...

प्रदेश-१ संसदको हिउँदे अधिवेशनमा एक अर्कालाई निषेध गर्ने नेकपा दुई समूहको तयारी

विराटनगर - आज दुई बजे सुरू हुने प्रदेश १ संसदको सातौं तथा हिउँदे अधिवेशनमा सत्तारूढ नेकपाका दुई समूह एक अर्कालाई निषेध गर्ने तयारीमा लागेका छन्। प्रदेशसभाको एकै लहरमा सिट व्यवस्थापन गरिएको भए पनि नेकपाका प्रचण्ड नेपाल र ओली समूहले सदनमा एक अर्काविरूद्ध आक्रामक बन्ने घोषणा गरिसकेका छन्। प्रदेशसभामा अधिवेशन सुरू र...

महादेव भिरमा आइचर दुर्घटना : तीनको मृत्यु, १ गम्भीर घाइते

सोलुखुम्बु – सोलुखुम्बुमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। गएराति साढे ११ बजे सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा बा४ख ७९८० नम्बरको आइचर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका...

आफुभन्दा २७ वर्ष कम उमेरकी ज्याङ्मुसँग विवाह गर्दै मुख्यमन्त्री राई

काठमाडौं –प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूभन्दा २७ वर्षभन्दा बढी उमेर अन्तर भएकी ज्याङ्मु एन शेर्पासँग विहे गर्न लागेका छन्। ५० वर्षिय राईले आगामी माघ ११ गते २३ वर्षिय शेर्पासँग विवाह गर्न लागेका हुन्। सन् २०१८ की ‘मिस मंगोल नेपाल’ समेत रहेकी शेर्पा तत्कालिन समयमा मिस मंगोल नेपालमा सहभागी हुन आउँदा...

योगेशमाथि ओलीको हमला : बैगुनी केटो पुक्क लात्ता हानेर भाग्यो,एउटा केटोले छाडेर केही हुँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’को संज्ञा दिएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए । उनले भने, बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई...

मन्त्री आङ्बोका कारण प्रदेश –१ को बजेट दुर्घटनातर्फ अघि बढ्यो : मुख्यमन्त्री राई

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका कारण चालू आर्थिक वर्षको प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहका आङ्बोले मुख्यमन्त्री राईले लगाएका आफूविरुद्धको आरोप आधारहीन भएको दाबी गरेका छन् । मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयले चालू आर्थिक...

प्रचण्ड–नेपाल पक्षद्धारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ मन्त्रीसँग स्पष्टिकरण माग

विराटनगर - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो...

विराटनगरमा वायु प्रदूषण उच्च,घरबाहिर ननिस्कन अपिल

विराटनगर – औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक...

मुख्यमन्त्री पद जोगाउन शेरधन राईको दौडधुप : सांसदलाई मन्त्री र चुनाव खर्चसम्मको अफर

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरुको तानातान सुरु भएको छ । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्पमतमा छन् । पद जोगाउने प्रयासमा उनले नेकपा प्रचण्डûमाधव नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् । राईले मन्त्री पद...

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी,गण्डकीको लज्जास्पद हार

दाङ – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन जोड्दा अलआउट भयो । गण्डकीका...

मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई २४ घण्टे स्पष्टीकरण

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी विभाजपछि प्रचण्ड– माधव पक्षका ३७ सांसद्ले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाका प्रमुख सचतेक तथा ओली पक्षका नेता बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर...

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं - संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर — प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । ‍‍‍प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा आइतबार बिहान १० बजेर ४० मिनेटमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावको...

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बो पदमुक्त,मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

प्रधानमन्त्री ओलीको गृहजिल्ला कै दुई नेताले भने- 'ओली कमरेड,विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन'

विराटनगर - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्य पद प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्वीकार गरेकी छन् । पार्टी फुटेका कारण जनता रोइरहेको अवस्थामा आफू केन्द्रीय कमिटीमा बस्न नसक्ने बताउँदै उनले पद अस्वीकार गरेकी हुन् । ‘विश्वास र भरोसाको साथ अमुल्य मत दिएको पार्टी बिभाजन हुँदा...

सवारी दुर्घटनामा परि उद्धारको पर्खाइमा छटपटाइरहेका घाइतेलाई छल्दै हुइँकिए मुख्यमन्त्री राई

काठमाडौं – पूर्वपश्चिम राजमार्ग, मोरङको बेलबारी नगरपालिका–४ को हल्लुड चोकमा साँझको ४ बजे सवारी दुर्घटनामा परेका दुई जना सडकमा लम्पसार परेका देखिन्छन् । दुर्घटनामा परेका व्यक्तिलाई छल्दै, लेन मिचेर तीनवटा सरकारी नम्बर प्लेटका सवारी साधन साइरन बजाउँदै हुइँकिन्छन् ।उद्धारको पर्खाइमा रहेका घाइते, प्रहरी तथा एम्बुलेन्सलाई खबर गरिरहेका यात्रुहरूले साइरन...

जाडो भगाउन बालेको आगो घरमा सल्कियो : एक जनाको मृत्यु, २ घाइते

विराटनगर - चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय...

भोजपरमा पहिलो पटक तितेपातीको व्यवसायीक खेती

भोजपुर । भोजपरमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यवसायीक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोग विहिन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेतीको शुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्वी ¥याङका दुई युवा मिलेर तितेपातिको व्यवसायीक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन...

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

काठमाडौं – तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा...

व्यवसायी लामामाथि आक्रमण गर्ने नेकपा नेताका छोरासहित तीन पक्राउ

झापा – गत कात्तिक २८ गते उर्लाबारी ९ दुर्गापुरीका व्यवसायी इन्द्र लामामाथि सांघातिक हमला गर्ने समूहका तीन जना पक्राउ परेका छन्। घटनालगत्तै उनीहरू पक्राउ परे पनि राजनीतिक दलका स्थानीय नेताको दबाबमा केही घण्टापछि छुटेका थिए। व्यवसायी लामा साथीहरूसँग आफ्नै काष्ठ मिलमा खानपिन गरिरहेका बेला आक्रमणमा परेका थिए। उर्लाबारी ८का प्रज्वल गौतम नेतृत्वको...

उदयपुरको कटारीमा अज्ञात समूहद्वारा ४ ओट बोम विष्फोट

काठमाडौँ । उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा अज्ञात समूहले चारवटा शक्तिसाली बम विष्फोट गराएको छ । बिहीबार राति १२ः३० बजेतिर तीन-चार जनाको संख्यामा आएको समूहले विष्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार अज्ञात समूहले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चारवटा...

पाँचथरमा डबल क्याप दुर्घटना : एकजनाको मृत्यु, २ गम्भीर घाइते

फिदिम – मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका १ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम १ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै...

नेकपा नेता पुरीले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटियो

झापा – झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि थप १४ बिगाहा सरकारी जग्गा उनले आफ्नो नाममा राखेको देखिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ। पुरीले १० बिगाहा आठ कठ्ठा सरकारी जग्गा कीर्तेपछि आफ्नो...

५ दिनदेखि बेपत्ता १७ वर्षीया युवकको शव झाडीमा फेला

बिराटनगर – सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ । चौधरी १० मंसिरयता...

एम्बुलेन्स ट्रकमा ठोक्किँयो, एकजना बिरामीको मृत्यु,तीन घाइते

विराटनगर – विराटनगरमा सप्तरीबाट बिरामी लिएर आएको एम्बुलेन्स सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकास्थित कोशी राजमार्गमा सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स राति (सोमबार बिहान करिब १ बजे) सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो । एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा...

पर्यटनमन्त्री भट्टराईले गरे आफ्नो निर्वाचन क्षेत्रका ३ सय विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका हुन्...

सरकारको लोकप्रियता देखेर आत्तिएकाहरूले भ्रम फैलाए : प्रधानमन्त्री ओली

ताप्लेजुङ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको...

ताप्लेजुङको घुन्सा पुगे प्रधानमन्त्री ओली

ताप्लेजुङ - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । पूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट सिधै घुन्सा आइपुगेका हुन् । ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गर्नुका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ । घुन्सालाई नमुना गाउँ घोषणा...

परपुरूषसँग लागेको शंकामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं – झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट टीकादेवीको आइतबार साढे ५ बजेको समयमा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। धान उठाउन टीकादेवीसँग झापाकै दमक नगरपालिका–३ का ३५ वर्षीय...

प्रदेशका मुख्यमन्त्री देखि मन्त्रीहरुको समय बालुवाटार र खुमलटार कै दौउदधुपमा बेथित्त

नेकपाभित्रको अन्तरबिरोध चर्किंदै जाँदा सबै प्रदेशका मुख्यमन्त्री संघीय राजधानी काठमाडौं आउने क्रम बढेको छ । सरकारले आगामी बुधबार मुख्यमन्त्रीहरूको भेला आयोजना गरेका कारण पनि उनीहरूको काठमाडौं आगमन भएको बताइन्छ । उता कोटेश्वरस्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको निवासमा अस्ति बिहिबार बिहान १ नं‍‍. प्रदेशका मुख्यमन्त्री शेरधन राई र गण्डकी प्रदेशका मुख्यमन्त्री...

प्रधानमन्त्री केपी शर्मा ओली किमाथांमा

प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा पुगेका छन् । प्रधानमन्त्री ओलीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललको टोली सहित किमाथांका नाका निरीक्षण गर्न गएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर...

कोरोनाका कारण एकैपरिवारका ३८ र ३० वर्षीया दुई दाजुभाईको मृत्यु

झापा - कोरोना संक्रमणका कारण झापाको शिवसताक्षीमा एकैघरका दुई दाजुभाइको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका २ का चूडामणि भट्टराईका दुई छोरा दयाराम र योगेश्वरको मृत्यु भएको हो। भट्टराईका चारमध्ये जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको हो। दयारामको शुक्रबार बिहान विराटनगरस्थित...

विराटनगरको नोबेल शिक्षण अस्पतालमा गत मंगलबार देखी नउठेको शव सहमिति पछि उठ्यो

विराटनगर। विराटनगरको नोबेल शिक्षण अस्पतालमा ट्यूमरको शल्यक्रियाको क्रममा मृत्यु भएकी एक महिलाका परिवारका सदस्य र आफन्तले किरिया खर्च वापतको रकम पाएपछि मात्रै शव उठाएर लगेका छन् । त्यस्तै अस्पतालले उपचारमा लागेको रकम पनि फिर्ता गरिदिएको छ । किरिया खर्च र उपचारमा लागेको पैसा फिर्ताको माग गर्दै परिवारका सदस्यले तीन दिनदेखि...

सिरिसेमा कन्टेनर दुर्घटना हुदा २ को घटना स्थल मै मृत्यु र २ गम्भीर घाइते

उदयपुर : सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका ८ सिरिसे स्थित सानो दमारमा कन्टेनर पाँच सय मिटर तल खसेको छ । बुधबार साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी...

विराटनगर अस्पतालको दोस्रो तलाबाट हाम फालेका बिरामीको मृत्यु

काठमाडौं – विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो। ‘उहाँ अस्पतालको दोस्रो तलाबाट हाम फाल्नुभएको रहेछ। उपचारकै क्रममा उहाँको सोमबार...

कोरोना संक्रमणबाट इटहरीका ५६ वर्षीय पुरुषको मृत्यु

काठमाडौं – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था...

मोरङमा होटल साहुले कुट्दा ग्राहकको मृत्यु

विराटनगर – होटल सञ्चालकले कुटपिट गर्दा मोरङ उर्लाबारीमा एकजना ग्राहकको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिट गर्दा भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आइतबार राति...

विद्यालयमा पनि जोरबिजोर प्रणाली अपनाएर पठनपाठन !

दिक्तेल – खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक...

बलात्कारको प्रतिकार गर्दा १२ वर्षीया बालिकाको हत्या !

विराटनगर – सुनसरीको बराह क्षेत्र नगरपालिका– १ कटहरेमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको बलात्कार प्रयासको प्रतिकार गर्दा हत्या भएको आशंका गरिएको छ । बाबु आमा छिमेकमा धामी राखिएको घर गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी स्रोत बताउँछ । हत्यामा संलग्नको आशंकामा...

एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने २२ वर्षीय युवक पक्राउ

ताप्लेजुङ – ताप्लेजुङको सिरीजंघा गाउँपालिका– ८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्। बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए। स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६...

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु,दुई छोरीको उद्धार गर्न गएकी आमा पनि फर्कन पाइनन्

विराटनगर – मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो । १३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका...

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण अनिवार्य

काठमाडौं – सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको...

ठूलो नेतालाई झापड हान्न आएकी हुँ भन्दै पेरिसडाँडा पुगेकी बालिका पक्राउ

काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन्। प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान पेरिसडाँडाबाट पक्राउ परेकी हुन् । सत्तारुढ नेकपाको पेरिसडाँडामा सुरुभएको केन्द्रीय...

बञ्चरो प्रहार गरी आफनै छोराले गरे आमाको हत्या

दमक - झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छन्। बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन्। मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी...

कोरोनाका कारण सुनसरीमा दुई संक्रमितको मृत्यु

सुनसरी – कोरोना भाइरसका कारण मोरङका दुई जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मृतकमध्ये एक जना विराटनगर र अर्को धनपालथानका हुन् । मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको गए राति मृत्यु भएको र उनमा दीर्घ रोगको कुनै समस्या नदेखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

तलब सरकारी शिक्षकको खाने काम नेकपाको पार्टी प्रवेशमा खादा लगाउँदै हिड्ने ?

काठमाडौं - लोकतन्त्रमा राजनीति गर्ने मन नपर्दा एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने पार्टी फुटाउने र जोडिने स्वतन्त्र अधिकार सबै नेपाली नागरिकलाई हुन्छ।नेपाली राजनीतिमा पार्टी फुट्ने र जुट्ने कुनै नौलो विषय होइन। नागरिकलाई दिएको स्वतन्त्र अधिकारले एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने प्रचलन पनि खासै नौलो र आश्चर्य मान्नु खासै...

मोरङमा थप दुई संक्रमितको मृत्यु

मोरङ - मोरङमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर ४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए। विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। शनिबार बिहान...

घाँटी काटिएको अवस्थामा २८ वर्षीष पुरुषको शव फेला

झापा - शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको...

धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ८३ वर्षीय बृद्ध र मोरंगका ५६ वर्षीया महिला रहेका छन्। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बेलबारी – ५ मोरङ घर भएकी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो। उनमा गत भदौ ९ गते कोरोना...

धरानमा मृत्यु भएका २८ बर्षीया युवकमा कोरोना पुष्टि

राजविराज - धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् । ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य...

वेदमायाले अन्तिम सास फेर्दासम्म छोरालाई देख्न पाइनन्, कोरोनाका डरले दाहसंस्कार हुन सकेन्

इटहरी – शनिबार राति निधन भएकी विराटनगर महानगरपालिका ३ की पृथ्वी चोककी वेदमाया खतिवडाको शव २४ घन्टा बित्न लाग्दा पनि घरमै छ। ८७ वर्षमा निधन भएकी वेदमायाका कान्छा छोरा कोरोना संक्रमण पुष्टि भएपछि केही दिनअघि नै मारवाडी सेवा सदनको आइसोलेसनमा बसेका छन्। उनलाई कोरोना देखिएपछि परिवारका सबैको स्वाब संकलन गरेर पठाइयो। उनकी...

इलामको क्वारेन्टिनमा २२ वर्षीय युवकको मृत्यु

इलाम - सूर्योदय नगरपालिका इलाम करफोकको क्वारेन्टिनमा बसेका २२ वर्षीय युवको आइतबार राति मृत्यु भएको छ। साउन २६ गतेदेखि त्यहाँ बसेका थिए। उनी भारतको हैदराबादबाट आएका हुन्। सूर्योदय नगरपालिका ९ घर भएका ती युवकको गत साउन २९ गते स्वाब संकलन गरी मेची अस्पताल भद्रपुर पठाइएको भए पनि हालसम्म उनको रिपोर्ट आएको छैन। ज्वरो...

देश कोभिडको कहरमा,मुख्यमन्त्री रिवन काट्ने चटारोमा,प्रतिबन्धित सभामा न मास्क,न भौतिक दुरी ?

विराटनगर -  आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट...

विराटनगरमा आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

विराटनगर – कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल...

खानेपानी संस्थानकै प्रमुखको उपस्थितिमा पाइपलाइन तोडफोड

धरान – नेपाल खानेपानी संस्थान धरानका शाखा प्रमुखकै अगुवाइमा धरानस्थित सर्दुखोला मुहानको पाइपलाइन तोडफोड भएको छ । संस्थानको धरान शाखाका प्रमुख रामकुमार श्रेष्ठ र स्थानीय हर्क साम्पाङ राईसहितको २५/३० जनाको समुहले धरान खानेपानी व्यवस्थापन बोर्डले निर्माण गरेको पाइपलाइन फुटाइदिएको धरान खानेपानी बोर्डले आरोप लगाएको छ । धरान–१३ फुस्रे सिस्टममा आउने सर्दु...

प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यसहित परिवारका तीन सदस्यलाई कोरोना पुष्टि

विराटनगर – प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०÷१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको...

तुम्लिङटार बजार डुबानमा, भोटखोला जाने सडक १५ दिनदेखि अवरुद्ध

संखुवासभा लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए । उत्तर–दक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि...

संखुवासभा पहिरोमा हराइरहेका ४ जनाको जीवितै उद्धार,अन्यको खोजीकार्य जारी

खाँदबारी - सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा हराइरहेकाको पहिचान खुलेको छ । पहिराले आठ घर बगाएको छ भने ११ जना सम्पर्कविहीन छन् । चार जनालाई स्थानीयवासीले जीवितै उद्धार गरेका छन् । प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार पहिरामा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर...

संखुवासभामा पहिरो : ११ जना बेपत्ता

संखुवासभा - केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको...

बाढीले पोल ढाल्दा ओखलढुङ्गासहित तीन जिल्लामा विद्युत् अवरुद्ध

उदयपुर - लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य...

विप्लवका पूर्व भोजपुर सेक्रेटरी मादेन पक्राउ

भोजपुर - नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार  प्रहरीले आज सार्वजनिक गरेको हो । राईलाई...

जब कृषिमन्त्री धान रोप्ने उद्घाटन गर्न बुट लगाएर खेतमा छिरे त्यसैबेला मेसिनले धानै रोपेन!

उदयपुर - कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल सोमबार धान दिवस तथा रोपाइँ महोत्सवको कार्यक्रमका लागि उदयपुर पुगे । त्रियुगा नगरपालिका १३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले चक्लाबन्दी खेती गरेको ठाउँमा सोमबार मेसिनले धान रोप्ने कार्यक्रम थियो । त्यसका लागि त्रियुगा नगरपालिकाले धान रोप्ने मेसिनको बन्दोबस्त पनि गरेको थियो । धान दिवसको...

स्कारपियोले पैदलयात्रीसहित मोटरसाइकललाई ठक्करदिँदा तीनजनाको मृत्यु

विराटनगर - पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । बिहीबार राति करिब साढे ८ बजे भएको दुर्घटनामा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका ७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको...

कोरोना अपडेटः प्रदेश १ मा एकै दिन ७० जना डिस्चार्ज

विराटनगर– प्रदेश १ बाट बिहीबार ७० जनाले कोरोना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा मोरघका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना छन्। उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५...

१० हजार ७ सय २८ कोरोना भाइरसका संक्रमित को–को र कहाँबाट ? (विवरणसहित)

काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १० हजार ७ सय २८ पुगेको छ । आज ६ सय २९ जना संक्रमित थपिएपछि उक्त संख्या पुगेको हो । कुल संक्रमितमध्ये एक हजार ९४ महिला र ९ हजार ६ सय ३४ पुरुष छन् । हालसम्म संक्रमितमध्ये २४ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या...

कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना पुष्टि

विराटनगर- झापामा कुवेतबाट फर्किएका सात जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार झापामा मंगलबार संक्रमण पुष्टि भएका १४ जना मध्ये सरकारले कुवेतबाट उद्दार गरी ल्याएका ७ जना महिलामा कोरोना संक्रमण देखिएको हो । एक जना महिला भने भारतको आसामबाट झापा आएकी हुन् ।...

ओखलढुङ्गामा पनि पहिलो पटक भेटिए कोरोना संक्रमित

काठमाडौं – विश्वव्यापी कोभिड महामारीको संक्रमण ओखलढुङ्गामा पनि देखिएको छ। लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार, उनी लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका...

ओलीमाथि बढ्दो दबाब : नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्धकोे लडाईंमा सिंगो देश लकडाउनमा छ । सबै नेपाली जनताका दैनिकी प्रभावित भएको छ । कारोबारहरु बन्द छन् । एक महिनादेखि कुनै जमघट र भेला गर्न सक्ने अवस्था छैन । देशको सामाजिक, आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको छ । इतिहासकै अत्यन्त कठिन अवस्थामा राष्ट्र पुगेका...

कोरोना संक्रमितहरुको 'ट्रेसिङ' र 'टेस्टिङ'को जिम्मा स्थानीय तहलाई

काठमाडौँ — शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोनाभाइरस रोग (कोभिड–१९) सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्यले संक्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्दै ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि स्वास्थ्यकर्मीहरुको तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ । टोलीमा एक–एकजना जनस्वास्थ्य अधिकृत, ल्याब टेक्निसियन तथा नर्स/प्यारामेडिक गरी ३ जना रहनेछन्...

एक १9 वर्षीया केटीले टेको अस्पतालमा COVID-19 पॉजिटिभको परीक्षण गर्‍यो

काठमाडौं, फागुन २:: हालसालै फ्रान्सबाट नेपाल फर्केका एक नेपाली विद्यार्थीले कोरोनाभाइरसका लागि सकारात्मक परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने कि १-वर्षीया केटीले कोभिड १ positive लाई सकारात्मक देखाइएको छ। उनी मार्च १ 17 मा कतार हुँदै फ्रान्सबाट नेपाल जाँदै थिइन। घरमा एक्लै...


Latest News

सत्तारूढ कार्यदलको बैठकमा नेपाल पक्ष अनुपस्थित

काठमार्डौ । बालुवाटारमा सत्तारूढ कार्यदलको बैठक बसेको छ। सोमबार नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको..

पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने माओवादी केन्द्रको तयारी

काठमाडौ। नेकपा माओवादी केन्द्रले आज पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको छ । यसका..

Top