नेपाली   |  English


News under पर्यटन

एकैदिन ६७ जनाले अन्नपूर्ण हिमालको सफलआरोहण गरेर कीर्तिमानी कायम

म्याग्दी – किलर माउन्टेनको रूपमा परिचित विश्वको दशौं अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको...

६ दिनका लागी मनकामना केबुलकार बन्द हुने

मुग्लिन । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन...

फुलेन लालीगुराँस,फलेनन् चुत्रो र ऐँसेलु

म्याग्दी – जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् । यतिबेला...

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना: एक सैनिक जवानको मृत्यु

कास्की – पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एकजना जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी...

जब ताज महलमा बम राखिएको सुचना प्रहरीको सेटमा पुग्यो..

एजेन्सी – भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द भएको छ । उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताज महलमा बम राखिएको सूचना दिएका थिए । प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताज महलबाट निकाल्न आग्रह गरेका थिए । यो सूचनासँगै प्रहरीले ताज महलबाट सबै पर्यटकलाई...

ठोरी-५ सुवर्णपूरका हरि खड्का सगरमाथा चढ्दै, प्रदेश २ कै पहिलो आरोही बन्ने लक्ष

पर्सा – ठोरी गाउँपालिका– ५ का हरि खड्का बिश्वकै सर्बोच्च शिखर सगरमाथा चढ्ने भएका छन । आगामी बैशाखमा सगरमाथा चढ्ने लक्ष्यसाथ अघि बढेका खड्का सगरमाथा आरोहणपछि प्रदेश नं. २ कै पहिलो आरोही बन्ने छ्न् । ठोरी गाउँपालिकामात्र नभई समग्र प्रदेश २ नै संसार माझ चिनाउन आफुले सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको...

पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै ओबामा दम्पती

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनीले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउने भएको छ।  बाराक र मिसेलको निर्माण कम्पनी ‘हायर ग्राउन्ड प्रोडक्सन्स’ले नेटफ्लिक्सका लागि तीन वटा फिल्म, दुई वटा टिभी सिरिज र एउटा डकुसिरिज निर्माण गर्न लागेको छ। तीन फिल्ममध्ये एउटा तेन्जिङबारे हुने नेटफ्लिक्सले जारी गरेको विज्ञप्तिमा...

मेयर शाक्य भन्छन् -'गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे'

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्दै उनले विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको बताए...

हिमाल आरोहीसँग प्रम ओलीको ठट्टा : 'माउन्ट केटु जाने दुस्साहस मैले गरेको भए फर्केर आइन्थ्यो होला'

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा...

माउन्ट केटुको विश्व कीर्तिमानी कायम गरेका आरोहण दल स्वदेश फिर्ता

काठमाडौं – हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते...

के टू हिमाल आरोहणमा नेपाली टोलीले बनाए विश्व रेकर्ड

काठमाडौं – १० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको...

"हिम भरियाहरुको घाउमा मल्हम लगाउन चाहादैन राज्य।" हिम भरिया जिवन खाली

काठमाडौँ । विगत कयौँ वर्षदेखि नेपालमा हिमपर्वत आरोहण गर्ने प्रवृति चलिरहेको छ । पर्यटनहरु हिमाल आरोहण गर्दा भरियालाई आफुले साथमा ल्याएको भारी बोकाई हिमाल आरोहण गर्दछन । राज्यले २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि कोभिड–१९ को कारणले गर्दा पुर्ण रुपमा अस्थ–व्यस्थ नै भयो । विगतमा पर्यटनहरुको घुईचो लाग्दा हिम...

डोल्पामा पुरातात्विक सम्पत्ति गुम्बाहरूबाट धमा-धम चोरी

डोल्पा, १८ पुस । डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ । यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन् । माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन् । त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन् । ‘उपल्लो डोल्पाका...

मनकामना केबुलकार बन्द हुने

गोरखा– मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा...

श्रमिकको नाममा अनुदान संकलन गरेर ट्रेकिङ्ग कम्पनी मोजमस्ती र पाँचतारेमा,मजदुरलाई दुई छाक खान धौधौं

सन्तोष ढकाल काठमाडौं – पर्यटनको मेरुदण्डको रुपमा मानिने पर्यटन श्रमिकहरु यतिबेला मर्कामा परेका छन्। चीनको बुहान शहरबाट बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विश्व पर्यटन ठप्प भएको छ, जसको कारण नेपालका पर्यटन श्रमिकहरु रोजगार बिहिन हुनु परेको छ। बिशेष गरि साहशिक, सास्कृतिक, र्याफ्टिंग आदि क्षेत्रमा काम गर्ने श्रमिकहरु अत्याधिक मारमा परेका...

लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला

बुटवल – कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे...

भारतसहित सबै मुलुकका लागी अन्तर्राष्ट्रिय उडान खुला

काठमाडौँ - नेपालले कोरोना माहामारीका कारण ०७६ चैत ९ गतेदेखि रोकेका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार बुधबारको मन्त्रीपरिषद बैठकले मन्त्रालयलाई भारतसहित सबै मुलुकमा उडान सुरु गर्न अनुमति दिएको छ । ‘नेपाल भारत उडानबारे...

बहराइनका राजकुमारको आरोहण नेपालको पर्यटनलाई महत्वपूर्ण

काठमाण्डौ, २१ असोज । नेपालमा सन् २०२० कै पहिलो हिमाल आरोहण अन्तर्गत सोलुखुम्बुको लुबुचे हिमाल आरोहण गरेर फर्किएको आरोहण टोली मङ्गलबार गोरखाको मनास्लु हिमाल आरोहणका लागि हिडेको छ । बहराइनका राजकुमार नासिर बीन हमदसहितको टोली हिजोबाट मनास्लु हिमालको आरोहणमा लागेको पर्यटन विभागले जनाएको छ । यो टोलीले गएको शनिबार छ हजार...

पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने,७ दिन क्वारेन्टिन अनिवार्य

काठमाडौं – सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको...

सौराहाका हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने

चितवन – कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो । जिल्लाको सौराहासँगै पर्यटकीय क्षेत्रहरुमा होटल सञ्चालकहरुसँग हात्ती रहेका छन् । सौराहामा हात्तीको संख्या ७० हाराहारी छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र...

पर्यटन मन्त्री भट्टराईको राजीनामा माग्दै पर्यटन मजदुरहरुको प्रदर्शन

काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् । सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन क्षेत्रका मजदुरको अधिकार र अस्तित्व रक्षाका लागि कुनै पनि काम नगरेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् । पर्यटन मजदुर संघर्ष समितिले आइतबार पर्यटन बोर्ड...

पर्यटन दिवसको अवसरमा मन्त्री भट्टराईद्वारा मन्जुश्री पार्कमा वृक्षारोपण

काठमाडौँ – ‘४१ औं विश्व पर्यटन दिवस’ आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष ‘दीगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइँदैछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमाडौँको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरेका छन्। सो अवसरमा मन्त्री...

नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् । शुभकामना सन्देशमा लेखिएको...

कर्मचारीलाई घुमाउन सातामा २ दिन बिदा !

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न कर्मचारीलाई सातामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद लैजाने भएको छ। मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्च स्तरीय समूहको बैठकले सातामा दुई दिन बिदा दिनेसम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्ला पुग्यो

काठमाडौं – नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ । यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खालिफा समेत सहभागी छन् । राजकुमारसहितका ५ जना कैलाश हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका थिए । टोलीका अन्य सदस्य,...

पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं – सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । नेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको थियो । काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका...

सात महिनापछि खुल्यो आन्तरिक उडान

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ। सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन्। आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने...

कीर्तिमानी पर्वतारोही ‘हिमचितुवा’ को निधन

काठमाडौं – बिनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ। सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए। सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार...

लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण अनिवार्य

काठमाडौं – सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त गाउँपालिकाले राखेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको...

हिमाल चढ्न आएका बहराइनका राजकुमार काठमाडौं ओर्लिए

काठमाडौं – बहराइनका राजकुमारसहितको टोली नेपालीका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उड्नुअघि उनीहरुलाई बहराइनस्थित नेपाली दूतावासले बिदाई गरेको...

एयर अरेबियालाई यात्रुको पैसा फिर्ता गर्न पर्यटनमन्त्री भट्टराईको निर्देशन

काठमाडौँ - सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर यूएईको सारजाहबाट काठमाडौँ आएका १४२ यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् । मन्त्रालयमा आज नियमित उडानको भाडा दर र चार्टर उडानको गुनासाको सम्बन्धमा बसेको बैठकमा पर्यटनमन्त्री...

११ सय वर्ष पुरानो सुनका सिक्का फेला

एजेन्सी - पुरातात्विक क्षेत्रमा स्वयम सेवा गरिरहेका युवाले इजरायलको मध्य क्षेत्रमा ११ सय वर्ष पुरानो सुनका सिक्का फेला पारेका छन्। पुरातात्विक क्षेत्रमा खोजीमा खटिएका युवाले माटोको भाँडोमा राखी गाडिएको ११ सय वर्ष पुरानो ४२५ वटा सुनका सिक्का भेट्टाएका हुन् । अधिकांश सिक्कामा रहेको मिति इस्लामिक समयको प्रारम्भिक काल छ। ती सिक्काहरुको तौल...

विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ आउनेहरु होटलमा बस्नु पर्दैन, सिधै घर जान पाइन्छ : मन्त्री भट्टराई

काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा...

पर्यटन मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं - सिंहरदबारभित्र कार्यरत शाखा अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ३१ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । ‘४६ जनाको स्वाब शंकलन गरिएको थियो । अरुको रिपोर्ट नेगेटिभ आयो तर, उहाँको पोजेटिभ आएको छ’ मन्त्रालयका एक अधिकारीले भने । संक्रमित महिला कार्यरत महाशाखाका...

कोरोना कहरका कारण गोकर्णेश्वर मन्दिर सिल,कुशे औंसीमा लागेन मेला

काठमाडौं – भाद्र कृष्ण औंसी अर्थात् बुवाको मुख हेर्ने दिनमा यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला नलाग्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं..४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा हरेक वर्ष लाग्दै आएको मेला यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको हो । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण,...

रुवीभ्यालीले भूबनोटको फाइदा लिएर विकासमा र समृद्धिमा फड्को मार्न सक्छ : मन्त्री फुयाँल

 काठमाडौं – वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले धादिङको रुवीभ्याली जोड्ने सडक आगामी चैत मसान्तसम्ममा सम्पन्न हुने बताएका छन् ।  ‘रुवी भ्याली एकीकृत विकास परियोजना’ सम्बन्धी अन्तरक्रियामा सहभागी भएर प्रदेश राजधानी हेटौंँडा फर्किएका मन्त्री फुयालले २०७८ सालको नयाँवर्ष सडकमार्ग हुँदै रुवीभ्याली पुगेर मनाउन सकिने री काम गरिने बताए । मन्त्री फुयाँलले...

खुलेको दुई हप्तामा नै सौराहाका होटल पुनः बन्द,खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान भएको व्यवसायीको गुनासो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई हप्तामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारदेखि बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेदेखि...

बौद्धमा झण्डै ७ करोडको लागतमा आधुनिक पार्क बन्दै,सांसद राईले गरे सिलान्यास

काठमाडौं -  बौद्धमा झण्डै ७ करोडको लागतमा पार्क बन्ने भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा वागमती नगर जग्गा एकिकण आयोजना खुल्ला आधुनिक पार्क निमार्ण उपसमितिले काठमाडौं निर्वाचन क्षेत्र -३ बौद्धमा आधुनिक वागमती नगर पार्क निमार्ण सुरु गरेको छ । काठमाडौं क्षेत्र नं -३ का प्रतिनिधि सभा सदस्य,नेपाल कम्युनिष्ट पार्टी( नेकपा) केन्द्रिय...

होटल तथा पर्यटन क्षेत्रका श्रमिकलाई आधारभूत रकम उपलब्ध गराउने हान र मजदुरसंठनबीच सहमति

काठमाडौं - होटल तथा पर्यटन क्षेत्रका श्रमिकहरुले तलबमा केही राहत पाउने भएका छन् । कोरोना तथा लकडाउनले चौपट भएका होटल तथा पर्यटन व्यवसायीहरुले आफ्ना कर्मचारी तथा श्रमिकलाई होटलले भुक्तानी गर्नु पर्ने कूल आधारभूत रकम तय गरेर उपलब्ध गराउने भएका हुन । व्यसायीहरुले आफ्ना श्रमिहरुलाई बन्दाबन्दी समयको समेत केही रकम उपलब्ध...

ठमेलमा व्यवसायीलाई एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् । आइतबार ठमेल पर्यटन...

पर्यटनमन्त्रीको जूम मिटिङमा ‘पोर्न भिडियो’ आए पछी !

काठमाडौँ । पर्यटन मन्त्री योगश भट्टराईको जुम मिटिङमा र्पोन भिडियो आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९ ) पछिको पर्यटन कसरी संचालन गर्ने भन्नेबारे तयार पारिएको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टरको लोकापर्णका लागि आयोजना गरेको जूम मिटिङमा एकाएक अश्लील भिडियो देखिएको हो । पर्यटन...


Latest News

Top