नेपाली   |  English


News under करोबार

उर्वशी रौतेला आफ्नो मजाका फोटोहरूका साथ इन्टरनेटमा जल्दैछिन्

बलिउड अभिनेत्री उर्वशी रौतेलाले आफ्ना प्रशंसकहरूलाई कोरोनभाइरस लकडाउनका यी दिनहरूमा मनोरञ्जन दिन एउटा प्रवेशद्वार फेला पारेकी छन। उनीले हालसालै इन्स्टाग्राममा हतार गरीन् र केही जबडा-ड्रपिंग तस्विरहरूको सेट पोस्ट गर्छिन् र फ्यानहरूले यसलाई मन पराउँछन्। केहि तस्वीरहरूले उनलाई चम्किलो, बडी-अug्गाली ब्ल्याक आउटफिटमा देखाउँछिन् अर्को सेतो रातको कपडामा उनीको ओम्फले भरिएको स्नापशटको...

एक १9 वर्षीया केटीले टेको अस्पतालमा COVID-19 पॉजिटिभको परीक्षण गर्‍यो

काठमाडौं, फागुन २:: हालसालै फ्रान्सबाट नेपाल फर्केका एक नेपाली विद्यार्थीले कोरोनाभाइरसका लागि सकारात्मक परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनको कार्यालयमा पत्रकार भेटघाट आयोजना गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने कि १-वर्षीया केटीले कोभिड १ positive लाई सकारात्मक देखाइएको छ। उनी मार्च १ 17 मा कतार हुँदै फ्रान्सबाट नेपाल जाँदै थिइन। घरमा एक्लै...

काठमाडौं उपत्यका लक-डाउनको छैटौं दिन

कोरोनाभाइरस (COVID-19) को प्रकोप रोक्नको लागि आइतवार सरकारले लागू गरिएको तालाबन्दीको छैटौं दिनमा प्रवेश गर्यो। कतारको माध्यमबाट फ्रान्सबाट फर्केका १-वर्षीय विद्यार्थीमा देशले दोस्रो COVID-१ reported घटना रिपोर्ट गरेको एक दिन पछि सरकारले मंगलबार बिहान at बजेदेखि राष्ट्रव्यापी तालाबन्दी लगाएको हो। पहिलो केस जनवरीमा रिपोर्ट गरिएको थियो तर पछि यसलाई रिकभरी घोषित...

ओलीमाथि बढ्दो दबाब : नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्धकोे लडाईंमा सिंगो देश लकडाउनमा छ । सबै नेपाली जनताका दैनिकी प्रभावित भएको छ । कारोबारहरु बन्द छन् । एक महिनादेखि कुनै जमघट र भेला गर्न सक्ने अवस्था छैन । देशको सामाजिक, आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गएको छ । इतिहासकै अत्यन्त कठिन अवस्थामा राष्ट्र पुगेका...

ठमेलमा व्यवसायीलाई एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका ठमेलमा व्यवसायीलाई ५० प्रतिशत घर भाडा छुट दिन घरधनी तयार भएका छन् । कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट दिन तयार भएका हुन् । आइतबार ठमेल पर्यटन...

अब मात्र ९ हजार सात सय ३४ रुपैयाँ मासिक किस्ता तिरे सुजुकीको कार चड्न पाहिने

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट तिरे सुजुकीका पेसेन्जर कार र त्यस्तै  दुई...

यामाहा मोटरसाइकल तथा स्कुटर ब्रान्डको शुन्य प्रतिशत फाइनान्स स्किम

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा...

अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका २ नेपाली जेल चलान

काठमाडौं -  अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो । प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक...

सुनको भाउ फेरी बढ्यो,आज कति पुग्यो?

काठमाडौं - बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं - शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ। बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो। त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

फेरी बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं - पछिल्लो समय सुनको मूल्य बढेर एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनिरहेको छ। आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड बनेको छ । सुनचाँदी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज सुनको मूल्यमा प्रति तोला ७ सय रुपैयाँ बढेको छ । योसँगै अब छापावाल सूनको मूल्य ९१ हजार ३ सय पुगेको...

नेप्से ६ प्रतिशत घटेपछि कारोबार बन्द

काठमाडौं – नेप्से परिसूचक ६ प्रतिशत घटेपछि आजको कारोबार बन्द भएको छ । मंगलबार र बुधबार दुई दिन सकारात्मक सर्किट लागेर बन्द भएको नेप्से बिहिबार भने नकारात्मक सर्किट लागेर बन्द भएको हो। बिहिबार बजार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको थियो भने ११ः४७ मा दोस्रो सर्किट...

आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं – लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा...

सुनको मुल्यमा सामान्य गिरावट,कति पुग्यो तोलामा ?

काठमाडौं– आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ स्थिर छ । आज सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो । चाँदी भने हिजोजस्तै तोलाको ९ सय ४० रुपैयाँमा...

किस्ता तिर्न नसकेपछि यातायात व्यवसायीले बुझाए बैंकलाई १५५ गाडीको चाबी

काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत...

आज सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड, तोलामा कति पुग्यो?

काठमाडौं - बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य...

नेपालको राष्ट्रियतामा धावा बोल्ने भारतीय समाचारका च्यानल बन्द

काठमाडौं - नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण आजै साँझदेखि बन्द गरेका हुन्। चीनसँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतःस्फूर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए। ‘हामी अपरेटरहरुले सल्लाह गरेर हाम्रो...

पेट्रोल-डिजेलको मूल्य फेरि बढ्यो

काठमाडौं - नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो । सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ । अब पेट्रोलको मूल्य...

३३ किलो सुन प्रकरणका आरोपीलाई यूएईबाट काठमाडौं ल्याइयो

काठमाडौं - यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका अनुसार उनलाई काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

फेरी बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै, तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तैगरी, चाँदी पनि रु १०...

नेप्सेमा सामान्य वृद्धि

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५...

पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर रावलसहित तीनै जनालाई अदालतको सफाइ

काठमाडौं - विशेष अदालतले पोलिमर नोट छपाइ प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित तीनै जनालाई सफाइ दिएको छ। झन्डै २० वर्षअघि १० रूपैयाँका पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको भन्दै डेढ वर्षअघि अख्तियारले पूर्वगभर्नर रावल, नोट विभाग प्रमुख उपेन्द्रकेसरी पौड्याल र अस्ट्रेलियाको मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई भ्रष्टाचार मुद्दा लगाएको थियो। मंगलबार...

पठाओका सहसंस्थापक फहिम शरीर काटिएको अवस्थामा मृत फेला

एजेन्सी - राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा शव फेला परेको बताइएको छ । ३३ वर्षीय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको...

घट्यो सुनचाँदीको भाउ

काठमाडौं - सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको...

१५ अंकले घट्यो नेप्से

काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अंकमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अंकले घटेर ३०७.०५ मा पुगेको छ । आज कुल १८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता...

साउन १५ बाट होटल संचालन गर्न दिने सरकारको निर्णय

काठमाडौं - साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ । साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन्...

अब ‘आइफोन एसई २०२०’ नेपाली बजारमा पनि

काठमाडौं – नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ। कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारिक रुपमा नेपाली बजारमा आइफोन एसई २०२० खरिद गर्न सकिने जानकारी दिएको छ। कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त महर्जन कलंकीबाट पक्राउ

काठमाडौं - बैंकिङ कसुर मुद्दामा फरार राजेन्द्र कुमार महर्जन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार कृष्णभक्त महर्जनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेन्द्र कुमार महर्जन भएको बैंकिङ कसुर मुद्दामा ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार पक्राउ गरिएको हो । सीआईबीका अनुसार उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले काठमाडौं...

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा नेपाली बजारमा, के-के छन् फिचरहरु ?

काठमाडौं - नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित...

लगातार उकालो लाग्दै सुनको भाउ,आज तोलाको ९८ हजार २ सयमा कारोबार

काठमाडौं – सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ...

सुनको मूल्य आज पनि बढ्यो,तोलामा कति पुग्यो ?

काठमाडौं – सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा छ। बुधबार पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच...

सुनको मूल्यमा नयाँ रेकर्ड,तोलाको झण्डै १ लाख

काठमाडौं – बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड कायम हुँदै आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४...

सुनको भाउ आजपनि बढ्यो,प्रतितोला झण्डै १ लाखमा कारोवार

काठमाडौं – सुनको भाउ तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । महासंघले आइतबारका लागि...

आज कति पुग्यो सुनको मुल्य ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।सोमबार चाँदीको भाउ भने बढेको छ ।...

सुनको भाउ आज पनि बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं – सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको सुनको भाउ मंगलबार कारोबारका लागि ९८ हजार ८ सय रुपैयाँ तोकिएको हो । आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको...

सुनको भाउ तोलाकै एक लाख नाघ्यो

काठमाडौं – बिहीबार सुनको मूल्य एकैदिन ११ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एक लाख एक हजार चार सयमा कारोबार भएको सुन आज एक लाख २ हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको मुल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै...

आज पनि सुनको मूल्यले राख्यो नयाँ रेकर्ड,तोलामा कति पुग्यो ?

काठमाडौं – लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार...

आज पनि तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं – मंगलबार सुनको मूल्य तोलाको एक लाख सोह्र सय पुगेको छ। सोमबार एक लाख २ हजार ४ सयमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार...

जाली नोट कारोबारी अन्सारी पक्राउ

काठमाडौं – प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार उनी पक्राउको पुष्टि गरेको छ । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन्...

हिजो ठुलो अन्तरले घटेको सुनको मुल्य आज तोलामै २ हजार ४ सयले बढ्यो

काठमाडौं – बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार...

आज पनि बढ्यो सुनको भाउ , कति पुग्यो तोलामा ?

काठमाडौं – सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८...

जगदम्बाका रड प्रयोग भएका संरचनाहरु उच्च जोखिममा [ भिडियो रिपोर्ट सहित ]

साउन ३०, काठमाडौँ । जगदम्बा स्टिल्स् कम्पनीबाट उत्पादित निर्माणजन्य बस्तुहरु कमजोर र गुणस्तरहिन भएको फेला परेको छ । काठमाडौँको नागार्जुनमा निर्माण भईरहेको एक घरमा प्रयोग गरिएका रडहरु सजिलै भाँचिने र नासिने भएको भन्दै घरधनी र जगदम्बाका रड प्रयोग गरिएका उपभोक्ताहरु त्रसित छन् । निर्माणाधीन रहेको श्रीकृष्ण भट्टराईको घरमा प्रयोग भएको जगदम्बा...

आज कति पुग्यो सुनको भाउ ?

काठमाडौं – आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कायम छ। शुक्रबार ९८ हजार ६ सयमा कारोबार भएको सुन आज २ सयले घटेको हो। आज चाँदीको मूल्य १३ सय २५ रुपैयाँमा पुगेको छ। शुक्रबार १३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले...

काठमाडौं उपत्यकाका यी स्थानमा पाइन्छन् १ करोड भन्दा कम मुल्यमा घर

काठमाडौं – तपाईं ऋणपान गरेर १ करोड रुपैयाँ जुटाएर काठमाडौं उपत्यकामा घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । काठमाडौं उपत्यकाभित्रै १ करोड रुपैयाँभन्दा कम मूल्यमा घर पाउन थालेको छ । पछिल्ला दिनमा कोरोनोको प्रभाव बढ्दै गएपछि कम मूल्यमा घर पाइन थालेको हो ।पछिल्ला दिनमा केही पैसा...

उच्च अदातले अन्तरिम आदेश खारेज गरेसँगै लगानी बोर्डका सिइओ भट्टलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले आइतबार यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै भट्टलाई काम गर्न मार्ग प्रशस्त गरिदिएको हो । उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको संयुक्त इजलाशले यसअघि जारी गरिएको अन्तरिम आदेश...

सुनको मूल्यमा सामान्य गिरावट,आज कतिमा कारोबार ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा (सोमबार) तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार...

फेरि बढ्यो सुनको मुल्य,तोलाको कति पुग्यो ?

काठमाडौं - सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो । यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको...

अब सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा ब्रुनईबाट पनि

काठमाडौं – ब्रुनईको ख्यातिप्राप्त सियामली रेमिट्यान्स (SIAMMALI Remittance) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । यो सेवाबाट नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ८५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन...

ओम्नीसँगको सम्झौतालाई निरन्तरता दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेडसँग स्वास्थ्य सेवा विभागले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद गर्न गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि विभागले आफूसँग गरेको सम्झौलाई पुनः निरन्तरता दिनुपर्ने र कालोसूचीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा भदौ १ गते दर्ता भएको...

सुनको मूल्यमा सामान्य गिरावट,तोलामा कति घट्यो?

काठमाडौं – सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९७ हजार चार...

बिहानै कालीमाटी र बल्खु तरकारी बजारको छड्के अनुगमनमा पुगे आपूर्तिमन्त्री भट्ट

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट्ले बल्खु र कालीमाटी तरकारी बजारको भिड व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार बिहान कालीमाटी र बल्खु फलफूल तथा तरकारी बजारको छड्के अनुगमन गर्दै मन्त्री भट्टले यस्तो चेतावनी दिएका हुन् । बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, सामाजिक दूरी कायम नभएको...

नेप्सेमा २१ अंकको वृद्धि

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उल्लेख्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१.१० अंकले बढेर एक हजार ४६२.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.७७ ले वृद्धि भई २९८.७४ मा पुगेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन काठमाडौँ उपत्यकाका...

आवको पहिलो महिनामै साढे ४ अर्बको मोबाइल फोन आयात

काठमाडौं- गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारी रहेकै बेला बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात भने न्युन रहेको भन्सार विभागले जनाएको छ । साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो ।...

सुनको मूल्यमा सामान्य गिरावट,आज कतिमा कारोबार हुँदै ?

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला...

सुनको मुल्य घट्यो,आज कतिमा कारोबार हुँदै ?

काठमाडौं  -नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु ७०० ले कमी आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज बुधबारको तुलनामा रु ७०० ले कमी आई रु ९६ हजार ५०० मा कारोवार भएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० मा कारोवार...

कुखुराको मासु प्रतिकिलो २०० मात्रै

चितवन – तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ। कोरोना भाइरसको...

मल आपूर्ति गर्न नसकेपछि ठेक्का सम्झौता रद्द, दुई कम्पनीको धरौटी जफत

काठमाडौं - तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको छ । शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ...

सरकारले खुल्ला गर्यो जग्गा कित्ताकाट

काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द...

प्रतिकोसा एक रुपैयाँमा पनि बिकेन केरा

बारा – लकडाउनका कारण बजार बन्द हुँदा बाराको निजगढमा उत्पादन भएको केरा बारीमै कुहिएर खेर गएको छ । काठमाडौंसहित पोखरा, नारायणघाट छिमेकी जिल्ला वीरगञ्ज, हेटौडालगायतका बजार बन्द भएपछि निजगढको केरा दस रुपैयाँ दर्जनमा पनि नबिकेको किसानले बताएका छन् । निजगढको केराले मूल्य नपाउँदा पशुको आहारा हुनुका साथै खेतमै झरेर कुहिन थालेको छ...

ओप्पो ए५३ सार्वजनिक गर्ने तयारी, यस्ता छन् फिचर

काठमाडौं – ओप्पोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओप्पो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्तालाई तीव्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ । ९०एचजेड रिफ्रेश रेटसहितको ओप्पो ए५३ले ९० एचजेड नियो–डिस्प्लेमार्फत प्रयोगकर्तालाई अद्वितीय र सहज...

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं – सुनको मूल्य सोमबार बढेको छ। आइतबार ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार चार सय रुपैयाँमा कारोबार...

अन्ततः ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म सार्वजनिक खरिदमा सामेल हुन नपाउने

काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी समूहलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै औषधि खरिदमा सहभागी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको जनाएको हो । राजनीतिक रुपमा जोगाउन खोजेको भएपनि संसदीय समितिदेखि आम...

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध

काठमाडौं – भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ। हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको...

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि...

बढी मूल्यमा प्याज विक्री गर्ने एक व्यवसायी बल्खु बजारबाट पक्राउ

काठमाडौं – भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो । टोलीले कानुनी कारबाहीका...

कालीमाटी र बल्खु तरकारी बजारमा आपूर्तिमन्त्री भट्टको छड्के,कालोबजारी गर्ने ७ पसल सिल

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गरेका छन् । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले बताए । नचिनिने गरी बजार पुगेका मन्त्री भट्टले बल्खुका ७ वटा पसलमा प्याजको...

कामनपा उपभोक्ता हित समितिले गर्यो हरितगृह तरकारी बजारबाट ४२ बोरा प्याज जफत

काठमाडौं – काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ । तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो । विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको...


Latest News

संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौ - संविधान दिवसको अवसरमा चार्टड फाउन्डेसन नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ।..

मदन भण्डारी फाउन्डेसन काठमाडौं महानगर कमिटीद्धारा रक्तदान कार्यक्रम, ४८ पिन्ट रगत संकलन

काठमाडौं - कोभिड-१९ का कारण देशभर रगतको आपुर्तिमा कमि आउँन थालेपछि मदन भण्डारी फाउन्डेसन काठमाडौं..

कोरोना रिपोर्ट गलत आएपछि झण्डै मृत्युको मुखमा पुगेका डा.प्रकाश,छोरा अस्पतालको आइसियुमा बाँबु होम आइसोलेसनमा कस्तो पीडा !

बिष्णु आचार्य काठमाडौं – देश करिब ६ महिना भन्दा बढी भइसक्यो कोरोनाको कहरसँग जुधिरहेको छ ।..

Top