नेपाली   |  English

निजी क्षेत्रबाट साथ भए छिटो कोभिडमुक्त देश बनाउन सकिन्छ प्रधानमन्त्री देउवा


A A A

प्रधानमन्त्री देयवाले मुलुकको पहिलो आवश्यकता जीवनको सुरक्षा भएकोले सरकारले आफ्नो सबै प्रयास कोरोना माहामारीमा लगाउने बताएका छन् ।

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ विरुद्धको अभियानमा सहकार्य गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको तर त्यसमा निजी क्षेत्रबाट पनि साथ भएमा छिटो कोभिडमुक्त देश बनाउन सकिने बताएका हुन् ।

देउवाले मुलुकको पहिलो आवश्यकता जीवनको सुरक्षा भएकोले सरकारले आफ्ना सबै प्रयासलाई कोरोना महामारी न्यूनीकरण र त्यस विरुद्धको खोपको उपलब्धतातर्फ केन्द्रित गरेको बताएका छन् ।

उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले छ्ट्टिै आर्थिक पुनरुत्थान प्याकेज ल्याउने बताए । शर्माले निजी क्षेत्रको सुझाव समेटर आर्थिक पुनरुत्थान प्याकेज ल्याइने जानकारी दिए । सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पु(याउनु रहेको बताउँदै उनले सबै नागरिकमा खोप पुगेपछि अर्थतन्त्रलाई अगाडि बढाउन सहज हुने बताएका छन् ।

व्यापार घाटा कम गर्नका लागि औद्योगिकरण नै पहिलो शर्त रहेको बताउँदै उनले वार्षिक २ खर्बभन्दा बढीको कृषि आयातलाई प्रतिस्थापन गर्नु प्रमुख चुनौती रहेको धारणा राखेका हुन।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top