नेपाली   |  English

बागमती प्रदेश सरकार परिवर्तनको कसरत सुरु


A A A

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणिको नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।

मकवानपुर । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेकै नेपाल-खनाल पक्षसहितको गठबन्धनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।


बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । तर एमालेभित्रकै नेपाल-खनाल पक्षले साथ नदिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । एमालेभित्रको विवाद बढ्दै गएको अवस्थामा प्रदेश सरकार ढल्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश सरकारले आफ्नो स्थायित्वका लागि मन्त्रालयको संख्या थपेर असन्तुष्ट पक्षका केही सांसदलाई मन्त्री बनाउने कसरत गर्न थालेको छन् ।

बागमती प्रदेशमा नेपाल-खनाल समूहले नेकपा एमालेको एकताका लागि कार्यदल गठन गरेर काम गरिरहेकाले तत्काल सरकार परिवर्तनको सन्दर्भमा छलफल नभएको पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले बताएका छन् ।

उनले सरकारमा जाने वा नजाने तथा मुख्यमन्त्री र मन्त्री को-को बन्ने भन्नेबारेमा तत्काल छलफल नभएको भन्दै कार्यदलको निष्कर्षपछि मात्र सरकार परिवर्तनको विषयमा छलफल हुने बताए ।

‘हामीले नेकपा एमालेको एकताका लागि प्रदेशस्तरमा एउटा कार्यदल बनाएका छौं, त्यसले अध्ययन गरिररहेको छ,’ उनले भने, ‘निष्कर्ष आएको छैन, केही दिन हेरौं, त्यसपछि सरकार परिवर्तन, नेतृत्व र मन्त्रीका बारेमा छलफल हुन्छ ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top