नेपाली   |  English

काठमाडौं महानगरमा सकियो जोन्सन एन्ड जोन्सनको खोप


A A A

जोन्सन एन्ड जोन्सनको खोप अरू नगरपालिकामा आज पनि दिइने

काठमाडौ । अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ। खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । 

बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए। पराजुलीका अनुसार काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ। आजसम्ममा त्यो खोप सकिँदैछ,’ पराजुलीले भने। अर्को नआएसम्म खोप वितरण हुन नसक्ने पराजुलीले बताए।

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top