नेपाली   |  English

माधव नेपाल र उपेन्द्र यादवसँग भेट पछि ‘प्रचण्ड’ बालुवाटारमा


A A A

यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता

काठमार्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै ‘प्रचण्ड’ बालुवाटार गएका छन्।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top