नेपाली   |  English

स्याउरी युवा एकता समाज कल्वद्धारा स्वास्थ्य सामाग्री सहयोग


A A A

रोशी गाउँपालिका वडा नम्बर १ खहरेपाँगुमा रहेको रोशी अस्थायी अस्पताललाई स्याउरी युवा एकता समाज क्लवद्धारा अक्सिजन सहित रु ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग


असार ६, २०७८,काभ्रे रोशी गाउँपालिका वडा नम्बर १ खहरेपाँगुमा रहेको रोशी अस्थायी अस्पताललाई युवा क्लवद्धारा स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लवको उपाध्यक्ष अशोक लामाको विशेष पहलमा स्वास्थ्य सामाग्रीहरु बितरण भएको एक सदस्यले जनाएको छ। स्वास्थ्य सामाग्री वितरणमा कल्वका सचिव अरुण लामा सदस्यहरु हिरो लामा, सुरेश मगर, राजकुमार लामा सहितको उपस्थिती रहेको थियो। कल्वद्धारा कोभिड रोकथाम तथा नियन्त्रणको लागि अक्सिजन सहित रु ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको रोशी १ का वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिएको छ ।

उक्त सामग्री वितरण कार्यक्रममा रोशी १, २ र ३ का वडा अध्यक्ष श्रीदास लामा, पोते लामा र धनजित लामा अध्क्षयदयको पनी उपस्थिती रहेको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top