नेपाली   |  English

निषेधाज्ञा सुरु भएसंगै सडकमा जाम


A A A

‘परिचपत्रधारी व्यक्ति’हरु कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम

काठमाडौं । सरकारले जारी गरेको दुई साता लामो लकडाउन (निषेधाज्ञा)को पहिलो दिनमै सयौं ‘परिचपत्रधारी व्यक्ति’हरु कार्यालय समयमा एकैपटक सडकमा निस्किदा ठाउँ ठाउँमा जाम भएको छ ।

रत्नपार्क, सुन्धारा, कोटेशोवोर, चावहिल लगाएत क्षेत्र गाडी र मोटरसाइकलहरुले सडक जाम भएको छ । अधिकांशले विभिन्न कार्यालयका परिचयपत्र भिरेका छन् ।

एकाएक जाम भएपछि ट्राफिक व्यवस्थापनमै समस्या आएको छ । वैंक तथा वित्तीय संस्था,सहकारी,सरकारी कार्यालय,सन्चारगृहका कार्ड तथा खाद्यान्न लगायत अत्यावश्यक सामाग्री ढुवानी गर्नेहरुलाई खुकुलो बनाइएका कारण एकाएक हजारौं मान्छे सडकमा निस्केका हुन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top