नेपाली   |  English

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र, कोमल र प्रेरणा नर्भिक अस्पतालमा भर्ना

फाइल तस्बिर

A A A

तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।

काठमाडौं । कोरोना संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

उनी हिजो (शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top