नेपाली   |  English

कांग्रेसको पार्टी कार्यालय टीकापुरमा तोडफोड


A A A

घटनामा संलग्‍न नगर सदस्य बिष्टसहितलाई अनुशासनको कारबाही गरिने

धनगढी । नेपाली कांग्रेसको पार्टी कार्यालय टीकापुरमा तोडफोड भएको छ ।

कांग्रेस टीकापुरको नगर कार्यसमितिको बैठक चलिरहेका बेला शनिबार एक समूहले निर्णय पुस्तिका च्यातेर कार्यालयमै तोडफोड गरेको हो ।

कांग्रेस टीकापुर नगर समितिले घटनामा संलग्‍न नगर समिति सदस्यसमेत रहेका अँगत बिष्टलगायतलाई अनुशासनको कारबाही गर्ने जनाएको छ । नगर समिति सभापति धनराज उपाध्यायले विज्ञप्ति जारी गर्दै घटनामा संलग्‍न नगर सदस्य बिष्टसहितलाई अनुशासनको कारबाही गरिने बताए ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top