नेपाली   |  English

केकी अधिकारीले भनिन्- 'कोरोना रिपोर्ट नेगेटिभ आएपनि म आइसोलेसनमै छु'


A A A

२ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो।

नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् ।

नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन ।

केकीले कोरोना रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेको पनि उल्लेख गरेकी छिन् । केकीले सबैसँग उच्च शर्तकता अपनाउन र ख्याल राख्न समेत आग्रह गरेकी छिन् ।

उनले लेखेकी छन्- केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।

यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु।
हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top