नेपाली   |  English

बालिकामाथी मुख्यमन्त्री राईपत्नीको आक्रोश : ‘अब चुप लागेर बस्नु हुँदैन’


A A A

मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको चरित्र हत्या भएको बताएकी छिन् । उनले बारम्बार यस्ता घटना दोहोरिनु सुनियोजित भएकाले अब चुप लागेर बस्न नहुने बताएकी छिन् ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन आग्रहसमेत गरेकी छिन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो श्रीमान दोषी रहेको भए आँफै पनि कारबाहीमा उत्रिने समेत बताएकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top