नेपाली   |  English

चर्चित संगीतकार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन


A A A

नदिम–श्रवणको जोडी टुटेको छ ।

काठमाडौं । नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो ।

श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए । त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।

यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो ।

टी–सिरिज म्युजिक कम्पनीका मालिक गुलशन कुमारको हत्या प्रकरणमा अभियुक्त बनाइएपछि नदिम सन् २००० देखि नै निर्वासनमा रहँदै आएका छन् ।

फिल्मी जगतका कलाकारहरुले श्रवण राठोरको निधनमा शोक व्यक्त गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top