नेपाली   |  English

०७२ मा ढलेको धरहरा ०७८ मा उठ्यो

A A A

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको विनासकारी भुकम्पले ढलेको धरहरा ०७८ मा नयाँ स्वरुपमा ठडिएको छ । नयाँ धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ गजुरको पूजा गरेका छन् ।

धरहराको २१ तलामा पूजा गरेर टुप्पामा गजुर राखिएको छ । ३३० किलोको उक्त गजुर तामाले बनेको हो भने त्यसमा सुनको जलप लगाइएको छ ।

यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

dharahara06 dharahara05 dharahara04 dharahara0 dharahara01 dharahara03

Top