नेपाली   |  English

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दियो : १ जनाको मृत्यु,१ गम्भीर घाइते

फाइल तस्बिर

A A A

घाइतेको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ।

काठमाडौं - भक्तपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक गम्भीर घाइते छन्।

प्रहरीका अनुसार बुधबार राति साढे ९ बजे रा२प ४४३७ नम्बरको मोटरसाइकललाई बा३ख ४४६५ नम्बरको टिपरले ठिमी नगरपालिका २ सानोठिमी प्रभाग अगाडि ठक्कर दिएको हो।

टिपरको ठक्करबाट मोटरसाइकल पछाडि बसेका कैलाली चकटपुर घर भई हाल पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ।

उनको मध्यपुर अस्पतालमा राति साढे १० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल चालक दाङ लालमठिया ५ का २४ वर्षीय उमेश चौधरी गम्भीर घाइते छन्।

उनको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको परिसरले जनाएको छ।

टिपर चालक सुनकोशी गाउँपालिका ३ का ३१ वर्षीय राजन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top