नेपाली   |  English

भाकपा मार्क्सवादीका महासचिव येचुरीका ३५ वर्षीय छोराको कोरोनाले मृत्यु


A A A

उनी पछिल्लो पटक न्युजलन्ड्रीमा सहायक सम्पादकका रुपमा कार्यरत थिए ।

काठमाडौँ - भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । येचुरीका ३५ वर्षीय छोरा आशिषको उपचारका क्रममा गुरुग्रामस्थित मेदान्त अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

उनलाई २ हप्ताअघि कोरोना संक्रमण भएको थियो ।

महासचिव येचुरीले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमणका कारण आज बिहान मैले जेठो छोरा गुमाएको खबर सुनाउन पर्दा निकै दुःखी छु । हामीलाई ढाडस दिने र उनको उपचारका संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी सबैलाई म धन्यवाद दिन चाहन्छु ।’

चेन्नईस्थित एसियन कलेज अफ जर्नालिजममा अध्ययन गरेका आशिषले दिल्लीमा बसेर टाइम्स अफ इन्डियालगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । पछिल्लो समय उनी पुणे सरेका थिए । उनी पछिल्लो पटक न्युजलन्ड्रीमा सहायक सम्पादकका रुपमा कार्यरत थिए । न्युजलन्ड्रीले आशिषको निधनले आफूहरुले प्रतिभाशाली सहकर्मी गुमाएको बताएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top