नेपाली   |  English

एमालेको नुवाकोट पार्टी कार्यालयमा माधव पक्षको बैठक चलिरहँदा प्रहरीद्धारा कार्यालय घेराउ


A A A

जिल्लामा प्रहरी तैनाथ गरेर आतंकित बनाउन खोजिएको छ।’

काठमाडौं – नेकपा एमाले नुवाकोट जिल्ला कमिटीको बैठक बस्दै गर्दा प्रहरीले जिल्ला पार्टी कार्यालय घेराउ गरेको छ।

नुवाकोट जिल्ला कमिटीका अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा बैठक बस्दै गर्दा प्रहरीले घेरा हालेको हो।

सांसद समेत रहेका खतिवडा माधवकुमार नेपाल पक्षका नेता हुन्।

‘पार्टीमा विवाद सुरु भएपछि हामीहरु दुवै पक्षबीच आआफ्नो आवश्यकताअनुसार कार्यालयमा बैठक गर्न सकिने सहमति भएको थियो। त्यसैअनुसार दुवै पक्षले पार्टी कार्यालयको प्रयोग गर्दै आएका थियौं। तर आज बैठक गर्न आउँदा प्रहरीले रोक्यो,’ जिल्ला कमिटीकी सचिवालय सदस्य उषाकिरण तिमल्सिनामा भनिन्, ‘हामीले अहिले कार्यालयमा बैठक गरिरहेका छौं। प्रहरीले निकाल्न खोजिरहेको छ। यो राज्य शक्तिको दुरुपयोग हो। केन्द्रमा छलफल गर्ने जिल्लामा प्रहरी तैनाथ गरेर आतंकित बनाउन खोजिएको छ।’

तिमल्सिनाकाअनुसार सो स्थानमा तैनाथ प्रहरी अधिकृतले जिल्ला सुरक्षा समितिको बैठकमा नेपाल पक्षलाई पार्टी कार्यालय प्रयोग गर्न नदिने निर्णय भएको भनी सोहिअनुसार प्रवेशमा रोक लगाएको बताएका थिए।

प्रहरीले भने दुवै पक्षबीच भिडन्त हुनसक्ने संभावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था गरिएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलाबहादुर कार्कीले दुवै पक्षबीच कुनै प्रकारको तनाव नहोस् भनेर प्रहरी पठाएको बताए।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top