नेपाली   |  English

मदनकृष्ण श्रेष्ठ र केकी अधिकारीलाई कोरोना देखिएपछि करिश्मा मानन्धर आइसोलेसनमा


A A A

एकान्तमा बस्ने निर्णय गरेको छु

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर आइसोलेसनमा बसेकी छन्।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र नायिका केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएकाले उनीहरूसँग भेटघाट गरेकी अभिनेत्री मानन्धर होम आइसोलेसनमा बसेकी हुन्।

‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकाले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु,’ अभिनेत्री मानन्धरले भनेकी छन्, ‘सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गर्दछु।’

साथै उनले कोरोनाबाट बच्न सतर्कताको सुझाव पनि दिएकी छन्।

उनले भनेकी छन्, ‘दिनहुँ दुईपटक वाफ लिने गरुँ, सबैलाई अन्य सम्पूर्ण सुरक्षा विधिहरू अनिवार्य रूपमा अपनाउन अनुरोध गर्दछु।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top