नेपाली   |  English

स्वासप्रस्वासमा समस्या देखिएका अर्घाखाँचीका ३० वर्षीया युवकको भारतमा निधन


A A A

उनलाई १/२ दिन सामान्य ज्वरो आएको वताईएको छ ।

अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी (साविक वडा –७) का बिरेन्द्र खड्काको भारतको दिल्लीमा आकस्मीक निधन भएको छ।

नेशनल लाइव वेव टेलिभिजनका समाचार वाचक समेत रहेका अन्दाजी ३० बर्षिय खड्काको आज बिहान एक्कासि स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने तयारिकै क्रममा निवासमै निधन भएको आफन्तहरुले जानकारी दिएका छन् । मृतक खड्का दिल्लीको तिसहजारी भैरव मन्दिर नजिकै बस्दै आएका थिए । उनलाई १/२ दिन सामान्य ज्वरो आएको वताईएको छ । यद्यपी खड्काको निधन कोभिड कै कारण भयो या अन्य समस्याका कारण भयो भन्ने बिषयमा अझै पुष्टि हुन् सकेको छैन। दिल्लीमा कोरोनाले भयावह रुप लिदै गएको छ ।

खड्काको निधन संगै अर्घाखाँची जिल्लाले पछिल्लो एक हप्तामा ३ जना युवाहरु भारतमा गुमाएको छ।बैशाख ५ गते धारापानीका ४० बर्षिय हुमबहादुर भुसालको कोभिड –१९ का कारण निधन भएको थियो भने बैशाख ६ गते सोहि पालिकाका धनिश्वर खनालको निधन भएको थियो। खड्काको शवलाइ नेपाल लैजाने तयारी भइरहेको बताइएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top