नेपाली   |  English

अभिनेता सोनु सुदलाई कोरोना संक्रमण


A A A

कोरोना भाइरसको प्रकोप सुरु भएपछि आफ्नो घर जान नपाएका हजारौं मजदुरलाई घर पुर्‍याउन मद्दत गर्ने भारतीय अभिनेता सोनु सुदलाई कोरोना भाइरसको संक्रमण भएको छ।

काठमाडौं – कोरोना भाइरसको प्रकोप सुरु भएपछि आफ्नो घर जान नपाएका हजारौं मजदुरलाई घर पुर्‍याउन मद्दत गर्ने भारतीय अभिनेता सोनु सुदलाई कोरोना भाइरसको संक्रमण भएको छ।

गत शनिबार सोनुलाई कोरोनाको संक्रमण भएको उनले आफ्नो ट्विटरमा जानकारी दिएका छन्।

सोनुलाई कोरोनाको संक्रमण भएको खबरसँगै उनका हजारौं समर्थकले स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

कोरोना प्रकोपका बेला सोनुले मजदुरहरुलाई खाना, बास र घर जान सवारी साधनको व्यवस्था गरेका थिए।

त्यति मात्र नभएर उनको समाजसेवाले देशव्यापी रुप लियो। हाल चरम गरिबीमा रहेका मानिसलाई उनले तत्काल सहयोग गर्ने गरेका छन्।

मानिसहरुले भारतका सच्चा नायक सोनु सुद चाँडै कोरोनामुक्त भएर दुखीहरुको सेवामा पुनः लाग्ने बताइरहेका छन्।

हालै सोनु सुदको समाजसेवाको प्रशंसा गर्दै स्पाइसजेट विमानमा सोनुको तस्बिर टाँसेर उनलाई धन्यवाद भनिएको थियो।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top