नेपाली   |  English

लकडाउन हुनुपूर्व दिल्ली छाड्नेको ताँती(तस्बिरमा हेर्नुहोस्)


A A A

काम पनि गुम्ने र घर पनि जान नपाइने डरले हजारौं आप्रवासी मजदुरहरू घर फर्किन बस स्टेशन पुगे

नयाँदिल्ली –कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि सोमबार रातिदेखि भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको घोषणा गरेको केही घन्टापछि नयाँदिल्लीको आनन्द विहार बस स्टेशनमा मानिसहरूको घुइँचो लागेको थियो।

आफ्नो काम पनि गुम्ने र घर पनि जान नपाइने डरले हजारौं आप्रवासी मजदुरहरू घर फर्किन बस स्टेशन पुगेका थिए।

गत वर्ष मार्चमा कोरोनाभाइरसको पहिलो लहर रोक्न भारतले देशव्यापी रूपमा लकडाउन गरेको थियो। सोमबारको दृश्य एक वर्षअघिको जस्तै थियो।

अहिले एक हप्ताका लागिमात्र लकडाउन भनिएको भए पनि पछि यो बढ्दै जाने त्रासले धेरै आप्रवासी मजदुरले दिल्ली छोडेका हुन्।

भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। सोमबारमात्रै त्यहाँ थप २ लाख ५६ हजारमा संक्रमण पुष्टि भएको छ।

dilli9 dilli10 dilli8 dilli7 dilli5 dilli6 dilli4 dilli2 dilli public dilli

dilli10

dilli5


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top