नेपाली   |  English

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ढुंगाना एमालेको खनाल–नेपाल समूहमा प्रवेश


A A A

एमालेको केन्द्रीय सदस्य बनाउने पहल

काठमाडौं – सर्लाही निवासी नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशवप्रसाद ढुंगाना नेकपा एमालेमै फर्किएका छन्।

नेकपामा प्रदेश कमिटी सदस्य रहेका ढुंगाना सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र अलग गराएपछि एमालेको खनाल–नेपाल समूहमा प्रवेश गरेका हुन्।

एमालेका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले आफ्ना राजनीतिक गुरु ढुंगाना आफ्नो पुरानै मूल घरमा फर्किएको बताए।

अध्यक्ष पन्तका अनुसार सर्लाहीको बागमती नगरपालिका कर्मैया निवासी ढुंगाना नेकपा माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य थिए भने यसअघि नेकपामा प्रदेश कमिटी सदस्य थिए।

‘अब हामी उहाँलाई एमालेको केन्द्रीय सदस्य बनाउने पहल गर्छौं,’ एमाले जिल्ला अध्यक्ष पन्तले भने।

एमालेमै फर्किएपछि नेता ढुंगानाले भने, ‘म आजबाट आफैंले बनाएको घरमा फर्किएँ। आजसम्म मलाई आश्रय दिई ससम्मान व्यवहार प्रदर्शन गर्नुहुने सबै कमरेडहरूप्रति आभार प्रकट गर्दछु। धन्यवाद।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top