नेपाली   |  English

कपिलवस्तुमा बस र ट्रक ठोक्किए : एक जनाको मृत्यु, २५घाइते


A A A

पाँच जनाको अवस्था गम्भीर

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीको भनाइ छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top