नेपाली   |  English

होटल तथा रेष्टुराँ राति ८ बजेसम्म मात्रै खोल्न पाइने


A A A

होम डेलिभरी सेवा मात्रै उपलब्ध

काठमाडौं – सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै होटल तथा रेष्टुराँ सञ्चालनका लागि नयाँ नियम लागू गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त समयपछि होम डेलिभरी सेवा मात्रै उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

त्यसका साथै सरकारले राष्ट्रिय राजमार्गमा भएका होटल तथा रेष्टुराँले भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने निर्णय गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top