नेपाली   |  English

सहरी क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

फाइल तस्बिर

A A A

विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने 'विद्यालय वैशाखभर बन्द हुनेछन् । त्यसपछिको परिस्थिती हेरर अन्य निर्णय गरिने छ ।' 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top