नेपाली   |  English

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर १२१


A A A

प्रतिलिटर पेट्रोलको १२१

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।

यसअघि गत चैत २२ गते मात्र मूल्य बढाइएको थियो।

निगमका अनुसार अब काठमाडौंका लागि नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर पेट्रोलको १२१ र डिजेलमट्टितेलको १०४ रुपैयाँ निर्धारण गरिएको छ।

आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएर ७६ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top