नेपाली   |  English

चर्चित साहित्यकार कोहलीको कोरोनाका कारण निधन


A A A

चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।

काठमाडौं । हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । उनको ८१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको हो ।

कोरोनाबाट संक्रमित भएपछि उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनका चर्चित कृतिहरुमा न भूतो न भविष्यति, अभ्युदय, संघर्ष कि ओर, युद्ध, बन्धन, अधिकार और कर्म लगायत छन् ।

उनी सन् २०१७ मा भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीबाट सम्मान गरिएको थियो ।

कोहलीको निधनप्रति भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतले दुःख व्यक्त गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top