नेपाली   |  English

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

फाइल तस्बिर

A A A

कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्।

उनले माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको दाबी गरेकी छन्।

मुख्यमन्त्री शाहीका पक्षमा मत दिन उनले बिहीबार अपिल नै जारी गरेकी थिइन्। नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो।

कर्णालीमा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top