नेपाली   |  English

रुरु जलविद्युतको आइपीओ बाँडफाँट,कतिले पाए ?


A A A

प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको आइपीओ बाँडफाँट भएको छ । शुक्रबार विहान साढे ८ बजे सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले नागपोखरीमा रहेको कार्यालयना बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा १६ लाख ६९ हजार ५६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये करिब ७८ हजारको आवेदन रद्द भएको थियो ।

रितपूर्वक आवेदन दिने १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदनमध्ये ३७ हजार ९१६ आवेदकले आइपीओ प्राप्त गरेका छन् ।

कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७÷७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top