नेपाली   |  English

फेरि बढ्यो सुनको भाउ,तोलाको ९० हजार बढी


A A A

चाँदीको भाउ पनि तोलाको १३ सय रुपैयाँ पुगेको छ ।

काठमाडौं । सुन–चाँदीको भाउमा वृद्धि आएको छ । शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार पुगेको छ ।

चाँदीको भाउ पनि तोलाको १३ सय रुपैयाँ पुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १३ सय कायम गरेको हो । बिहीबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top