नेपाली   |  English

१८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा नागार्जुनबाट एक व्यक्ति पक्राउ


A A A

३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं – १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

नागार्जुन नगरपालिका–६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top