नेपाली   |  English

अविश्वास प्रस्ताव दर्ता हुन थालेपछि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य,रातारात क्याविनेट बैठक


A A A

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ ।

पोखरा । गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारीअनुसार बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।

अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top