नेपाली   |  English

झापामा एम्बुलेन्स दुर्घटना : १ जनाको मृत्यु,१ गम्भीर घाइते

फाइल तस्बिर

A A A

अनियन्त्रित भई दुर्घटना

काठमाडौं – झापा शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का १ जना गम्भीर घाइते भएका छन्।

आज बिहीबार बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा२१च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका ७ का २० बर्षीय उत्सव घिमिरे र सोहि एम्बुलेन्समा सवार सोही स्थान बस्ने २० बर्षीय सन्तोष तामाङ गम्भीर घाईते भएको प्रहरीले जनाएको छ।

उनीहरु दुवैलाई उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड लैजाँदै गर्दा चालक घिमिरेको बाटैमा मृत्यु भएको र तामाङको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top