नेपाली   |  English

रोजेनले तोडिन ‘गंगनम स्टाइल’को रेकर्ड,२४ घण्टामै ४१.६ मिलियन दर्शक


A A A

दुई विश्व रेकर्ड कायम

एजेन्सी – सोल–के–पप गर्ल ग्रुप ‘ब्ल्याकपिंक’की सदस्य रोजेन पाक उर्फ रोजे कोरियन–न्यूजिल्याण्ड गायिका हुन् । हालैमात्र रोजले आफ्नो सिंगल डेब्यूबाट दुई विश्व रेकर्ड कायम गरेकी छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार हालैमात्र रोजेन पाकले आफ्नो गीत ‘अन द ग्राउण्ड’बाट सिंगल डेब्यु गरेकी थिइन् । गीतलाई युट्युबमा निकै रुचाइयो र यसले दर्शक संख्या पनि उल्लेख्य पाएको छ ।

यो गीतले २४ घण्टामै ४१ दशमलब ६ मिलियन दर्शक पाएको छ । यो संख्यामा २४ घण्टामा सर्वाधिक दर्शक बटुल्ने उनी पहिलो गायिका पनि बनेकी छन् ।

उनी सोलो आर्टिस्टमा पहिलो गायिका हुन्, जसले आफ्नो नाम बिलबोर्ड ग्लोबल २०० मा दर्ता गराएकी छन् ।

रोजेनले पीएसवाईको आइकनिक ट्रयाक ‘गंगनाम स्टाइल’को रेकर्ड पनि तोडेकी छन् । यो गीतलाई चौबिस घण्टामा ३६ मिलियन भ्यूज मिलेको थियो ।

२४ वर्षकी रोजेनले सन् २०२० को जूनमा आफ्नो सोलो डेब्यूको घोषणा गरेकी थिइन् । यो सिंगल डेब्यू एलबम ‘आर’, मार्च २०२१ मा रिलिज भएको थियो ।

दक्षिण कोरियामा बस्ने रोजेन न्यूजिल्याण्डमा जन्मिइन् र अष्ट्रेलियामा हुर्किइन् । उनले सन् २०१२ मा वाइजी इन्टरटेनमेन्टका लागि अडिसन दिएकी थिइन् । यो दक्षिण कोरियन लेबलसँग चार वर्षको तालिम लिइन् । तालिम लिएपछि उनी सन् २०१६ मा रोजेन ‘ब्ल्याकपिंक’को हिस्सा बनिन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top