नेपाली   |  English

रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी युएईबाट पक्राउ


A A A

पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ ।

तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले स्थायी बासिन्दा काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोप लागेका पुरी फरार भएपछि अन्तर्राष्ट्रिय तवरमा खोजी गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल व्यूरो काठमाडौंको अनुरोधमा इन्टरपोल सचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top