नेपाली   |  English

जब प्रचण्ड जनताको घरमा पुगेर पलेटी कसेर खाना खान बसे (तस्बिरहरु हेर्नुहोस्)


A A A

कणार्ली प्रदेशको रुकुममा भएको विशाल जनसभाले प्रचण्डलाई थप हौसला दिएको देखिन्छ ।

काठमाडौं – माओवादी केन्द्र अध्यक्ष एव्म पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्लाको कार्यक्रम तथा प्रशिक्षणका सहभागी छन् । केन्द्रमा राजनीतिक गमागर्मी रही रहँदा प्रचण्ड भने केही दिनअघि चितवन हुँदै कणार्ली प्रदेशका जिल्लामा पुगे । कणार्ली प्रदेशको रुकुममा भएको विशाल जनसभाले प्रचण्डलाई थप हौसला दिएको देखिन्छ । नेकपा एमाले पार्टीसँग एकता गरेर नेकपाको उदय गराउँने प्रचण्डलाई भने सर्वोच्चको निर्णयले झस्काएको पनि छ । अर्थात प्रचण्ड–ओली अध्यक्ष रहेको नेकपा खारेज भएपछि दुई पार्टी पूर्ववत अवस्थामा फर्किएका छन् ।

केन्द्रको गर्मागर्मीलाई छाडेर प्रचण्ड भने प्रदेश,जिल्ला–जिल्ला पुगेर जनताको घर दैलोमा सामान्य नागरिक सरह बस्ने खाने गरेको देखिन्छ । प्रचण्ड संगठन बनाउन माहिर यसकारण पनि छन् उनी जनतासँग साक्षतकार गर्न उनलाई धेरै मास चाहिदैंन, सामान्य तवरबाट जनताका गुनासा सुन्न सक्ने खुवी राख्छन् । उपत्यका बाहिरको दौडधुपमा लागेका प्रचण्ड रुकुममा भएको विशाल जनसभाले उनलाई थप हौसला दिएको देखिन्छ । कणालीको कार्यक्रम सकेर गृह जिल्ला चितवनमा आउँदा छुट्टै दृश्य देखियो । प्रचण्ड जनतासंग भेटघाट एवं गुनासो सुन्दै जनताकै घरमा पलेटी कसेर खाना खाएको दृश्यले यतीबेला चर्चा पाएको छ ।

prachanda (8)

प्रचण्ड आफ्ना नेता कार्यकर्तासहित चितवनवासीको घरदैलोमा पुगेर खाना खाइरहेको दृश्यले कतिपयले यसलाई प्रचण्ड चुनावी अभियानमा लागेको समेत बताउँदै आएका छन् । जे जसो भएपनि जनताको घरदैलोमा जनताका गुनासा सुन्दै हिड्ने प्रचलन अन्य राजनीतिज्ञले पनि गरे जनतामा राजनीति प्रति देखिएको वितृष्णा कम हुने पक्कै थियो ।

prchanda4 prachanda3 prachanda2 (2) prachanda (8)


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top