नेपाली   |  English

चिसापानी पुलबाट कर्णाली नदीमा ३ किशोरले हाम फाल्दा एक बेपत्ता


A A A

केही कारणले नदीमा हाम फालेको हो भन्ने खुलेको छैन।

धनगढी – कर्णाली चिसापानी पुलबाट हाम फालेका तीन जनामध्ये एक किशोर बेपत्ता भएका छन्।

लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्।

उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल घाइते छन्। उनी हाम फालेको केही समयमै फेला परेका थिए।

उनले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अर्का १७ वर्षका वीरेन्द्र सिंह पनि नदीमा हाम फालेको केहीबेरमै फेला परेका थिए। उनी सकुशल रहेको प्रहरीले बताएको छ।

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार उनीहरू तीनै जना एकै विद्यालयका विद्यार्थी हुन्। उनीहरू कक्षा १० मा पढ्छन्।

शनिबार आठ जनाको समूह बनाएर उनीहरू चिसापानी घुम्न गएका थिए। उनीहरू शनिबार दिउँसो नदीमा हाम फालेका हुन्।

उनीहरू पौडी खेल्न वा अरू केही कारणले नदीमा हाम फालेको हो भन्ने खुलेको छैन।

प्रहरीले बेपत्ताको खोजी जारी राखेको जनाएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top