नेपाली   |  English

आज घोडेजात्रा पर्व मनाइदैं,उपत्यकामा सार्वजनिक बिदा


A A A

नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ ।

टुँडिखेलमा पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकाहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले कुल्चाउने प्रचलन सुरु भएको र त्यही प्रचलन अनुसार घोडेजात्रा मनाउन थालिएको जनश्रुती छ । घोडेजात्राको अवसरमा टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दछ । ललितपुर जिल्लामा भने एउटा आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

सार्वजनिक विदा भए पनि बैंक तथा वित्तीय संस्था, वाणिज्य बैंक, विकास बैंकर फाइनान्स कम्पनीहरुलाई खुला राख्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले २०७५ असार २६ गते बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सूचना अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र सो पछि मसान्तसम्म शनिबार लगायतका जनसुकै सार्वजनिक बिदा पनि बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको थियो ।

सोही अनुसार राजस्व संकलन गर्ने प्रयोजनका लागि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ्गका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ्ग हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिइएको हो ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top