नेपाली   |  English

‘मिसेज श्रीलंका’ को मञ्चमा ताज खोसाखोस ,विजेता डी सिल्भा घाइते


A A A

अहिले उक्त पुरस्कार डी सिल्भालाई नै फिर्ता दिइएको आयोजकले बताएको छ ।

काठमाडौं । श्रीलंकामा आइतबार भएको सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ को मञ्चमा नै विवाद भएको छ । विवादपछि प्रतियोगिताको ताज खोसाखोस हुँदा विजेता पुष्पिका डी सिल्भाको टाउकोमा चोट लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार राति आयोजना गरिएको प्रतियोगितामा आयोजकले डी सिल्भालाई विजेता घोषणा गरे । तर, केही समयपछि सन् २०१९ की विजेता क्यारलाइन जुरीले डी सिल्भाको सम्बन्ध–विच्छेद भइसकेको भन्दै ताज खोसिन् र प्रतियोगिताकी उपविजेतालाई लगाइदिइन् । यो उपाधि सम्बन्ध–विच्छेद नभएकी विवाहित महिलाले मात्र पाउने उनको दाबी थियो ।

अहिले उक्त पुरस्कार डी सिल्भालाई नै फिर्ता दिइएको आयोजकले बताएको छ । आयोजकले उनको सम्बन्ध–विच्छेद नभएको पनि स्पष्ट पारेको छ । आयोजकले भने यो घटनामा डी सिल्भासँग माफी मागेको छ । उनी आफ्ना पतिसँग छुट्टिएर बसेको भएपनि सम्बन्ध–विच्छेद भने नभएको आयोजकले बताएको छ । आयोजकले जुरीले गरेको व्यवहार अपमानजनक भएको भन्दै दुःख व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् डी सिल्भाले उक्त घटनामा आफ्नो टाउकोमा चोट लागेको र त्यसको उपचारको लागि अस्पताल गएको बताएकी छन् । उनले आफूमाथि भएको अनुचित तथा अपमानजनक व्यवहारविरुद्ध कानूनी कदम चाल्नेसमेत बताएकी छन् । प्रहरीले पूर्वविजेता जुरीसँग उक्त घटनाबारे थप सोधपुछ गरिरहेको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top