नेपाली   |  English

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन घाइते

फाइल तस्बिर

A A A

तीनमध्ये दुईजनाको डडेल्धुरा अस्पताल हुँदै

काठमाडौं । डडेल्धुरामा माटोको ढिस्को खस्दा पुरिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

अमरगढी नगरपालिका–८, उग्रतारा जंगलनजिकै घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा सोही नगरपालिका–७, तिलाडी बस्ने ४५ वर्षीया नारुदेवी ऐरको हिजो घटनास्थलमै मृत्यु भएको छ ।

मोटोको ढिस्को खसेर सोही ठाउँ बस्ने ३० वर्षीया शारदा ऐर, २० वर्षीया कल्पना विक र अजयमेरू गाउँपालिका–१, कोटेली बस्ने टेक दमार्इंका १३ वर्षीया छोरी सरिता दमाईं घाइते भएका छन् ।

घाइते तीनमध्ये दुईजनाको डडेल्धुरा अस्पताल हुँदै थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको तथा एकजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top