नेपाली   |  English

कसरी अडियो अभिनेत्री साराको लुगा ?


A A A

ब्लाउज ब्याकलेस नभएको र त्यसको पछाडिको भाग स्किन कलरको फेब्रिक

काठमाडौं – बलिउड अभिनेत्री सारा अलि खानले हालै नयाँ डिजाइनको लुगाहरु लगाएर सामाजिक संजालमा पोस्ट गरेकी छिन्।

मनिष मल्होत्राको डिजाइनमा बनाइएको स्टाइलिस कपडा लगाएर साराले फोटोसुट गरेकी हुन्। धेरै तस्बिरमध्ये एक तस्बिर भने यतिबेला खुबै चर्चामा छ।

साराको सेतो ब्लाउजसहितको ड्रेस भाइरल बनेको हो। उक्त तस्बिर पोस्ट भएसँगै उनका फ्यानहरुले सो लुगा कसरी शरीरमा अडियो भनेर प्रश्न गरिरहेका छन्।

साराले सोही ड्रेसमा एउटा भिडिओ पनि सार्वजनिक गरेकी छिन् जहाँ उनको ड्रेस कसरी अडिएको रहेछ भनेर प्रस्ट देख्न सकिन्छ।

खासमा उनको ब्लाउज ब्याकलेस नभएको र त्यसको पछाडिको भाग स्किन कलरको फेब्रिक भएको बताइएको छ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top