नेपाली   |  English

कम्युनिष्टहरुको निम्ती संगठनभन्दा ठुलो अर्को हुँदैन,फुटेर होइन जुटेर मात्र संगठानात्मक शक्ति निर्माण हुन्छ


A A A

आरोप प्रत्यारोप होइन आफ्ना कमिकमजोरी प्रति आत्मालोचक बनौ । विपरित धुव उन्मुख हामा दृष्टिविन्दुहरुलाई एकअर्काका मुखार विन्द तर्फ फकाऔं र अंकमाल गर्ने अवस्था सृजना गरौं ।

२०७५ साल  जेष्ठ ०३ गते साँझको समयमा जुन दिन/समय हर्षोल्लास पूर्ण थियो । त्यो इतिहास कम्युनिष्ट वर्ग समाजका निम्ती वेग्लै उत्साह र आनन्दको क्षण थियो  । नेपालले यस्तो कम्युनिष्ट पार्टि प्राप्त गर्न पायो जसले २१ औ शताब्दीको कम्युनिष्ट पार्टि बनाई जनताको बहुदलिय जनवादको पद्वति अपनाएर बहुमतको सरकार प्राप्त गरी समग्र श्रमजिवी नेतृत्वको सरकार बन्न सफल भयो । यसको फलस्वरुप दक्षिण एसियामा नै  तेस्रो शक्तिसाली कम्युनिष्ट पार्टी बन्न सफल भयो । नेपाली कम्युनिष्ट इतिहासमा लेख्ने सुवर्ण अवसर प्राप्त भयो । नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी यी दुई पार्टीको मिलन पश्चात नेपाली जनतामा नयाँ आशा पलायो । अब नेपाल समृद्व नेपालको यात्रामा बढ्ने नेपाली जनताले सपना देख्न थाले ।

 दुवै समुहका कार्यकर्ताहरु अन्तरघुलित हुँदै पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोडबल गर्न थाले । एउटा सशक्त स्वर्फुत स्थायित्वबोध पार्टी बनाउनु पर्छ र अब न्याय र समानतामा आधारित समृद्वीसहित नयाँ कम्युनिष्ट संसार निर्माण गर्दै जनताको बहुदलिय जनवादले खोजेको,नयाँ नेपाली समाज र न्याय समानताको रक्षा गर्ने साथै समाजवादको यात्रालाई अगाडि बढाउने संकल्प लिए । यी कुरा तथ्य र वास्तविकता भित्र आधारित छन् । वास्तविकता भित्र आधारित भन्ने कुरा इतिहाशले पनि बताएको छ ।

 पुँजीवादको विकास भईरहेको बेलामा सन् १८४८ देखि कम्युनिष्ट आन्दोलन विकसीत भयो । यो आन्दोलनको नेतृत्व कार्लमाक्स, फेडारीड एङ्ग्लेल्सले सफलतापुर्वक सम्पन्न गरेका थिए । उनीहरुले यी आन्दोलनको नेतृत्वमात्र गरेनन् मानव जातिको ३० लाख वर्षको परिवर्तन र विकासमा प्रेरक शक्तिका रुपमा रहेको समाजिक द्वन्द र विपरीत स्वार्थ भएका वर्गहरुको उत्पति पछि द्वन्दले मुख्य भुमिका खेलेको नयाँ निष्कर्ष आजको मानव जातिलाई प्रदान गरेको छ । त्यो निष्कर्षबाट मानव जातिको साचो इतिहास छर्लङ्ग हुन सक्यो  माक्र्सवादको उदयले मानवजातिको गन्तब्य सुनिश्चीत गर्नुका साथै समाजमा रहेका अन्योल निराशा अकर्मन्यता समाप्त गरिदियो र त्यहि सिद्धान्तलाई अबलम्वन गरेको नेपाली कम्युनिष्ट भित्र सन् १९९१ मा सोभियत संघमा प्रतिक्रान्ती भए पश्चात अन्तराष्ट्रिय रुपमा पुजिवाद पुर्नस्थापना भएपश्चात अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अवरोध पुग्यो । खासगरी विकसित राष्ट्रहरुमा ठुलो निराशा छायो। पूर्ण यो कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन गतिशिल नेतृत्वको आवश्यकता देखापर्यो । त्यहि आवश्यकता पुरा गर्ने योजनाका साथ नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको नेतृत्व अगाडि आयो । संसारभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला पनि नेपालमा भने यो एक आक्रात्मक अवस्थामा विकसित भईरहेको छ लोकतान्त्रीकरणको माध्यममा र जनताको सर्मथनमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने एक सशक्त बिचारधाराको रुपमा जनताको बहुदलिय जनवाद देखा परेको छ । जुन माक्र्सवादि, लेनिनवादी सिद्धान्तमा जनता, बहुदलियता र जनवादको परिभाषा गरिएको छ ।

 जनता परिवर्तन क्रान्तिका वाहक हुन्छन । बहुदलियता धेरै राजनीतिक दलहरुको अस्तित्व भएको अवस्था हो । यसले वर्गीय स्वार्थको प्रतिनीधित्व हुने गरी संगठित राजनीतिक पार्टीहरु भएको सम्वन्धलाई बुझाउँछ । प्रगतिशील वर्गहरुका राजनीतिक पार्टीहरुको माध्यमबाट जनताले राज्य सञ्चालन गर्ने प्रणालीलाई जनवाद भनिन्छ । माक्र्सवादी, लेनिनवादी सिद्धान्तमा जनता, बहुदलियता र जनवादको परिभाषा यसरी नै गरिएको छ । जबजमा मात्रै सिमित रहेको छैन् । यसैले सन्दर्भका वैचारिक राजनैतिक कार्यको उद्घाटन गरेको छ । यसरी उठ्दै–लड्दै इतिहास बोक्दै आउँदा नेपालमा भने अव कम्युनिष्टको नै राज्यमा हुँदै देशले समृद्धितर्फ अग्रसर हुँदै इतिहास थप्ने क्रममा केहि नेताहरुको लालचले गर्दा यो सिंगो कम्युनिष्ट आन्दोलनलाई र नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि धरापमा पार्ने खेल हुन थाल्यो । जुन कर्मठ श्रमजीवी वर्गप्रति कुठाराघात हुने अवस्था देखियो ।

 त्यसैले कम्युनिष्टहरुको निम्ती संगठनभन्दा ठुलो अर्को हुँदैन, फुटेर होइन जुटेर मात्र संगठानात्मक शक्ति निर्माण हुन्छ । कुनै पनि युगान अग्रगमन निमार्ण र विकासका निम्ती मानव जातिले जुटेर समग्र शक्ति आर्जन गरेको छ । त्यसैले हाललाई यो समाजवादको इतिहास बोकेको सिंगो पार्टी नेकपा एमाले फुटाउन होइन जुटाउन र पूर्ण एकीकरणकबाट शक्ति आर्जन गर्न मिलेर अगाडी बढौँ ।

 पछिल्लो समय नेपाल कम्युनिष्ट इतिहासमा नेकपासँगै बाम एकताको उद्घोष भइरहेको बेला अन्र्तरपार्टी संघर्षको व्यवस्थापन हुननसक्दा र ऋषि कटेलबादी र निर्वाचन आयोग तथा नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रतिवादी रहेको ३ वर्ष पहिलेको रिट निवेदन माथि सर्वोच्च अदालतले सुनवाई गर्दै ऋषि कट्टेलको पक्षमा निर्णय दिनुका साथै एकीकृत पार्टीलाई विभाजन गर्दै नेकपा (एमाले) र माओवादी केन्द्रलाई २०७५ जेठ ३ गते पूर्ववत अवस्थामा पु¥याइदिएको छ । सर्वोच्च अदालतको यो  निर्णयबाट नपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्र्तरविरोध स्वःत समाप्त भएको छ । तर के पी ओली पक्ष र प्रचण्ड–माधव पक्षकाबीच रहेको अन्तरविरोध नेकपा (एमाले) भित्र केपी ओली पक्ष र झलनाथ–माधव पक्षका बीचको अन्तरविरोध बनेर प्रकट भएको छ । फागन २८ गते एमाले अध्यक्ष ओलीले एकात्मक रुपमा आफ्नो पक्षमा रहेका केन्द्रीय कमिटी सदस्यहरुलाई मात्र बोलाएर पार्टी विधान विपरितका निर्णयहरु गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका अन्तरविरोधहरु नेकपा (एमाले) भित्रका अन्तरविरोधका रुपमा प्रकट भएका हुन ।झलनाथ–माधव पक्ष र केपी ओली पक्षका बीच समझदारी विकास गर्न सकिएन भने फेरि नेकपा (एमाले) विभाजित हुने खतरा वढेको छ।

 पुष ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघठनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक ठहर गरे पछि नैतिकताका आधारमा राजिनामा दिएर सवैधानिक इजलासको निर्णय प्रति सम्मान प्रकट गर्नको बदला फेरि प्रतिनिधिसभा विघठन गर्ने मनस्थितीमा हुनुले प्रधानमन्त्री नै संविधान,विधि,विधान,नियम प्रति इमानदार नभएको आभास प्रकट भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एमालेको मात्र अध्यक्ष नभई समग्र नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नु पर्नेमा उहाँ एमाले भित्रै गुट–उपगुटमा केन्द्रित हुन एमाले पार्टीमा मात्र नभई समग्र बाम एकतामै उहाँको इमान्दारीता प्रति प्रश्न उठ्ने ठाँउ प्रसस्त रहे । महाधिवेशबाट निर्वाचित पदाधिकारीहरुको जिम्मेवारी खोसेर शक्ती आफू केन्द्रीत गराउन खोज्नु कम्युनिष्ट आन्दोलनमा अधिनायकत्वको परिभाषा रहन्छ । ओली त्यो बाटो अबलम्वन गर्न तर्फ नभई जेष्ठ ३ अगाडीको पार्टी संरचनालाई यथावत राख्दै एमालेमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई सहमतिका आधारमा जिम्मेवारी दिएर एमाले एक ढिक्का बनाउने तर्फ लाग्नु अहिलेको आवश्यकता पनि हो ।

 अहिले नेपालको राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री केपी ओलीका गलत आकांक्षा, बदलाको भावना र गलत कार्यशैलीका कारण अरु जटिलता थपिदै गएको प्रष्ट हुन्छ । तर विगतका गल्तिहरु प्रति आत्मालोचित हुँदै नेकपा (एमाले) भित्रका अहिले देखापरेका अन्तरविरोधहरु समाधान गर्न अध्यक्ष ओलीले पहल लिने र झलनाथ–माधवले हार्दिक सहयोग गर्ने हो भने एमाले भित्रका अन्तरविरोधहरु क्रमशः व्यवस्थित हुँदै जाने देखिन्छ । भने यता वाम एकताका लागी अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष  प्रचण्डले पूर्वाग्रहरहित भएर संयुक्त प्रयत्न गर्ने हो भने वामपन्थी एकताको मोर्चा पनि बन्न सक्ने र वामपन्थी नेतृत्वको सरकार पनि संचालन हुनसक्ने सम्भावना पनि  रहेको छ । यसो भयो भने नेपालको संविधानको मार्गदर्शन बमोजिमको समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण ,लोकतान्त्रिक मुल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणको काम पनि तिव्रगतिमा अगाडि बढ्न सक्नेछ ।

 वामदेव गौतमले देखाउनु भएको वाम एकताको बाटो र खाकालाई शशक्त रुपमा अगाडी बढाउन एकता एमालेमा मात्र नभई वाम एकता बनाउन एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकले परिस्थितिको विश्लेषण गर्दै अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । तदनुरुप पार्टी अवधारणा पत्रमा कार्यसम्पादन समितिको बैठकले आवश्यक संशोधन गरी परिमार्जन पनि गरेको छ ।

 गौतमद्धारा लिखित अवधारणा पत्र यो इतिहासको एउटा महत्वपूर्ण दस्तावेजका रुपमा रहीरहने छ भन्ने एकता अभियानको निष्कर्ष छ । विगत लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेका नेपालको कम्यनिष्ट पार्टीलाई एकिकृत गर्नु  पार्टीका नेतृत्वमा नयाँ किसिमको नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्ने अभिभारा पुरा गर्न एतिहासिक जिम्मेवारी मुख्य रुपमा नेपालका कम्युनिष्ट पाटीहरु कै हो । त्यति मात्र होइन सिंगो राष्ट« र यहाँका सबै राजनीतिक पार्टीहरुलाई यो युगीन जिम्मेवारी पुरा गर्न गोलबन्द गर्नु उनीहरु कै मुख्य कार्यभार हो  ।

 गणतन्न प्राप्ति पछि पनि गरिबीको रेखामनी रहेका नेपाली जनता बेरोजगारी, अभाव र कुपोषणबाट छटपटाइ रहेका छन्, अन्याय, अत्याचार, असमानता र विभेदबाट विभिन्न जनसमुदाय तडपिड रहेका छन् । भोक–रोगबाट ग्रसित जनता अहिले पनि गाउँघरमै रहेका छन । सर्दी, गर्मी र वर्षातबाट जोगिने छापी समत नभएका हजारौ परिवार विचल्लीको जिन्दगी बिताइरहेका छन् । देशभित्र रोजगारी नपाएर विदेशमा लाखौं नेपाली युवा कठिन श्रम गन बाध्य छन। चेलीबेटीहरू महिला हिंसाबाट दिन प्रतिदिन पिडीत भइरहेका छन्। विदेशमा असमान ज्याला र बढि कामको बोझबाट नेपाली श्रमीक शोषित भएका छन भने देशमै किसानको अवस्था अत्यन्त दयनीय  छ । वामपन्थी एकता भएन भने बामपन्थी पार्टीहरुले निर्माण गरेको सरकारबाट युगीन उपलब्धि प्राप्त हुन, इच्छा अनुसार पढ्न चाहने विद्याथीहरुले निशुल्क पढ्न पाउने, आजसम्म औषधी उपचार नपाएर छटपटाइरहेका नेपालीहरुले निशुल्क स्वास्थ्य उपचार पाउने र चारैतिर विकास निर्माणका कामहरु अगाडि बढ्नेछन् भन्ने सपना देखेका नेपाली जनताको आशा र विश्वासमा कुठाराघात हुनेछ । नेतृत्व तहका भइरहेका हर्कतकै कारण एमाले कार्यकर्ता मात्र नभई समग्र नेपाली जनता दुखित छन् । जनताका दैनिक समस्यालाई मुल मुद्धा बनाउनु पर्ने नेतृत्व पद, प्रतिष्ठा गुटउपगुटमा केन्द्रीत रहनुले नेपाली राजनीतिमै कम्युनिष्टप्रति जनताको आशा निराशामा बदलिन बेर लाग्ने छैन् ।

 नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतत्व तथा नेपाली काँग्रेस पार्टी समेतको पहलमा संविधानसभामा रहेका अत्यधिक राजनीतिक दलहरुको समर्थनबाट समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने नेपालको संविधान निर्माण भएको हो । कम्युनिष्ट पार्टीहरुको एकता भएन भने युगान्तकारी परिवर्तनको बाहक बनेको नेपालको संविधानको रक्षा पनि हुननसक्ने र त्यसपछि सबै वामपन्थीहरुको शीरमा घातक प्रहार भई वर्तमान कम्युनिष्ट आन्दोलन समाप्त हुने खतरा पनि रहेको छ।

 एकता राष्ट्रिय अभियानको मुल आशय सगरमाथाको उचाइ नै नाघ्ने भन्ने रहेको छैन, तर अहिले हामी सगरमाथाको कठीन आरोहण जस्तै बनेको बामपन्थी एकतातर्फ पाइला चालौ भन्ने हो । हाम्रो पाइला देशभक्त, प्रगतिशील सबैप्रति सम्मानजनक अवस्था सिर्जना गर्ने हो, हामो पाइला एक नेपाली नागरिक र अर्को नेपाली नागरिककाबीच सौहार्दपूर्ण सम्बन्ध कायम गरौ भन्ने पनि हो। कुनै अवस्थाको शत्रु अर्को अवस्थामा मित्र हुनसक्छ, त्यसैलाई भन्ने गरिन्छ शत्रु सदाका निम्ति शत्रु नहुन सक्छ र मित्र पनि सदाका निम्ति मित्र नहुन सक्छ । यो परिस्थिति जन्य चरित्रको परिचायक हो । हामी समृद्ध समाजवाद निर्माण गर्ने कर्मजीवीका प्रतिनिधि पनि हो । आज हामीले गर्ने व्यवहार चाहे एक अर्कासंग भेट हँुदा होस्, चाहे गोष्ठी, भेला, समारोहहरुमा जम्का भेट हुँदा होस या आफैले आयोजना गरेका सभाहरुमा होस उच्चस्तरको संस्कृतिले युक्त बोली,भाषा र सम्बोधन हुनैपर्छ । कम्युनिष्टहरु समाजका सबभन्दा अगुवा हुन्छन भन्नुको अर्थ उनीहरु सभ्य हुन्छन्, सुसंस्कृत हुन्छन र अग्रगामी हुन्छन् भन्ने मान्यता अवलम्बन गर्नु पनि हो । त्यसो भएर एकता राष्ट्रिय अभियानका हामी अभियान्ताहरु, पार्टीका सवै कमरेडहरु समक्ष हामा बीच देखापरिरहेका अवान्छित अमर्यादित, अशोभनीय र असभ्य व्यवहार बन्द गर्न आग्रह गछौं । आरोप प्रत्यारोप होइन आफ्ना कमिकमजोरी प्रति आत्मालोचक बनौ । विपरित धुव उन्मुख हामा दृष्टिविन्दुहरुलाई एकअर्काका मुखार विन्द तर्फ फकाऔं र अंकमाल गर्ने अवस्था सृजना गरौं । सकारात्मक अभिमत प्रकट गरौं । विभाजनलाई भन्दा एकतालाई महत्व दिउँ । मृत्यलाई भन्दा जीवनलाई महत्व दिउँ । नकारात्मकलाई भन्दा सकारात्मक पक्षलाई महत्व दिउँ , निराशालाई होइन आशावादलाइ ग्रहण गरौ । यी सबै एक अर्काका पूरक शब्दावली हुन । तर पनि हामीले आशावादलाई अवलम्बन गर्नुपर्छ । किनभने हामा जीवन, परिकल्पना र सिर्जनालाई प्रमुख स्थान दिने कम्युनिष्टहरु हौ 


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top